Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – लामो समयदेखि निरन्तर गिरावट भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज भारी अंकको बृद्धि भएको छ । आज नेप्से ९५.४६ अंकले बढेर दुई हजार ४ सय २० दशमलब ९१ विन्दुमा पुगेको हो । आज नेप्सेमा दुई अर्ब ५३ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । गत हप्ता दैनिक डेढ अर्बको हाराहारीमा कारोबार भएको थियो । आज कारोबार भएका १९३ कम्पनीको शेयरमूल्य बढेको छ भने एक कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि १० कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने २५ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । नेप्सेका अनुसार आज नेपाल…

Read More

काठमाडौं – रुसी फौजले दक्षिणी युक्रेनको ओदेसा शहरमा क्षेप्यास्त्र आक्रमण गर्दा कम्तीमा ८ जनाको मृत्यु भएको छ । ओदेसा शहरमा रहेको सैन्य पूर्वाधारलाई लक्षित गरी रुसी क्षेप्यास्त्र आक्रमण भएको बीबीसीले जनाएको छ । यद्यपि आक्रमणका क्रममा दुई आवासीय भवन पनि क्षतिग्रस्त भएको बताइएको छ । मारिनेमा तीन महिने शिशु र उनकी आमा समेत रहेको बीबीसीले जनाएको छ । मारिने आमाको नाम भलेरिया र उनकी शिशु छोरीको नाम किरा रहेको बीबीसी युक्रेनी सेवाकी पत्रकार मिरोस्लाभा पेस्ताले जानकारी दिएकी छिन् । यता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ओदेसामा भएको क्षेप्यास्त्र आक्रमणको निन्दा गरेको बीबीसीले जनाएको छ । ‘यो एकदमै आतंक हो‘ उनीहरुलाई मतलब नै…

Read More

कञ्चनपुर – एमाले सुदूरपश्चिम प्रदेश कमिटीले कञ्चनपुरका सबै पालिकामा प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवारी टुंगो लगाएको छ । एमालेले भीमदत्त नगरपालिकाको मेयरमा महेशप्रसाद पन्त र उपमेयरमा भुवन केसी कुुँवर, दोधाराचादनी नगरपालिकाको मेयरमा किशोर लिम्बु, उपमेयरमा खेमा चन्दलाई उम्मेदवार बनाएको छ । यसैगरी, वेदकोट नगरपालिकाको मेयरमा सुशिला सिंह, उपमेयरमा लक्ष्मण राना, शुक्लाफाँटा नगरपालिकाको मेयरमा रणबहादुर महरा, उपमेयरमा मोनिका भण्डारीलाई उम्मेदवार बनाएको छ । त्यस्तै, कृष्णपुर नगरपालिकाको मेयर लोकेन्द्रप्रसाद पन्त, उपमेयरमा रमिता राना बडायक, पुनर्वास नगरपालिकाको मेयरमा पदम पुजारा, उपमेयरमा सुुशिला खत्री, बेलौरी नगरपालिकाको मेयरमा कमला बोहरा र उपमेयरमा जोगुराम चौधरीलाई उम्मेदवार बनाएको छ । लालझाडी गाउँपालिकाको अध्यक्षमा निर्मल राना,…

Read More

काठमाडौं – नेपाली काँग्रेसले स्थानीय तह निर्वाचन २०७९ को लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ।कांग्रेसले ‘सबल स्थानीय सरकार स्समुन्नत गाउँ, समुन्नत नगर’ भन्ने नारा दिएर ‘नेपाली कांग्रेसको संकल्प, स्थानीय तह निर्वाचन २०७९’ जारी गरी गरेको हो । आज (आइतबार) आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले ‘नेपाली काँग्रेसको सङ्कल्प’ सार्वजनिक गरेका छन् ।कांग्रेस महामन्त्री गगन थापाले ८८ पेजको घोषणा पत्रमार्फत् कांग्रेसले समुन्नत नेपालको प्रष्ट मार्गचित्र प्रस्तुत गरेको जानकारी दिए ।

Read More

काठमाण्डौं – गोरखामा सत्ता गठबन्धनमा तालमेल हुन नसकेपछि नेपाली काँग्रेस बाहिरिएको छ। गठबन्धनमा सहभागी चार दलमा चुनावी तालमेलका विषयमा सहमति हुन नसकेपछि काँग्रेस मित्रवत रुपमा प्रतिस्पर्धा गर्ने भन्दै पत्रकार सम्मेलन गरेर बाहिरिएको हो । काँग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले काँग्रेस लचिलो भएर संवादमा बसेपनि सहमती हुन नसकेपछि एकल रुपमा प्रतिस्पर्धा गर्ने जनाएको छ। ‘हामी गठबन्धन जिवित राख्न चाहन्थ्यौ । केही नेताको स्वार्थगत कारणले सहमती हुन सकेन अब आफ्नै तागतमा चुनाव लड्छौ।’ न्यौपानेले भने, ‘काँग्रेस गोरखाका ११ पालिका ९४ वडामा एकल उम्मेदवारी दिने छौ।’ यस्तै माओवादी केन्द्रले पनि गठबन्धनमा रहेका बाँकी दलसँग चुनावी तालमेल गर्ने जिल्ला अध्यक्ष लेखबहादुर थापाले बताए। ‘काँग्रेसले…

Read More

काठमाडौं – स्थानीय तहको चुनाबका लागि प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षमध्ये एक जना महिला अनिवार्य हुनुपर्ने प्राबधान विपरीत उम्मेदवार छान्ने सत्ता गठबन्धनको तयारीप्रति नेपाल महिला संघले नेपाली कांग्रेस जिल्ला कार्य समिति, धादिङलाई ध्यानाकर्षण पत्र बुझाएको छ । महिलाको संबैधानिक हकमा असर नपार्न आग्रह गर्दै संघले शनिबार सो ध्यानाकर्षण पत्र बुझाएको हो । “नेपालको प्रचलित संविधान तथा कानुन बमोजिम स्थानीयको प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षमध्ये एकजना महिला अनिवार्य हुनुपर्ने प्रावधानविपरीत हुने गरि हाल सत्ता गठबन्धनमा रहेका दलहरुद्वारा साझा उम्मेदवार तयार गर्दा संविधान र प्रचलित निर्वाचनको कानुनले अनिवार्य गरेको समावेशिताको भावना विपरित प्रमुख/उपप्रमुख , अध्यक्ष/उपाध्यक्ष पदमा पुरुषको प्रतिनिधित्व हुने गरि उम्मेदवार मनोनयन गर्ने तयारी भइरहेकोले यसप्रति हाम्रो गम्भिर…

Read More

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा साउनयता ३४ गैँडा मरेका छन् । दुई चोरी शिकारीबाट मारिएको अनुमान छ भने अन्य प्राकृतिक कारणले मरेका हुन् । निकुञ्जमा गत आर्थिक वर्षमा प्राकृतिक कारणबाट ३३ गैँडा मरेका थिए । सबैभन्दा बढी एकै वर्षमा प्राकृतिक कारणबाट ४३ सम्म गैँडा मरेको तथ्याङ्क छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सबैभन्दा बढी जुधेर गैँडा मरेका छन् । बुढो भएर, बाघको आक्रमणबाट, दलदलमा फसेर र खाल्डोमा परेर गैँडा मरेको उहाँले जानकारी दिनुभयो । गैँडाको सङ्ख्या बढेसँगै प्राकृतिक कारणले मर्ने सङ्ख्या पनि बढ्दै गएको उहाँको भनाइ छ । निकुञ्जले प्राकृतिक कारणबाट गैँडाको मृत्यु घटाउन आवश्यक सावधानी अपनाउने काम…

Read More

काठमाडौं – सल्यानको बागचौर नगरपालिका–६ सिमखोला स्थित सडकमा शनिबार राति जेसीबी पल्टिदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परिचालक गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा चालक दाङको बबई गाउँपालिका–४ हापुरेका अन्दाजी ३३ वर्षीय देवराज खत्री रहेका छन् । दुर्घटनामा घाइते भएका परिचालक सल्यानको छत्रेदेउराली गाउँपालिका–१ दमाचौरका १८ वर्षीय चित्रवहादुर विकको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ । सल्यानको महिदोले देखि जामुलेचौर वडा कार्यालय जोड्ने सडक फराकिलो बनाउँदै गरेको रा १ क ७१९ नम्बरको जेसीबी गएराती साढे ९ बजे सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो ।

Read More

काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरमा आनन्दराज जोशीले उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौं महानगरपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जोशीले पहिलो उम्मेदवारी दर्ता गराएका हुन् । काठमाडौं महानगरपालिका १९ निवासी उनले राष्ट्रिय यथार्थवादी पार्टी नेपालबाट उम्मेदवारी दर्ता गराएका हुन् । ३७ वर्षीय जोशीले सरोज शाहीको प्रस्ताव र सरला शाहीको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् ।

Read More

धनगढी – धनगढी उपमहानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले मनोनयन दर्ता गरेका छन् । ६ जना वडाध्यक्षका उम्मेदवारसहित समर्थकहरूका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर हमालले स्वतन्त्र उम्मेदवारीको मनोनयन दर्ता गरेका हुन् । हमालको प्यानलबाट वडा नम्बर ४ को अध्यक्षमा शिद्वराज पनेरू, वडा नम्बर ५ बाट पदम भट्ट, वडा नम्बर ९ बाट रमेशबहादुर बिस्ट, वडा नम्बर १४ बाट यम लामिछाने, वडा नम्बर १५ बाट कमलबहादुर ढाँट र वडा नम्बर १६ बाट निर्मलकुमार ओझाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । हमालको टीमले आज पहिलो नम्बरमा मनोनयन दर्ता गराएको हो ।

Read More