Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा कांग्रेस आपसमा विभाजित बनेको छ । दुई पक्षमा विभाजित भएपछि कांग्रेसको एक पक्षले आगामी स्थानीय तह निर्वाचनमा नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ। पहिलैदेखि रुष्ट बनेको पूर्वजिल्ला सभापति तथा प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल समूहले कांग्रेस विपीमा प्रवेश गरी एमालेसँग गठबन्धन गरेको हो । आइतबार भएको दुई पक्षीय बैठकले जिल्लाका ७ ओटै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णयसँगै भागबन्डा गरेको छ ।जसअनुसार जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिकामा कांग्रेस विपीबाट हरिप्रसाद भट्ट नगरप्रमुखमा र एमालेका यज्ञराज अवस्थी उपप्रमुखमा चुनाव लड्ने भएका छन् । परशुराम नगरपालिकामा भने प्रमुखमा एमालेका केशव बोहरा र…

Read More

काठमाडौं– आसन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनले पाँच दलबाहेक अन्य दलसँग तालमेल नगर्ने सहमति गरेका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठक उक्त निर्णय गरेको हो । बैठकले सोमबार मनोनयन दर्ता गर्नु अघि पार्टी अध्यक्षहरूको बैठक बसी भागबण्डा मिलाउन अधिकतम कोशिस गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले जानकारी दिएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी उपेन्द्र यादव र नेता बाबुराम भट्टराई सहभागी थिए ।

Read More

काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै सातै प्रदेशका प्रहरी र सशस्त्र प्रमुखसँग सुरक्षा अवस्थाबारे जानकारी लिएका छन्। उम्मेद्वारको मनोनयको समयमा हुन सक्ने अप्रत्यासित घटना रोक्न उनले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सातै प्रदेशका प्रमुख र केन्द्रको निर्वाचन हेर्ने सेलका प्रमुखसँग जानकारी लिएका हुन्। गृहमन्त्री खाणले शनिबार दिउँसो नेपाली प्रहरीका निर्वाचन हेर्ने प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा तथा सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमसँग जानकारी लिएका हुन। गृहमन्त्री खाणले नेपाल प्रहरीका प्रदेश एक प्रमुख नायब महानिरीक्षक अरुणकुमार बिसी, मधेस प्रदेश प्रमुख नायब महानिरीक्षक मसुद आलम खाँ, बागमती प्रदेश प्रमुख नायब महानिरीक्षक पुजा सिंह, गण्डकी…

Read More

काठमाडौं– धादिङमा बसले कारलाई ठक्कर दिँदा त्यसमा सवार ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट धादिङबेँसी जाँदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले गल्छीबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र ०१–०२५ च २९६८ नम्बरको कारलाई ठक्कर दिँदा कारमा सवार ५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कार चालक तनहुँ खैरेनी घर भएका वर्ष ३५ का दिल बहादुर बस्नेत, भारत उत्तरप्रदेश घर भएका अन्दाजी वर्ष ४५ वर्षीय विमल चन्द्र अग्रवाल, सोही ठाउँ घर भएका अन्दाजी ३६ वर्षीय साधना अग्रवाल, ४२ वर्षीयाका सन्ध्या अग्रवाल र ५० वर्षीय राकेश अग्रवाल रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । यस्तै दुर्घटनामा घाइते धादिङको…

Read More

कञ्चनपुर- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन महेन्द्रनगर नगर विकास समितिका तत्कालिन अध्यक्ष र मालपोत कार्यालयका तत्कालिन प्रमुखसहित ६४ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । नगर विकासका तत्कालिन अध्यक्ष गोपाल रसाइली, पल्टु राना र कान्तुराम पनेरु र मालपोत कार्यालय कन्चनपुरका तत्कालिन प्रमुख विशनसिंह थापासहित ६४ जनाविरुद्ध गैरकानूनी लाभ तथा हानी पु¥याएर भ्रष्टाचार गरेको भन्दै अख्तियारले आरोप–पत्र दायर गरेको हो । तत्कालीन महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा गैरकानूनी तवरले लिज तथा बिक्री गरी सरकारी सार्वजनिक सम्पत्तिको हिनामिना गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा अख्तियारले अनुसन्धान गरेको थियो । तत्कालीन नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण…

Read More

कञ्चनपुर- तत्कालिन महेन्द्रनगर नगर विकास समितिको स्वामित्वको जग्गा गैरकानूनी तवरले लिज तथा विक्रीवितरण गरि सरकारी सार्वजनिक सम्पतीको हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन अध्यक्षसहित कान्तुराम पनेरुसहित १४ जना कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ । समितिमा रहेका कर्मचारीलाई जग्गा वितरण गरेको अवस्थामा सहानुभूतिपूर्वक प्राथमिकता दिने भन्ने निर्णयलाई तोडमोड र अपव्याख्या गरि २०६४/९/६ गतेको तत्कालिन नगर विकास अध्यक्ष पनेरुको एकल तोक आदेशले कर्मचारीलाई गैरकानूनी तरिकाले जग्गाको हक हस्तान्तरण गरेको आरोप छ । सो कार्यमा संलग्न अध्यक्ष पनेरु, समितिमा कार्यरत कर्मचारीहरु, जग्गा दर्ता श्रेस्ता कायम गर्ने कार्यमा संलग्न मालपोत कार्यालयविरुद्ध कानून अनुसार माग दाबी लिई विशेष अदालत काठमाडौंमा अख्तियारले आरोप पत्र…

Read More

धनगढी – आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका ७७ स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ । एमलेको प्रदेश कमिटीले ८८ मध्ये ७७ स्थानीय तहको उम्मेदवार टुङ्गयाएको छ भने ११ वटामा भने सहमतिको प्रयास भइरहेकाले उम्मेदवार टुंगो नलागेको बताएको छ । धनगढी उपमहानगरपालिकाको उम्मेदवार केन्द्रीय सचिवालय समितिको बैठक र अन्य पालिकाको उम्मेदवार प्रदेश कमिटीले टुङ्गो लगाएको हो । कुुन स्थानीय तहमा को उम्मेदवार ?कैलालीधनगढी उपमहानगरपालिका : मेयर– रणबहादुर चन्द, उपमेयर– कन्दकला रानाथारुटीकापुर नगरपालिका : मेयर– श्याम खत्री, उपमेयर–अनुपा केसीलम्कीचुुहा नगरपालिका : मेयर– महादेव बजगाईं, उपमेयर– जुना चौधरीघोडाघोडी नगरपालिका : मेयर– ममताप्रसाद चौधरी, उपमेयर– करुणा बमगौरीगंगा नगरपालिका : मेयर–…

Read More

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)लेआसन्न स्थानीय तह निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा एक समारोहकाबीचमा आइतबार घोषणापत्र सार्वजनिक गरेको हो । केन्द्रीय प्रचार प्रसार समितिका तर्फबाट पार्टीका वरिष्ठ नेता अशोक राईले घोषणापत्रमा समावेश विषय प्रस्तुत गरेका थिए । घोषणापत्र सार्वजनिक समारोहमा पार्टीका अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायतका नेताहरूले घोषणापत्रका विषयमा आफ्ना धारणा राखेका थिए ।

Read More

कैलाली – कैलालीको एक मुक्त कमैया शिविरमा आगलागी भएकाे छ । कैलारी गाउँपालिका–७ मा रहेको मुक्त कमैया शिविरमा आगलागी भएको हाे । आइतबार दिउँसो कैलारी गाउंपालिका स्थित बिपतपुर शिविरमा आगलागी भएको वडाअध्यक्ष कमल प्रसाद चौधरीले बताए । उनका अनुसार आगलागीबाट बस्तीका ७३ घरधुरी जलेर सखाप भएका छन्। उनका अनुसार हालसम्म मानविय क्षति भएको छैन तर आगो अझै नियन्त्रणमा आएको छैन । आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीको टोली, कैलाली प्रहरी, स्थानीय र २ ओटा दमकलले प्रयास गरिरहेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक बेदप्रकाश जाेशीले जानकारी दिए तर आगो भने नियन्त्रणमा आएको छैन ।…

Read More

ताप्लेजुङ – ताप्लेजुङ मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत लेखा पनेरु घुससहित पक्राउ परेका छन् । पनेरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । बाबुको नामको जग्गा दाखेल खारेज गरी नयाँ लगत दर्तासहित छोराका नाममा पास गरिदिएबापत सेवाग्राहीबाट एक लाख ५० हजार रुपैयाँ घुस रकम लिइरहेका बेला पनेरुलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। गएको साउनदेखि चलेको यो प्रक्रियाको कागजी प्रक्रिया भइसकेको र लेनदेनकै कारण सम्बन्धित धनीलाई कागजात बुझाउन बाँकी रहेको अवस्थामा पनेरु पक्राउ परेका हुन् ।

Read More