Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – गोरखा भूकम्पको सातौँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुङ्गा जिल्लामा बढी प्रभाव पारेको थियो । बढी प्रभाव परेका १४ जिल्लालाई सरकारले अति प्रभावित भनी घोषणा गरेको थियो । भूकम्पले करिब नौ हजार मानिसको निधन भएको थियो । अति प्रभावित १४ र कम प्रभावित १८ जिल्लामा गरी आठ लाख बढी निजी आवासमा क्षति पुगेको थियो । भूकम्पले करिब एक हजार ५०० सांस्कृतिक…

Read More

काठमाडौं- कञ्चनपुर कांग्रेसले स्थानीय तहका लागि जिल्लाका ९ मध्ये आठ स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ । जिल्लाको बेल्डाँडी गाउँपालिकाबाहेक अरू सबैमा उम्मेदवार टुङ्गो लागेको छ । कांग्रेसले टुंग्याएको उम्मेदवारको सूची यस्तो छ: दोधारा–चाँदनीमेयरः गोपाल दत्त भट्टउपमेयरः गंगा जोशी भीमदत्त नगरपालिकामेयरः पदम बोगटीउपमेयरः निलम लेखक बेदकोट नगरपालिकामेयरः भोजराज बोहराउपमेयरः तुलसी जोशी शुक्लाफाँटा नगरपालिकामेयरः चिन्तामणी भट्टउपमेयरः कल्पना पन्त कृष्णपुर नगरपालिकामेयरः हेमराज ओझाउपमेयरः द्रोपदी राना पुनर्वास नगरपालिकामेयरः तोयानाथ शार्मउपमेयरः भुलिया राना बेलौरी नगरपालिकामेयर होसियार बिष्टउपमेयरः खिना भण्डारी लालझाँडी गाउँपालिकाअध्यक्षः श्रीकृष्ण रानाउपाध्यक्षः राधा राना बेल्डाँडीः टुंगिन बाँकी

Read More

पाँचथर- पाँचथरमा नेपाल प्रहरीका हवल्दार बेपत्ता भएको आठौं दिनमा मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय यासोकमा कार्यरत खगेन्द्र श्रेष्ठ आइतबार बेलुकी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । जिल्ला प्रहरी प्रमुख रहेका प्रहरी नायव उपरीक्षक (डीएसपी) राकेश थापाका अनुसार कुम्मायक गाउँपालिका–१ को ओर्दिनमा हवल्दार श्रेष्ठ मृत फेला परेका हुन् । पोष्टमार्टका लागि उनको शव जिल्ला अस्पताल लगिएको छ । उनी वैशाख ३ गते बेलुकीदेखि बेपत्ता भएका थिए । उनको हत्या कि आत्महत्या हो भन्ने बारे अनुसन्धान भइरहेको डीएसपी थापाले बताए ।

Read More

कैलाली- स्थानीय तह निर्वाचनका लागि कैलालीमा तीन दलीय गठबन्धनले भागबण्डा टुंग्याएको छ । सत्ता गठबन्धनमा रहेको तीन दलहरुमध्ये नेपाली कांग्रेसले सात, माओवादी केन्द्रले चार र एकीकृत समाजवादीले दुई पालिका पाउने सहमति भएको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेसले जितको पालिका कांग्रेसको हुने, माओवादीले जितेको पालिका माओवादीको हुने र एकीकृत समाजवादीले सनाखत गरेको पालिका समाजवादीको हुने गरी सहमति भएको हो । साथै गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आह्वानसमेत गरिएको छ । गठबन्धन दलबीच आइतबार रातिसम्म पालिका भागबण्डाका विषयमा छलफल भएको थियो ।

Read More

काठमाडौँ– राष्ट्रपतिबाट १० दिनअघि मात्रै प्रवल जनसेवाश्री चतुर्थ विभूषण पाएकी मालपोत कार्यलय ताप्लेजुङकी अधिकृत लेखा पनेरु (महत) डेढलाख रुपैयाँ घुस रकमसहित पक्राउ परेकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले मालपोत कार्यालय ताप्लेजुङकी प्रमुखसमेत रहेकी पनेरुलाई आइतबार रंगेहात पक्राउ गरेको हो । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार जग्गा दर्ता कायम गर्ने बेलामा सेवाग्राहीबाट असुल गरेको १ लाख ५० हजार रूपैयाँसहित उनलाई फुङलिङ नगरपालिका(४ कोप्चेबाट पक्राउ गरिएको हो। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ७ का एक सेवाग्राहीको अंशियारबीच भागबन्डा भइसकेको जग्गा दाखिला खारेज गरी दर्ता कायम गर्ने क्रममा मालपोत अधिकृत महतले घुस लिएकी थिइन्। पनेरुले यही वैशाख १ गते मात्रै राष्ट्रपति…

Read More

काठमाडौं- हाल देशको पहाडी भूभागमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहेको छ। अहिले प्रदेश नम्बर–१ मा आंशिक बदली भइरहेको मौसम पूर्वानुमान महाशाखा जनाएको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना छ। राति देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भूभागका एक÷दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Read More

कञ्चनपुर- कञ्चनपुरमा नेपाली कांग्रेस एक्लै चुनाव लड्ने भएको छ । तीन दलीय गठबन्धनमा सहमति नजुटेपछि नेपाली कांग्रेस अलग भएको हो । आइतबार अबेर रातिसम्म बसेको तीन दलका शीर्ष नेताहरूको बैठकले पालिका विभाजनमा सहमति गर्न नसक्दा कांग्रेस बाहिरियो भने अन्तमा दुई दलीय गठबन्धन गर्ने निर्णय भएको हो । दुई दलीय गठबन्धनमा पाँच पालिकामा माओवादीलाई र चार पालिकामा समाजवादीलाई भागबण्डा गरिएको प्रमुखको जिम्मेवारी तोकेको एकीकृत समाजवादी कञ्चनपुरका अध्यक्ष जीवनराज थापाले जानकारी दिए । दहरुलाई आजै उम्मेदवारको टुंगो लगाएर मनोनयन गरिसक्नुपर्ने छ । आज बेलुका ५ बजेसम्म मात्रै मनोनयन दर्ता गरिसक्नुपर्ने समयसीमा तोकिएको छ । गठबन्धनकै लागि समय खर्च हुँदा दलहरुले उम्मेदवार सार्वजनिक…

Read More

काठमाडौँ- यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार देशभर सुरु उम्मेदवारी दर्ता आज पनि जारी रहनेछ । देशका ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यलयमा आइतबार बिहान १० बजेदेखि उम्मेदवारको मनोनय सुरु भएको हो। ​ आज (सोमबार) पनि बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय रहने निर्वाचन आयोगले जनाएको छ। कानुनबमोजिम स्थानीय तह सदस्यको निर्वाचनमा उम्मेदवार बन्न योग्यता पुगेका कुनै पनि व्यक्तिले कुनै पनि समयमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गर्न सक्ने आयोगले जनाएको छ। स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख पदका लागि उम्मेदवारी दिने व्यक्तिले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, धरौटी…

Read More

डडेल्धुरा- काँग्रेस सभापति देउवाको जिल्लामा काँग्रेसमै विवाद देखिएका बेला नेकपा एमालेमा पनि विवाद सृजना भएको छ । स्थानीय तह निर्वाचन नजिकिएका बेला नेकपा एमाले डडेल्धुरामा असन्तुष्टि बढ्न थालेको हो। आइतबार नेकपा एमालेले नेपाली कांग्रेस बिपीसँग तालमेल गर्ने निर्णय गरेपछि पार्टीभित्रै असन्तुष्टि बढेको हो । नेकपा एमालेका नेता तथा अमरगढी नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझा (विपीन)ले आइतबार साँझ पत्रकार सम्मेलनकै आयोजना गरेर आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् । तालमेल गर्ने निर्णयमा हस्ताक्षर भएको केही बेरमै पत्रकार सम्मेलन गरी मेयर ओझाले असन्तुष्टि पोखेका हुन् । उनीसहित अन्य केही नेताहरू सहमतिको विरुद्धमा उभिएका छन् । एमालेका प्रदेश कमिटी सदस्यसमेत रको ओझाले एमालले कांग्रेस बिपीलाई…

Read More

डडेल्धुरा- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा कांग्रेस आपसमा विभाजित बनेको छ । दुई पक्षमा विभाजित भएपछि कांग्रेसको एक पक्षले आगामी स्थानीय तह निर्वाचनमा नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ। पहिलैदेखि रुष्ट बनेको पूर्वजिल्ला सभापति तथा प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल समूहले कांग्रेस विपीमा प्रवेश गरी एमालेसँग गठबन्धन गरेको हो । आइतबार भएको दुई पक्षीय बैठकले जिल्लाका ७ ओटै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णयसँगै भागबन्डा गरेको छ ।जसअनुसार जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिकामा कांग्रेस विपीबाट हरिप्रसाद भट्ट नगरप्रमुखमा र एमालेका यज्ञराज अवस्थी उपप्रमुखमा चुनाव लड्ने भएका छन् । परशुराम नगरपालिकामा भने प्रमुखमा एमालेका केशव बोहरा र…

Read More