चितवन– चितवनमा नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियार (कान) माथि छुरा प्रहार गरी हत्या गरिएको छ । एमाले कार्यकर्ताको छुरा प्रहारबाट कानको मृत्यु भएको कांग्रेसको आरोप छ । प्रहरीका अनुसार छुरा प्रहारबाट घाइते भएका परियारलाई उपचारका लागि अस्पताल पुर्याइएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
भरतपुर–७ कृष्णनगर खेलकुद मैदान अगाडि मोटरसाइकलमा हिडिरहेका परियारमाथि एमालेका कार्यकर्ताले आइतबार साँझ एक्कासी रोकेर छुरा प्रहार गरेको कांग्रेस निकट स्रोतले जनाएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चितवन पुगेका थिए । चितवन पुगेका ओली नेपाली कांग्रेस र माओवादी केन्द्रमाथि खनिँदै उत्तेजित भाषण गरेपछि एमाले कार्यकर्ताहरु आक्रोशित बनेका थिए । कानको हत्यापछि चितवनको सुरक्षा व्यबस्था कडा बनाइएको छ।
Facebook Comments Box