Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले छोरा अमरेन्द्र यादवलाई विराटनगर महानगरपालिकाको उपमेयरमा उम्मेदवार बनाउने भएका छन् । जसपाको बैठकले अमरेन्द्रको नाममा निर्णय लिएको हो । अमरेन्द्र जसपा विराटनगर महानगरपालिकाको कार्यसमितिमा छन् । उनी केही वर्षयता राजनीतिक सक्रिय रहेका छन् । विराटनगरको मेयरमा नागेश कोइराला काँग्रेसबाट उम्मेदवार बन्ने निर्णय भइसकेको छ ।

Read More

काठमाडौं – कांग्रेस नेतृ सिर्जना सिंहले आज काठमाडौं महानगरको मेयरका लागि मनोनयन दर्ता गर्दैछिन् । मनोनयन दर्ता गर्न शान्ति बाटिका रत्नपार्कमा मध्याह्न १ बजे भेला भइ र्‍यालीसहित सिंह राष्ट्रिय सभा गृह जाने भएकी हुन्। सिंहलाई प्रमुख पदको उम्मेदवार बनाउने आजै मात्र टु‌गो लगाएको हो । मनोनयन दर्ता गर्न उनीसँगै उपप्रमुख पदका उम्मेदवार रामेश्वर श्रेष्ठ पनि जानेछन् । उनी नेकपा (एकीकृत समाजवादी)का हुन् ।

Read More

काठमाडौं – नेपाली कांग्रेसले बुटवल उपमहानगरपालिकाको मेयरमा खेलराज पाण्डेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस लुम्बिनी प्रदेश संसदीय बोर्डको राति अबेरसम्म बसेको बैठकले यो निर्णय गरेको हो । कांग्रेस नगर सभापति रहेका उनलाई दोस्रो पटक मेयरको टिकट दिइएको हो । उनी यसअघि २०७४ को स्थानीय निर्वाचनमा माओवादीसँग गठबन्धन गरी मेयरको उम्मेदवार बनेका थिए । तर, एमाले उम्मेदवार शिवराज सुवेदीसँग करिब २४ सय मतान्तरले पाण्डे पराजित भएका थिए । यसपाली पनि मेयरको टिकटका लागि बुटवल नगर कमिटीले उनको नाम सिफारिस गरेपछि असन्तुष्टि जनाउँदै कांग्रेस क्षेत्रीय सभापति हरि लम्सालले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पदबाट राजीनामा दिएका थिए । एमालेले भने बुटवलमा…

Read More

ललितपुर – नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई नै फेरि उम्मेदवार भएको छ । महर्जन ललितपुरका वर्तमान मेयर हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार विहान महर्जनलाई टिकट पक्का गरेका हुन् । मेयरको उम्मेदवारका लागि महर्जनसँगै प्रेमकृष्ण महर्जन र चन्द्र महर्जनको नाम छलफलमा थियो ।

Read More

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)ले पोखरा महानगरको प्रमुखसहित चार उपमहानगरपालिकाको उपप्रमुखको नाम टुङ्गो लगाएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको केन्द्रीय सचिवालय बैठकले गठबन्धनको निर्णयअनुसार पार्टीले प्राप्त गरेको महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखको उम्मेदवारको नाम सिफारिश गरेको हो । उक्त दलले पोखरा महानगरपालिकको प्रमुखमा धनराज आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै हेटौँडा उपमहानगर पालिकाको प्रमुखमा मीना लामा, काठमाडौँ महानगरपालिकाको उपप्रमुखमा रामेश्वर श्रेष्ठ, इटहरी उपमहानगरपालिकाको उपप्रमुखमा केशवकुमार विष्ट, बुटवल उपमहानगरपालिकको उपप्रमुखमा चीनबहादुर गुरुङ र तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुखमा जोगबहादुर राना मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको समाजवादीका महासचिव डा बेदुराम भुसालले जानकारी दिए। समाजवादीले पाँच दलीय गठबन्धनभित्रका…

Read More

काठमाडौं – नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले कोइरालालाई मेयरको टिकट दिएका हुन् । मेयरको उम्मेदवारका लागि वर्तमान मेयर भीम पराजुली, केन्द्रीय सदस्यद्धय अमृत अर्याल र डिला संग्रौलाको पनि दाबेदारी थियो । अन्य दाबेदार भन्दा कोइरालाको उम्मेदवारी बलियो देखिएकोले पार्टीले उनलाई टिकट दिएको बुझिएको छ । कोइराला डा. शेखर कोइराला निकट नेता हुन् ।

Read More

इटहरी – पूर्व राजा ज्ञानेन्द्र शाहलाई उपहार स्वरुप राजदण्ड सहितको सुनचाँदी र मोति जडित ‘श्रीपेच’ उपहार प्राप्त भएको छ । इटहरी निवासी कर्ण विश्वकर्माले पूर्व रानी कोमल राज्य लक्ष्मी सहित पूर्व राजाका आफन्त झापा बसाइ पश्चात काठमाडौंमा फर्किने क्रममा चन्द्रगढी एयरपोर्टमा पूर्व राजालाई सरप्राइज स्वरुप ‘श्रीपेच ‘ उपहार दिएका हुन् । विश्वकर्माका अनुसार ‘श्रीपेच ‘ ५ लाख मूल्य बराबरको हो ।’श्रीपेच ‘ लाई केही ताेला चाँदी केही ताेला सुन र मोतिका माला र हिराले सजाईएको छ। विश्वकर्माले भने ‘ बहुमूल्य रत्न जडित ‘श्रीपेच ‘ सहित ‌राजदण्ड भेट चढाउँदा म आज संसारकै खूशी र भाग्यमानी ठान्छु किनकी मैले आज पुनः राजतन्त्र को स्थापना…

Read More

विराटनगर – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले विराटनगर महानगरपालिकाको मेयरका लागि पार्टीका महामन्त्री प्रल्हाद साहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । साह विराटनगरका पूर्व मेयर हुन् । त्यस्तै उपमेयरमा वविता आचार्यलाई उठाउने निर्णय भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

Read More

काठमाडौं – अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ३ सय रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो । घटेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला एक लाख २०० रुपैयाँ र चाँदी एक हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला एक लाख ५ सय रुपैयाँ र चाँदी एक हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य पनि आज अघिल्लो दिनेको तुलनामा तोलामा ३सय रुपैयाँले नै घट्दै ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

विराटनगर – प्रहरीले ६ लाख ४१ हजार नगदसहित सात जना जुवाडेलाई पक्राउ गरेको छ । हिजो (आइतबार) मोरङको ग्रामथान गाउँपालिका-४ कटहराबाट सात जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरू झापा, सुनसरी र मोरङका रहेका छन् । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार झापाको मेचीनगर नगरपालिका-६ का ५७ वर्षीय हरिसचन्द्र गिरी, दमक नगरपालिका-२ का ३६ वर्षीय निलम लिम्बू र सुनसरीको धरान उपमहानगरपालिका-६ का ४४ वर्षीय सन्तोष थापामगर, मोरङ ग्रामथान-५ का ५४ वर्षीय रूपेशकुमार तामाङ, ४७ वर्षीय सुरेशकुमार थारु, २८ वर्षीय रञ्जित साह र ग्रामथान-४ का ४७ वर्षीय सत्यनारायण राजवंशी जुवा खालबाट पक्राउ परेका छन् । सो स्थानमा एक वर्षदेखि नियमित…

Read More