Author: महेन्द्रनगर पोष्ट

काठमाडौं– धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ सिन्धुलीटोलमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिँदा तीन जनाको मृत्यु भएको छ । सोमबार राति दुर्घटना भएको मोटरसाइकालमा तीन जना सवार थिथए । गम्भीर घाइते भएका ३ जना पुरुषको उपचारका क्रममा जनकपुर स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ । प्रहरीका अनुसार मृतक ३ जनाकै सनाखत हुन बाँकी रहेको छ। सडक छेउमा रोकिराखेको ना २ ख ८६२४ नम्बरको ट्रकमा गएराति साढे २ बजे, लु ८३ प ८६५१ नम्बरको मोटरसाइकल ठोकिएको हो । ट्रक चालक फरार भएकोले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।

Read More

काठमाडौँ- रसुवाको आमाछोदिङमो गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट दुई जनाले उम्मेदारी दिएपछि दुबै जनाको उम्मेदवारी रद्द भएको छ । निर्वाचन अधिकृतको कार्यालयले दुवै जनाको उम्मेदवारी रद्द गरिदिएको हो । एमालेबाट गाउँपालिका अध्यक्षमा तेब्रल तामाङले सुरुमा मनोनयन दर्ता गराएका थिए । तर उनी यसअघि नयाँ शक्ति पार्टीमा छँदा समानुपातिक सांसदको बन्द सूचीमा रहेको नाम नहटाएको पाइएपछि उनको उम्मेदवारी रद्द गरिएको हो । निर्वाचन आयोगले स्थानीय तहको जनप्रतिनिधिमा उम्मेदवारीका लागि बन्द सूचीबाट नाम हटाउन भनिए पनि उनको नाम हटेको थिएन । तामाङको उम्मेदवारी रद्द भएपछि एमालेले फुर्पूसिंगी तामाङको नाममा मनोनयन दर्ता गराएको थियो । तर, नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष पदमा दुई वटा…

Read More

भक्तपुर- भक्तपुरको मध्यपुर थिमिमा टिप्परले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालककोर मृत्यु भएको छ । मध्यपुर थिमि नगपालिका–४ चारदोबाटो चोकमा सोमबार राति टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक काभ्रेपलाञ्चोक घर भई हाल भक्तपुरको चाँगुनारायण बस्ने ३२ वर्षीय ज्ञानेन्द्र मल्ल ठकुरीको मृत्यु भएको हो । चारदोबाटो चोकमा नयाँथिमीबाट कोरियन अस्पताल तर्फ जाँदै गरेको बा ४ ख ८५८१ नम्बरको टिपरले गठ्ठाघरबाट नयाँथिमी तर्फ आउँदै गरेको बा प्र।०२–०२३ प ७७६९ नम्बरको स्कुटरलाई टिप्परले ठक्कर दिएको हो । दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा मध्यपुर ठिमी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, घाइते भएका स्कुटरमा पछाडी सवार म्याग्दी घर भई हाल चाँगुनारायण बस्ने…

Read More

काठमाडौं- यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि २० हजार भन्दा बढी पर्यवेक्षक खटिने भएका छन्। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ६८ संस्थाबाट पर्यवेक्षकका लागि २० हजारभन्दा बढीको प्रस्ताव आएको बताए ।अब ती प्रस्तावमाथि चेकजाँच गरेर आयोगले पर्यबेक्षक हुनका लागि परिचय पत्र पनि जारी गर्नेछ। उनका अनुसार निर्वाचन आयोगमा पर्यबेक्षकका लागि ६८ वटा संस्थाले अनुमति लिएका थिए । पर्यवेक्षकहरूलाई आयोगले अभिमुखीकरण पनि दिँदैछ ।

Read More

कञ्चनपुर- कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका–६ मा आइतबार राति म१प ६२६१ नम्बरको मोटरसाइकल छाडा चौपायासँग ठोक्किएर दुर्घटना हुँदा सोही ठाउँका २७ वर्षीय भजन रानाको मृत्यु भएको हो । दुर्घनामा गम्भीर घाइते भएका उनको सोमबार साँझ धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

Read More

काठमाडौं– यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत मंगलबार मनोनयन दर्ता गरेका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार मंगलबार बेलुकी ५ बजेसम्म उम्मेदवार उपर उजुरी दिन सकिनेछ । आयोगले वैशाख १४ र १५ गते मनोनयन पत्र जाँचबुझ गर्ने र उजुरी उपर जाँचबुझ गरेर निर्णय गर्नेछ। त्यस्तै, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावाली प्रकाशन गर्ने, १६ गते उम्मेदवारले नाम फिर्ता लिन सक्ने र सोही दिन नै निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ। आयोगले वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ ।

Read More

काठमाडौं- विश्वका सर्वाधिक धनी व्यक्ति एलन मस्कले ट्वीटरलाई खरिद गरेका छन् । उनले ट्वीटर ४४ अर्ब डलरमा खरिद गरेका हुन् । मस्कले हिजो राती एक बयान जारी गर्दै ट्वीट गरे, ‘वाक स्वतन्त्रता लोकतन्त्रको आधारशिला हो र ट्वीटर डिजिटल संसारको एउटा टाउन स्क्वायर हो जहाँ मानवताको भविष्यका लागि महत्वपूर्ण कुराहरु बहस गरिन्छ । म पनि नयाँ सुविधासहित ट्वीटरलाई पहिलेको भन्दा उत्कृष्ट बनाउन चाहन्छु । मानिसहरुलाई यो प्लेटफर्मप्रति विश्वास बढाउनका लागि एल्गोरिदमलाई ओपन–सोर्स बनाउनु, स्प्याम बट्सलाई हटाउनु र सबैको पहिचानलाई प्रमाणित गर्नु यसमा समावेश हुनेछ ।’ यस सम्झौतासँगै अब ट्वीटर मस्कको स्वामित्वमा रहेको नीजि कम्पनी हुनेछ । ट्वीटरले दिएको जानकारी अनुसार कम्पनीको…

Read More

काठमाडौं- स्थानीय तह निर्वाचनमा देशका ७५३ वटा पालिकामा झण्डै सवा लाख जनताले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले सोमबार राति सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार आइतबार र सोमबार गरेर १ लाख २३ हजार ४ सय जनाले उम्मेदवारी दर्ता गरेका हुन् । मनोनयन दर्ताको संख्यात्मक विवरण (प्रणालीमा प्रविष्टि) गर्ने क्रम जारी रहेकाले उम्मेदवारको संख्या बढ्ने आँकलन गरिएको छ । यो राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको संख्या हो । स्थानीय तहमा ३० वैशाखमा ३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि चुनाव हुँदैछ । २०७४ को स्थानीय तहको चुनावमा १ लाख ५१ हजार १ सय ९० जनाले उम्मेदवारी दिएका थिए । आयोगले…

Read More

काठमाडौं- हाल नेपालमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ। जसले गर्दा पहाडी भू–भागको मौसम बदली भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । मंगलबार देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । बागमती प्रदेश र प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रहनेछ र देशका बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू÷भागका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित क्षणिक÷हल्का वर्षाको सम्भावना रहेको महाशाखाले…

Read More

कञ्चनपुर- कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर ८ को कांग्रेस वडा समितिले वडाध्यक्षका लागि यसअघि नगर समितिलाई तीन जनाको नाम सिफारिस गर्यो । वडा समितिले दिलु बोहरा, दिपक ऐर र पार्वती मल्लको नाम सिफारिस गरेको थियो । सोही तीन जनामध्ये दिपक ऐरको टिकट सुनिश्चित भएका भन्दै क्षेत्री समितिका सचिवले आइतबार राति साढ ७ बजे फोन गरेर जानकारी दियो । सोही जानकारी अनुसार दिपक ऐरले बधाई तथा शुभकामना पाउन थालिसकेका थिए । वडाध्यक्षको टिकट पक्का भएको भन्दै त्यसअघि वडाध्यक्षकै लागि सिफारिस भएका बोहराले खादा ओढाएर शुभकामना पनि दिए । बोहरालाई र्यालीसहित जानका लागि साउण्ड सिस्टमलगायतको व्यवस्थापन गर्न भनियो । यति गर्दा गर्दै…

Read More