Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – आज राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस, गुणस्तरीय एवम् सुरक्षित सूचना प्रविधिको विस्तार, समुन्नत राष्ट्र निर्माणको आधार भन्ने नाराका साथ मनाइँदै छ । सञ्चार तथा सूचना प्रविधिले विश्वलाई नै एउटा गाउँमा रूपमा परिणत गरिदिएको छ । मानव जीवनलाई सहज, सरल र समृद्ध बनाउन सञ्चार तथा सूचना प्रविधिले महत्त्वपूर्ण भूमिका खेलेको छ। सूचना तथा सञ्चार प्रविधिको बढ्दो प्रयोगसँगै यसलाई व्यवस्थित गर्न सरकारले तयारी थालेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दिवसका अवसरमा शुभकामना दिँदै सूचना प्रविधिको क्षेत्रमा लगानीको वातावरण सुधार गर्न, ज्ञानमा आधारित समाज तथा डिजिटल साक्षरतामा जोड दिनुपर्ने बताएका छन् । उनले प्रविधिको उपयोगलाई बढी विश्वसनीय, सुरक्षित र पहुँचयोग्य…

Read More

काठमाडौं – आसन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा दश जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । उनीहरुको विरुद्धमा उम्मेदवारी नै दर्ता नभएको तथा केही पदमा दर्ता भएका उम्मेदवारी समेत फिर्ता भएसँगै निताप्लेजुङमार्विरोध भएको बताइएको छ । हिमाली बस्ती फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्षसहित पाँच जना निर्विरोध निर्वाचित भएका छन् । पछिल्लो समय निर्विरोध हुनेमा एक महिला सदस्य र चार दलित महिला सदस्यसहित दश जना रहेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ । नेपाली कांग्रेसबाट तीन जना उम्मेदवार नेपाल निर्विरोध निर्वाचित भएका छन् । कम्युनिष्ट पार्टी (एमाले)बाट एक जना र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट एक जना उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन कार्यालयले…

Read More

काठमाडौं – आज सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ कायम भएको छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा ९९ हजार र तेजाबी सुनको मूल्य ९८ हजार ५०० रुपैयाँ थियो । यस्तै, हिजोको तुलनामा आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । ।

Read More

दार्चुला – आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लामा ९९ हजार मतपत्र आइपुगेको छ । ती मतपत्रलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी चित्रप्रकाश जोशीका अनुसार निर्वाचनको लागि चाहिने आवश्यक ५८ प्रकारका सामग्री जिल्ला पुगेको छ । निर्वाचन सामग्री आइपुगेसंगै निर्वाचन सम्पन्न गर्न आवश्यक तयारी तीब्र रुपमा अगाडि बढिरहेको जनाइएको छ । हरेक मतदानस्थल र केन्द्रको लागि सामग्री छुट्याउने काम भइरहेको निर्वाचन अधिकारी प्रदीपसिंह धामीले बताउनुभयो । निर्वाचनमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृतको लागि एक दुई दिनभित्रै तालिमको आयोजना गर्ने तयारी छ । निर्वाचनमा जिल्लामा एक हजार बढी कर्मचारी खटाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले…

Read More

एजेन्सी – आइतबार मुम्बईबाट पश्चिम बंगालको दुर्गापुर जाँदै गरेको स्पाइसजेटको बोइङ बी७३७ विमान आँधीमा परेको थियो । जसका कारण जहाजमा सवार करिब ४० यात्रु घाइते भएका छन् । यसमध्ये १० जनाको अवस्था गम्भीर रहेको बताइएको छ । तर, पाइलटको चेतनाका कारण विमान सकुशल धावनमार्गमा अवतरण भएको थियो । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ । मिडिया रिपोर्टका अनुसार विमान दुर्गापुरको काजी नजरुल इस्लाम एयरपोर्टमा अवतरण गर्ने क्रममा आँधीमा फसेको थियो । त्यसपछि विमानको क्याबिनमा राखिएको सामान खस्न थालेपछि करिब ४० यात्रु घाइते भएका थिए । हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार पाइलटले खतरा महसुस गर्नेबित्तिकै सिट बेल्टको साइन अन गरेका थिए। त्यसपछि पनि…

Read More

काठमाडौं – नेपाल प्रहरीका आईजीपी धिरज प्रताप सिंह र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले दर्ज्यानी चिन्ह(फुली) लगाएका छन् । सोमबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव टेकनरायण पाण्डेले नवनियुक्त आईजीपीहरुलाई फुली लगाएका हुन् । मन्त्रीपरिषद्ले आइतबार नेपाल प्रहरी प्रमुखमा सिंह र सशस्त्र प्रहरी बलको प्रमुखमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको थियो । प्रहरी संगठनभित्र कमाण्डिङ क्षमतामा अब्बल र निष्कलंक छवी बनाउन सफल एआईजी सिंह २०४९ चैत ११ मा नेपाल प्रहरीमा सेवा प्रवेश गरेका थिए । जिल्ला, प्रदेश र सिआईबी प्रमुख हुँदा ठूला घटनाहरुको सफल अनुसन्धान गरेका एआईजी सिंह सेवा प्रवेशको ३०औं वर्षमा प्रहरी प्रमुख बन्न सफल भएका हुन् ।…

Read More

डडेल्धुरा- डडेल्धुराका एक युवकको काठमाडौंमा स्कुटर दुर्घटनामा परेर मृत्यु भएको छ । काठमाडौंको बबरमहलमा आइतबार राति पौने १२ बजे बा ६१ प ८९८८ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक डडेलधुराका २६ वर्षीय केविन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्कुटर आफै अनियन्त्रित भई दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको वीर अस्पतालमा उपचारका क्रममा राति पौने २ बजे मृत्यु भएको हो । उनी काठमाडौंको कोटेश्वर बस्दै आएका थिए ।

Read More

कैलाली– कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी एक शिक्षकको मृत्यु भएको छ । जिल्लाको वेदकोट नगरपालिका–३ चोरपानीमा सुपप्र ०२ ००३ प ४६५३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुर्घटनामा शुक्लाफाँटा नगरपालिका–१० का अन्दाजी ५५ वर्षीय केशवराज अवस्थीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। शिक्षक अवस्थी शुक्लाफाँटाको गर्जमुनिस्थित शिवशंकर माविमा कार्यरत थिए।

Read More

काठमाडौं- चौंथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ­२०७९ का अवसरमा नेपाल टेलिकमले नयाँ अफर ल्याएको छ । कम्पनीले अनलिमिटेड डेटा र भ्वाइससहितको कम्बो प्याक, डेटा प्याक र बोनस अन रिचार्ज उपलब्ध गराउने भएको हो । यो अफर वैशाख १८ देखि एक सातासम्म उपलब्ध हुने टेलिकमले जनाएको छ । यसअन्तर्गत तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डेटा प्याक रु. ९८ मा खरिद गर्न सकिने छ । त्यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने १ एमबीपीएस अनलिमिटेड डेटा र अन–नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक रु. ९९ मा उपलब्ध हुँदै आएकोमा ५० प्रतिशत छुटसहित जम्मा रु. ४९ मा उपलब्ध हुने कम्पनीले…

Read More

काठमाडौं– निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरूले आगामी साताबाट देशरभर इन्टरनेट र टेलिभिजन सेवा बन्द हुन सक्ने चेतावनी दिएका छन् । व्याण्डविथ खरिद गरेको रकम भुक्तानीमा सरकारले सहयोग नगरेको भन्दै इन्टरनेट सेवाप्रदायकहरुको छाता संस्था इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) यस्तो चेतावनी दिएको हो । आईस्पानका अध्यक्ष सुधीर पराजुलीले विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्वाचनका बेला मुलुक इन्टरनेटविहीन हुन सक्ने चेतावनी दिएको हो । व्याडविथ खरिदको रकम भुक्तानीका लागि विदेशी मुद्रा सिफारिसमा रोक लगाएको भन्दै आईस्पानले आपत्ति जनाएको हो । देशभर इन्टरनेट सेवा अबरुद्ध भएको खण्डमा त्यसको जिम्मेवारी पनि सरकारले दिनु पर्ने पराजुलीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । इन्टरनेट सेवा प्रदायकहरुले…

Read More