काठमाडौं– यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत मंगलबार मनोनयन दर्ता गरेका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने छ ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार मंगलबार बेलुकी ५ बजेसम्म उम्मेदवार उपर उजुरी दिन सकिनेछ । आयोगले वैशाख १४ र १५ गते मनोनयन पत्र जाँचबुझ गर्ने र उजुरी उपर जाँचबुझ गरेर निर्णय गर्नेछ।
त्यस्तै, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावाली प्रकाशन गर्ने, १६ गते उम्मेदवारले नाम फिर्ता लिन सक्ने र सोही दिन नै निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ। आयोगले वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ ।
Facebook Comments Box