काठमाडौँ– हाल नेपालमा स्थानीय वायु र भारतको पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ । यही प्रभावका कारण नेपालको मौसममा फेरबदल भइरहेको छ ।
बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ । दिउँसो देशभर बदली रहने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।
महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकीका केही स्थान र बाँकी भूभागका एक÷दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
राति कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक÷दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएको छ ।
Facebook Comments Box