काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि क्यानडाका नवनियुक्त राजदूत क्यामरुन डिन म्याकेले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच दुई देशबीच रहिआएको आपसी सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भयो । सो अवसरमा ऊर्जामन्त्री भुसालले विगतमा क्यानडाले नागरिक उड्डयन, ग्रामीण तथा पर्वतीय विकास, नवीकरणीय ऊर्जा एवं खाद्य सुरक्षाजस्ता क्षेत्रमा पुर्याएको सहयोगप्रति धन्यवाद व्यक्त गरिन् । उनले क्यानडामा ठुलो सङ्ख्यामा नेपालीको बसोबास रहेको उल्लेख गर्दै जनस्तरीय एवं सांस्कृतिक सम्बन्ध दुई देशबीचको महत्त्वपूर्ण पाटो भएको स्मरण गरिन् । नेपालले स्वच्छ ऊर्जाको विकास र व्यापारलाई प्रवर्द्धन गरिरहेको अवस्थामा क्यानडाले आर्थिक एवं प्राविधिक सहयोग गर्न सक्ने उल्लेख गर्दै…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं – बलेफी हाइड्रोपावर लिमिटेडको सर्वसाधारणको लागि निष्काशन गरिएको आईपीओ बाँडफाँट भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको नक्साल स्थित कार्यालयमा मंगलवार बिहान आईपीओ बाँडफाँट गर्दा खरीदका लागि आवेदन दिएकामध्ये २० लाख ५ हजार ३ सय ९५ जना आवेदकको हात खाली भएको छ । कम्पनीको आईपिओमा २१ लाख ७१ हजार ७ सय ४० जनाले २ करोड ४४ लाख ७ सय १० कित्ताको लागि आवेदन दिएका मध्ये ३ हजार ६ सय ४० जनाको आवेदन रितपूर्वक नभएकाले रद्द गरिएको क्यापिटलले जनाएको छ । योग्य २१ लाख ६८ हजार १०० ओटा आवेदनबाट १ लाख ६६ हजार ३ सय ४२ जनाले १० कित्ता…
काठमाडौं – नेकपा माओवादी केन्द्रको वेवसाइट उद्घाटन भएको छ। पार्टी प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट वेवसाइट उद्घाटन गरेका हुन्। पार्टीको वेवसाइट वैशाख १ गतेदेखि नियमित सञ्चालनमा आउँने प्रचार तथा प्रकाशन विभाग सचिव गोविन्द आचार्यले जानकारी दिए ।  तत्कालिन नेकपा विभाजन भएपछि माओवादीले आधिकारिक पार्टीको वेवसाइट बनाएको थिए। आइटी क्षेत्रका विज्ञलाई प्रयोग गरेर वेवसाइट डिजाइन गरिएको हो। ‘माओवादी केन्द्रको यसअघि पुरानो वेवसाइट भएको बताइएको छ । यस्तै, पार्टी प्रचार तथा प्रकाशन विभागले हप्तामा नियमित पत्रकार सम्मेलन गर्ने भएको छ। अरु आवश्यकता अनुसार पत्रकार सम्मेलन गरिने भएको छ। पत्रकार सम्मेलन गर्न त्यसै…
कर्णाली – जिल्ला निर्वाचन सुरक्षा समन्वय समिति सुर्खेतले जिल्लाका २० मतदानस्थल ‘अति संवेदनशील’ रहेको जनाएको छ । मतदानस्थलको स्थलगत निरीक्षण गर्दै समन्वय समितिले सुरक्षा चुनौतीका दृष्टिले अति संवेदनशील, सामान्य र अति सामान्य केन्द्रका रुपमा वर्गीकरण गरेको हो । समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले १३८ मतदानस्थलमध्ये सुरक्षाका हिसाबले २० अति संवेदनशील, ३३ सामान्य र ७५ केन्द्र अति सामान्य रहेको जानकारी दिए । ‘विगतका निर्वाचनमा भएका घटना, दलको प्रतिस्पर्धा, भौगोलिक अवस्थालगायतलाई आधार बनाइ मतदानस्थलको वर्गीकरण गरेका छौँ,’ उनले भने, ‘स्थानीय तह निर्वाचनमा मतदानस्थलको अवस्थाका आधारमा सुरक्षा व्यवस्था मिलाइनेछ, ती मतदानस्थलबाट मतगणनास्थलसम्म मतपेटिकालाई सुरक्षित ढुवानी गर्न समेत आवश्यक सुरक्षा सजगता…
काठमाडौं – नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले बालश्रम न्यूनीकरणका लागि सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ । गिरिजाप्रसाद कोइराला लेबर फाउन्डेशनले आज गोकर्णेश्वरमा आयोजना गरेको ‘बालश्रम न्यूनीकरणका लागि जागरण कार्यक्रम’मा पूर्वउपप्रधानमन्त्री कोइरालाले गरिबीका कारण बालश्रम बढेको भन्दै यसलाई न्यूनीकरण गर्न सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो । “जबसम्म मुलुकमा शिक्षा, स्वास्थ्य र रोजगारीको अवस्था सिर्जना हुँदैन, तबसम्म बालश्रम न्यूनीकरण हुन सक्दैन,” उहाँले भन्नुभयो । बालबालिकालाई श्रममुक्त बनाउनका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने उहाँको भनाइ थियो । गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले घरायसी समस्याका कारण बालबालिका श्रम गर्न बाध्य भएको उल्लेख गर्दै बालश्रम न्यूनीकरणका लागि नगरपालिकाले विशेष कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । गोकर्णेश्वर नगरपालिका–८…
काठमाडौँ – प्रसारण लाइनको अभावमा रामेछापका दुई जलविद्युत् आयोजनाको १९ मेगावाट बराबरको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सकिएको छैन । खिम्ती र लिखु नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रवाहका लागि महत्त्वपूर्ण मानिएको निर्माणाधीन गज्र्याङ–नयाँ खिम्ती १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माणमा अनेकन खालका अवरोधका कारण काम सम्पन्न गर्न समस्या भएको छ । प्रसारण लाइनको मार्गधिकारमा पर्ने जग्गाधनीले शतप्रतिशत मुआब्जाको माग गर्दै निर्माणमा अवरोध गरेका छन् । रामेछापको गोकुलगङ्गा गाउँपालिकास्थित ठोसे, धारापानी, बेताली, नाममाडी र दोलखाको तामाकोसी गाउँपालिकाको सहरे क्षेत्रमा निर्माणमा अवरोध भएको नेपाल प्राधिकरणले जनाएको छ । केही स्थानमा मार्गधिकारमै नपर्ने जग्गा तथा घरधनीले मुआब्जा तथा…
काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरबीच भेटवार्ता भएको छ । नायरले भद्रकालीस्थित जंगीअड्डा पुगेर प्रधानसेनापति शर्मासँग भेटवार्ता गरेका हुन् । प्रधानसेनापति शर्माको कार्यालयमा भएको भेटवार्तामा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । भेटघाटले दुई देशका सेनाबीचको सम्बन्ध सुमधुर बनाउन मद्दत पुग्ने नेपाली सेनाको विश्वास छ।
झारखण्ड – भारतको झारखण्ड राज्यको देवघरमा केबलकार भित्र फसेका पर्यटकलाई उद्धार गर्ने क्रममा थप १ जनाको मृत्यु भएको छ । आइतबार रामनवमीको दिन त्रिकुट पहाडमा रहेको मन्दिर दर्शन गर्न जाने क्रममा एक केबलकारको क्याबिन पहाडमा ठक्कर खाएर डोरी चुडिएपछि केवलकारका २६ वटा क्याबिन अड्किएपछि ५० जना यात्रु हावामै फसिरहेका थिए । ठोक्किएर केबलकारको डोरी चुँडिदा ३ वटा क्याबिन भुईँमा खसेको र त्यस क्रममा २ जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएको थिए । आइतबार बेलुकीबाट नै भारतीय सेनाले हेलिकप्टरको सहायताले उद्धार थालिएको थियो । सोही क्रममा सोमबार एक फसेका व्यक्तिको उद्धारका क्रममा हेलिकोप्टरबाट खसेर मृत्यु भएको भिडियो सार्वजनिक…
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सहरी पूर्वाधार निर्माणमा बन्ने र त्यसपछि खन्ने प्रवृत्तिको अन्त्य गर्दै समन्वयात्मक तवरले विकास निर्माणका काम गर्न युटिलिटी करिडोरसहितको सहरी विकास विधेयक तर्जुमा गर्न आवश्यक रहेको बताएका छन् । सहरी विकास मन्त्रालयले आज आयोजना गरेको राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी कोरिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा उनले युटिलिटी करिडोरको अवधारणा कार्यान्वयन गर्न केही ठूला नगरहरुमा आगामी आर्थिक वर्षदेखि पाइलट प्रोजेक्ट सुरु गरिने उनले बताए । तराई मधेस केन्द्रित सघन सहरी विकास कार्यक्रममार्फत जनसाङ्ख्यिक सन्तुलन कायम गर्न आबश्यक रहेको प्रधानमन्त्रीको भनाइ थियो । उनले भने, ‘पहाडी जिल्लाबाट तराई मधेसमा हुने बसाइँसराइलाई निरुत्साहित गर्न हिमाली…
काठमाडौँ – राष्ट्रियसभा सदस्यमा हालै मनोनीत भएका नारायणप्रसाद दाहालले जनता र राष्ट्रको समृद्धिको पक्षमा निरन्तर लाग्ने प्रतिबद्धता जनाएका छन् । सरकारको वार्षिक नीति तथा कार्यक्रमसहितको बजेट आउन लागेको भन्दै बजेटमा जनता र राष्ट्र दुवैको समृद्धिका लागि सुझाव दिने बताए । नेकपा माओवादी केन्द्रको सिफारिस उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भाइभन्दा पार्टी र देशका लागि दिएको योगदानका आधारमा राष्ट्रियसभामा मनोनीत भएको जिकिर गरे । दाहाल पुनर्स्थापित संसद्मा माओवादीतर्फबाट डेढ वर्ष सांसद भएका थिए । त्यसपछि भने उनी दोस्रो संविधानसभामा सभासद् थिए ।