Author: महेन्द्रनगर पोष्ट

भक्तपुर – भक्तपुर नगरपालिका- ८ लिवालीमा वस्ने वर्ष ४४ को लक्ष्मीसुन्दर कुसाथाको आफ्नै घरको पाँचाैँ तल्लाबाट खसेर मृत्यु भएको छ । गम्भीर घाइते भई उपचारको लागि मध्यपुर अस्पताल थिमि लगेकोमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए ।

Read More

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरालो लाग्ने क्रममा छ । आज साताको तेस्रो दिन मंगलबार तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रुपैयाँ कायम भएको छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा ९८ हजार र तेजाबी सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More

बैतडी – बैतडी डिलासैनी गाउँपालिका वडा नम्बर ५ का वडा सदस्यका उम्मेदवार हरिराम साउँदमाथि खुकुरी प्रहार भएको छ । सोमबार राति करिब साढे १० बजे ६० वर्षीय साउँदमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । माओवादी केन्द्रबाट उम्मेदवार बनेका साउँदमाथि अजित साउँदको समूहले आक्रमण गरेको आरोप छ । तर उनीहरुको खोजी भइरहेको जोशीले बताए । ‘स्थानीय अजित साउँदको समूहले आक्रमण गरेको बुझिएको छ, उनीहरूको खोजी भइरहेको छ ’ उनले भने । गम्भीर घाइते भएका साउँदको टाउको र शरीरमा गहिरो चोट लागेको छ । स्थानीय गोकुलेश्वर अस्पतालमा समान्य उपचारपछि उनलाई थप उपचारका लागि धनगढी…

Read More

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट सुनसहित एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मङ्गलवार बिहान करिब ७ बजे कुवेतबाट जजिरा एअरमार्फत काठमाडौं आएका एक यात्रुबाट सुन बरामद गरेको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए। रुपन्देहीका २८ वर्षीय सरोज कार्की पक्राउ परेका हुन्। विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्ने क्रममा उनले ल्याएको मिक्सरको भित्री भागमा फल्स बटम बनाइ करिब १०० ग्राम सुनलाई बाहिर कालो टेपले बेरेर लुकाइ छिपाई ल्याएको फेला परेको भट्टराईले बताए। भन्सार ऐन, २०६४ तथा आर्थिक ऐन, २०७८ अनुसार विदेशबाट नेपाल आउने नेपाली यात्रुले अधिकतम १०० ग्रामसम्म काँचो सुन लिएर आउँदा भन्सार कार्यालयमा घोषणा गरी…

Read More

मकवानपुर – मकवानपुरको बकैया गाउँपालिकामा सोमबार लोडर दुर्घटना हुँदा तीन चिनियाँ नागरिकको मृत्यु भएको छ । निजगढ–काठमाडौँ द्रुतमार्ग (फास्ट ट्रयाक)अन्तर्गत बकैया –११ घट्टेपाखा र लेनडाँडा नजिकै लोडर दुर्घटना हुँदा तीन चिनियाँ नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै र एक जनाको हेटौँडा अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार मृतक तीनै जनाको सनाखत हुनसकेको छैन । उनीहरूको शव परीक्षणका लागि हेटौँडा अस्पतालको शवगृहमा राखिएको छ । यस्तै दुर्घटनामा परेर गम्भीर घाइते भएका अन्य तीन जनालाई हेटौँडा अस्पतालमा उपचारपश्चात थप उपचारका लागि चितवनको…

Read More

काठमाडौं – स्थानीय तहको निर्वाचनको प्रचार अभियानका क्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदैछन्। अध्यक्ष ओलीले आज तीनवटा नगरपालिका र एउटा गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन्। जसमा भद्रपुरको ज्ञानुचोकमा ११ बजे, हल्दिवारी १ गोल्धापमा साढे १ बजे, मेचीनगरको पासाङल्हामु हलमा ३ बजे, र बिर्तामोडमा ४ः३० बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। भने ओली आजै काठमाडौँ फर्कने कार्यक्रम छ।

Read More

धनगढी- कैलालीमा गठबन्धनविरुद्ध ८ जना बागी उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । बागी उम्मेदवारले पार्टीकै चुनाव चिन्हमा भोट मागिरहेका छन् । भागबण्डामा माओवादीलाई परेको कैलारी गाउँपालिकामा नेपाली काँग्रेसबाट राजसमझ चौधरी चुनावी मैदानमा छन् । उनले रुख चिह्नमै भोट मागिरहेका छन् । पार्टीको आधिकारिक पत्रबाट उम्मेदवारी दिएका उनले उम्मेदवारी फिर्ता नगरेपछि रुख चिह्न नै पाएका हुन् । तर काङ्ग्रेसले भने उनलाई आफ्नो आधिकारिक उम्मेदवार नभएको जनएको छ। यस्तै, चुरे गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका टेकबहादुर रजवार, उपाध्यक्षमा डिला सिजापती र एकीकृत समाजवादीका कृष्णकुमार खत्री बागी उम्मेदवार बनेर भोट मागिरहेका छन् । कैलारी गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रबाट लक्ष्मी सत्गौवा, माओवादी केन्द्रबाटै गोदावरी नगरपालिकाको…

Read More

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तीका दिन नेपाल भ्रमणमा आउने भएका छन् । प्रधानमन्त्री मोदी जेठ २ गते बुद्ध जयन्तीका दिन लुम्बिनी भ्रमणमा आउने कार्यक्रम छ । उनको भ्रमण केही घण्टाको मात्रै हुने बताएइको छ । बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा विशेष समारोह हुनेछ । नेपालका प्रधानमन्त्री देउवाले एक महिनाअघि भारतको औपचारिक भ्रमण गरेकाले मोदीको नेपाल भ्रमणका क्रममा द्विपक्षीय वार्ता हुने छैन । तर मोदी र देउवा मायादेवी मन्दिर परिसरमा हुने दीप प्रज्ज्वलनमा सहभागी हुने कार्यक्रम छ । सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ ।

Read More

काठमाण्डौँ– १९ वर्षमुनिको महिला विश्व कप क्रिकेट छनोटका लागि नेपाली महिला टोली घोषणा गरिएको छ । अर्को महिना मलेसियामा हुने १९ वर्षमुनिको महिला विश्व कप एसिया क्षेत्र छनोटका लागि दोस्रो चरणमा नेपाल क्रिकेट सङ्घ क्यानले सोमवार १८ सदस्सीय टोलीको घोषणा गरेको हो । नेपाली टोलीमा किरण कुवँर, सोनु राजवंशी, टिका शाह, सृष्टि धामी, सावित्रा धामी, अलिशा यादव, रन्जु श्रेष्ठ, अन्जली बिक, हिरन्मायी रोय, अलिशा खडीया, कृतिका मरासिनी, मनिषा उपाध्याय, स्नेहा महरा, निशा शाह, मनिषा राना मगर, प्रतिमा शाह, ज्योत्निस्का मरासिनी, मनिषा चौधरी रहेका छन् । क्यानले यसअघि ४४ सदस्यीय टोली बोलाएको थियो । अर्को वर्ष दक्षिण अफ्रिकामा हुन लागेको १९…

Read More

वासिङटन : अमेरिकामा कोभिड–१९ का थप दुई नयाँ भेरियन्ट देखिएको छ । ओमिक्रोनभन्दा बढी छिटो सर्ने र कोरोनाविरुद्धको खोप लगाइएका शरीरमा समेत आक्रमण गरेर संक्रमित गराउने खालको नयाँ दुईवटा भेरियन्ट बीए ४ र बीए ५ संयुक्त राज्य अमेरिकामा पनि देखिएको छ । यसले नयाँ महामारीको संकेत दिएको हुन सक्ने बताइएको छ । बीए ४ र बीए ५ दक्षिण अफ्रिकाबाट सुरु भएको ओमिक्रोन बीए १ जस्तै भएको बताइएको छ । गएको साता ब्लुमबर्गले जनाएअनुसार झन्डै सबै दक्षिण अफ्रिकीले खोप लगाइसके पनि संक्रमणका घटना बढिरहेको छ । विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) ले कोरोनाको पहिलो लहरपछि पोजिटिभको स्तर ५ प्रतिशतभन्दा कम भएको खण्डमा…

Read More