Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – काठमाडौंबाट मोटरसाईकल चोरी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त्त व्यक्तिलाई मोटरसाईकल सहित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज नियन्त्रणमा लिएको हो । हराएका मोटरसाईकलहरु चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन, निग्रानीएवं खोजतलास गर्न सादा पोसाकमा खटाएको थियो । सादा पोसकमा खटिएको ट्राफिक प्रहरी टोलीले काठमाण्डौं तार्केश्वर नगरपालिका वडा नं. ५ लोलाङ हाईट स्थित सडक खण्डबाट सो व्यक्तिलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मकवानपुर ईन्द्रसरोवर गाउँपालिका वडा नं. ५ घर भई हाल काठमाण्डौं लोलाङ वर्ष २६ को सुदास लामा रहेको छ । लामाले बास्तविक नम्वर परिवर्तन गरी लु ६४ प ७३७५ नम्वर…

Read More

बुटवल – बुटवलमा तीन सय ८३ तोला सुन र नगद पाँच लाख चोरी भएको छ । बिपी चोकमा रहेको नन्दराम सुनारको सुनचाँदी पसलबाट करिब पाँच करोड मूल्यबराबरको गरगहना र नगद पाँच लाख चोरी भएको हो। पटकपटक सुनचाँदी पसलमा चोरी हुने भए पनि संलग्नहरू पक्राउ नपरेको व्यवसायीहरूको गुनासो रहेको छ । उक्त पसलबाट तीन सय ६० तोलाका तयारी गहना र २३ तोला काँचो सुन चोरी भएको व्यवसायीहरूले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन् । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरेको जनाइएको छ । सिसीक्यामेरा फुटेज हेरेर अनुसन्धान सुरू भएको छ । पसल राख्न भन्दै घर भाडामा लिएर भारतीय नागरिकहरूले चोरी गरेको…

Read More

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा एकै घरका दुई दाजुभाइले मनोनयन दर्ता गरेका छन् । उपमहानगरपालिका–१ मा फरक–फरक पार्टीबाट दाजुभाइले उम्मेदवारी दर्ता गराएका हुन् । सो वडाको वडाध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट विनोद रिजाल र नेकपा (एमाले)को तर्फबाट प्रमोद रिजालले उम्मेदवारी दिएका छन् । कांग्रेसबाट उम्मेदवारी दिएका विनोदले २०४६ देखि विद्यार्थी राजनीति सुरु गरेका हुन् । उनी हाल तरुण दल बाँकेको सचिव हुन्। विनोदका प्रतिस्पर्धी आफ्नै सहोदर भाइ प्रमोद अघिल्लो कार्यकालको पनि वडाध्यक्ष हुन् । उनी उपमहानगरपालिकाको प्रवक्ता समेत थिए । वडाध्यक्ष हुनुअघि प्रमोद कानुन व्यवसायी थिए । त्यस्तै कोहलपुर नगरपालिकामा पनि दुई सहोदर दाजुभाइबीच प्रतिस्पर्धा हुने भएको छ ।…

Read More

काठमाडौं – नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टी सचिवालय सदस्य धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश ओली(सुदर्शन)लाई पदमुक्त गरेका छन् । फुटपरस्त गतिविधि गरेको आरोपमा विप्लवले उनीहरुलाई पदमुक्त गरेका हुन् । विप्लवले जारी गरेको विज्ञप्तिमा दुवै जनालाई अनिश्चितकालसम्मका लागि सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको उल्लेख छ । ‘सुदर्शन र कञ्चनका गल्तीहरुको प्रकृति हेर्दा उहाँहरु निकै पर पुगिसकेको, विभिन्न बैठक एवम् भेलासमेत गर्दै हिंडेकाले पार्टी विधान अनुसार दुवै जनालाई अनिश्चित समयका लागि सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराइन्छ,’ विप्लवले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ । यो कारबाही बाध्यता भएको पनि विप्लवले उल्लेख गरेका छन् । विप्लवले भनेका छन्, ‘हामी पार्टीमा यस्तो…

Read More

सुनसरी – नेपाली कांग्रेस सुनसरीले कांग्रेसमा बसेर बागी उम्मेद्वारलाई उम्मेद्वारी फिर्ता लिन आग्रह गरेको छ । पार्टी निर्णय बमोजीम उम्मेद्वारी दिएकालाई समर्थन नगरी स्वतन्त्र उम्मेदारी दिए पार्टीले कारबाही गर्ने चेतावनी दिँदै पार्टीले निर्णय विपरीत काम गर्नेलाई कारबाही गर्ने बताईएको छ । सुनसरी सचिव बिरेन्द्र शाहले बिज्ञप्ती जारी गर्दै पार्टी बिपरीत कार्य गर्नेलाई काँग्रेसको साधारण सदस्य पनि नरहनेगरी कारबाही गर्ने बताएका छन् । सुनसरीको विभिन्न स्थानमा कांग्रेसका बागी उम्मेद्वार उठेको अवस्थामा काँग्रेस जिल्ला कार्यसमितिले चासो राखेको हो ।

Read More

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ । हिजो मंगलबार ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ३०० रुपैयाँले घटेको हो । आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार रुपैयाँ कायम हुँदा तेजाबी सुनको मूल्य ९८ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १४ सय ४० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

Read More

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो हवाई चाप व्यवस्थापन गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फ उडान समयावधि बढाएर १८ घण्टा पु¥याएको छ । विमानस्थलको एयर ट्राफिक जामलाई ध्यानमा राख्दै बिहीबारदेखि तराईका ६ क्षेत्रीय विमानस्थलमा १८ घण्टा उडान गर्न लागिएको महानिर्देशक इञ्जीनियर प्रदीप अधिकारीले जानकारी दिए । प्राधिकरणले रात्रिकालीन उडानयोग्य भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थललाई बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालनमा ल्याउने निर्णय गरेको हो । यसले काठमाडौँ विमानस्थलको विद्यमान उडान चाप व्यवस्थापन हुने तथा कोभिड–१९ महामारीपछि जुर्मुराउँदै गरेको पर्यटन क्षेत्रलाई राहत पुग्ने प्राधिकरणको विश्वास छ । `तराईका रात्रिकालीन उडानयोग्य विमानस्थलमा राति १२…

Read More

काठमाडौं – नेपाली कांग्रेसले चुनावी घोषणापत्रका विषयलाई लिएर आज (बुधबार) पत्रकार सम्मेलन गर्दै छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्रमाथि गरेको टिप्पणीबारे नेपाली कांग्रेसका महामन्त्री एवम् निर्वाचन घोषणापत्रका संयोजक गगनकुमार थापाले आज पत्रकार सम्मेलन गर्न लागेका हुन् । थापाले ओलीको अभिव्यक्तिबारे जवाफ दिने उनको सचिवालयले जनाएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार आयोजित एक सार्वजनिक कार्यक्रममा कांग्रेसको चुनावी घोषणापत्रलाई ‘पागलहरुको प्रलाप’ भनेर आलोचना गरेका थिए । मंगलबार नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमाले अध्यक्ष ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका थिए ।

Read More

काठमाडौं – सरकारले १० प्रकारका सामान आयातमा प्रतिबन्ध लगाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना निकालेर मोबाइल सेटदेखि मदिरासम्मको आयातमा रोक लगाएको हो। मन्त्रालयका अनुसार कुरमुरे, लेज र यस्तै प्रकारका उत्पादन पनि आयात गर्न पाइने छैन। कच्चा पदार्थबाहेक सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, औद्योगिक कच्चा पदार्थबाहेक हिरा, खेल्ने तास, सबै प्रकारका खेलौनाको आयातमा पनि अंकुश लगाइएको छ। ६ सय अमेरिकी डलरभन्दा बढी मूल्यका मोबाइल सेट, ३२ इन्चमाथिको रंगीन टेलिभिजन, एम्बुलेन्स र शवबाहनबाहेक जीप, कार र भ्यान तथा २५० सीसीमाथिका मोटरसाइकलको आयातमा पनि रोक लगाएको मन्त्रालयले जनाएको छ। आयातमा बन्देज लगाइएका सामान कूटनीतिक नियोगले आफ्नो प्रयोजनका…

Read More

उदयपुर – ताप्ली गाउँपालिका-१ पिपलभञ्ज्याङमा मङ्गलबार साँझ चट्याङ पर्दा आगलागीबाट दुई घर जलेर नष्ट भएका छन् । चट्याङ पर्दा स्थानीय टङ्क हमाल र सन्तोषी हमालको घरमा आगलागी भएको हो । टङ्कको घरमा आगलागी हुँदा छिमेकी सन्तोषीको घरमा पनि हावाहुरीका कारण आगो सल्किएको थियो । दुवै घरको अन्नपात, लत्ताकपडा, भाँडाकुँडासहितको सामग्री जलेर नष्ट भएको ताप्ली–१ का दिलबहादुर राईले जानकारी दिए । प्रहरी चौकी रुपाटारको टोली घटनास्थलमा पुगेको छ । क्षतिको विवरण सङ्कलन भइरहेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए।

Read More