काठमाडौं– नेपाल प्रहरीले आचरण विपरित गतिविधि गर्ने ४८ म्यादी प्रहरीलाई बर्खास्त गरेको छ । निर्वाचन सुरक्षाका लागि खटाइएका म्यादी प्रहरीमध्ये आचरण विपरीत गतिविधि गरेको आरोपमा सुदूरपश्चिमबाट ९ जनासहित ४८ जनालाई बर्खास्त गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सबैभन्दा बढी लुम्बिनी प्रदेशबाट ११ जना बर्खास्तमा परेका छन् । यसैगरि वाग्मती, गण्डकी र कर्णाली प्रदेशबाट ८÷८ जना र मधेश प्रदेशबाट ४ जना म्यादी प्रहरीलाई कारबाही गर्दै बर्खास्त गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
Facebook Comments Box