Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले समाजसेवामा सामाजिक सङ्घसंस्थाको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । फोकस नेपालले शनिबार लोकतन्त्र दिवसका अवसरमा आयोजना गरेको ‘समुन्नत नेपाल निर्माणमा सामाजिक सङ्घसंस्थाको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन उहाँले समाजको सेवामा सामाजिक सङ्घसंस्थाको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको हो । “मानव सेवा र समाजसेवा गर्न सजिलो छैन, यसका लागि भित्री मनबाट नै इच्छा हुनुपर्दछ, समाजसेवामा लाग्न ठूलो मन चाहिन्छ”, उहाँले भन्नुभयो । लोकतन्त्र स्थापनका लागि सामाजिक सङ्घसंस्थाले खेलेको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाइ छ । उहाँले सरकार नपुगेको दुर्गम ठाउँमा सामाजिक सङ्घसंस्थाले चेतना बाँड्नुका साथै उनीहरुलाई राहत दिने काम गरेको स्मरण गर्नुभयो । झण्डै ५० हजारको हाराहारीमा…

Read More

काठमाडौं – कांग्रेस सामाजिक सञ्जाल प्रचार–प्रसार उपसमितिमा थप सदस्यहरु मनोनित भएका छन् । कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिको निर्णय अनुसार केन्द्रीय सदस्य राजेन्द्रकुमार केसीको संयोजकत्वमा गठन भएको ‘नेपाली कांग्रेस सामाजिक सञ्जाल प्रचार–प्रसार उपसमिति’ मा थप सदस्यहरु मनोनयन गरिएको हो । थप सदस्यहरुको नामावलीअजय कुमार यादब – नवलपरासीअजय कुमार श्रेष्ठ – तनहुअजय लिम्बु – सुनसरीअञ्चल गुरुङ – ताप्लेजुङअधिराज रेग्मी – काठमाडौँअनिकित तिवारी – सर्लाहीअनिल थपलिया – गोर्खाअनिस पाण्डे – धादिंगअप्सरा लम्साल – धादिङअभिश्यक गिरि – सिन्धुपाल्चोकअभिषेक चापागाईं – नवलपरासीअभिषेक लामिछाने – काठमाडौँअमित जोशी – बझांगअमृत जङ बस्नेत – लमजुंग अरन्त जङ निरौला – इलामअरविन्द कुमार साह – पर्साअरोन खड्का – काठमाडौँअर्जुन तिवारी – ताप्लेजुङअर्जुन भट्टराई – गुल्मीअर्जुन शर्मा – रौतहटअविस्यक श्रेष्ठ – काठमाडौँअशोक कुँवर – अछामअशोक कुमार बर्मा – दाङअशोक धमला…

Read More

काठमाडौं – नेकपा (एमाले) चितवनले जिल्लाका सात पालिकामा प्रमुख र उपप्रमुख टुङ्गो लगाएको छ । भरतपुर र माडीको उपप्रमुख भने राप्रपासँग तालमेलका लागि खाली राखेको हो । एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार राप्ती नगरपालिकाको प्रमुखमा गोविन्द कँडेल र उपप्रमुखमा मेनका पाठक, खैरहनी नगरपालिकाको प्रमुख लालमणि चौधरी र उपप्रमुखमा कविता उप्रेती, रत्ननगर नगरपालिकाको प्रमुखमा विमला दुवाडी र उपप्रमुख यादव पाठक, कालिका नगरपालिकाको प्रमुखमा विनोद रेग्मी र उपप्रमुख विमला लामालाई उठाउने निर्णय भएको छ । यसैगरी माडी नगरपालिकाको प्रमुखमा ताराकाजी कुमारी महतो र इच्छाकामना गाउँपालिकाको अध्यक्षमा दानबहादुर गुरुङ र उपाध्यक्षमा माया सिलवाललाई उम्मेदवारको घोषणा गरिएको छ । भरतपुर महानगरपालिकाको प्रमुखमा यसअघि…

Read More

काठमाडौं – कक्षा १२ को परीक्षाको समय परिवर्तन गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले यसअघि बिहान ११ देखि दिउँसो २ बजेसम्म तोकेको समय आज सूचना प्रकाशित गरि बिहान ८ देखि ११ बजेसम्म गर्ने निर्णय गरिएको जनाएको छ । कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुँदै छ ।

Read More

काठमाडौं – आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४०० रुपैयाँँले घटेको छ । अघिल्लो हप्ता छापावाला सुनको मूल्य प्रतितोला एक लाख ९०० रुपैयाँ पुगेकोमा आइतबार ४०० रुपैयाँले घटेर एक लाख ५०० रुपैयाँमा झरेको हो । यस्तै, तेजाबी सुनको मूल्य समेत आज ५०० रुपैयाँले नै घट्दै आज एक लाख रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख ५०० रुपैयाँमा कारोबार भएको थियो । यता चाँदीको मूल्य भने आज स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला एक हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्य कायम भएको छ ।

Read More

काठमाडौं – आज वैशाख ११ गतेदेखि विन्ध्यवासिनी हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले स्थानीयलाई जारी पुँजीको १०% अर्थात १० लाख कित्ता सेयर निष्कासन गरेको हो । जसमा ७ लाख कित्ता सेयर लम्जुङ जिल्लाको क्वहोलासोथार गाउँपालिको वडा नं ५, ६ र ७ का स्थानीयलाई छुट्याइएको छ भने बाँकी ३ लाख कित्ता सेयर भने आयोजनाको मुख्य संरचना जोडिएको क्वहोलासोथार गाउँपालिका र कास्की जिल्लाको मादी गाउँपालिकाका बाँकी सबै वडाका स्थानिय बासिन्दालाई छुट्याइएको छ । स्थानीय लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावितहरुलाई निष्कासन गरिएको सबै…

Read More

काठमाडौं – मेलम्चीको पानी पुनः वितरण सुरु भएको छ ।बाढीले क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको संरचना पुनर्निर्माणपछि खानेपानी मन्त्री उमाकन्त चौधरीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको नयाँ बानेश्वरस्थित शाखा कार्यालयबाट एक कार्यक्रमबीच धारामा पानी वितरण शुभारम्भ भएको हो। मन्त्री चौधरीले गत चैत २९ गते आयोजनाको हेडवर्क्सबाट सुरुङतर्फ पानी पथान्तरण सुरुवात गरेका थिए । त्यसपछि सुन्दरीजल पानी प्रशोधन केन्द्रबाट शुद्ध गरी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका १० वटा रिजर्भवेर ट्याङ्कीमा पठाइएको थियो । अहिले घरघरमा पाइपमार्फत धारामा पानी पठाउन सुरु गरिएको हो ।

Read More

रोम – इटालीमा फेरि कोभिड संक्रमण तीव्र फैलिएको फैलिन थालेको छ । शनिबार एकै दिन ७० हजार ५२० जना नयाँ संक्रमित फेला परेका छन् । कोभिडका कारण १४३ जनाको मृत्यु भएको छ । इटालीमा शुक्रबार कोभिडबाट २०२ जनाको मृत्यु भएको थियो । सन् २०२० को फेब्रुवरीमा कोभिड महामारी फैलिएपछि इटालीमा कोभिडका कारण अहिलेसम्म १ लाख ६२ हजार ६०९ जनाको मृत्यु भइसकेको छ । युरोपमा बेलायतपछि इटालीमा कोभिडका कारण धेरै मानिसहरूको मृत्यु भएको छ । इटालीमा अहिलेसम्म कोभिडबाट १ करोड ६१ लाख संक्रमित बनेका छन् । कोभिडका कारण शनिबार ९ हजार ९१४ जना अस्पताल भर्ना भएका थिए ।

Read More

काठमाडौं- सल्यानमा जेसीबी पल्टिँदा चालकको मृत्यु भएको छ । जिल्लाको बागचौर नगरपालिका–६, सिमखोलास्थित सडकमा जेसीबी पल्टिँदा दाङको बबई गाउँपालिका–४, हापुरेका अन्दाजी ३३ वर्षीय देवराज खत्रीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परिचालक सल्यानको छत्रेदेउराली गाउँपालिका–१, दमाचौरका १८ वर्षीय चित्रबहादुर विक घाइते भएका छन् । उनको जिल्ला अस्पताल सल्यानमै उपचार भइरहेको छ । गए राति करिब साढे ९ बजे सल्यानको महिदोलेदेखि जामुलेचौर वडा कार्यालय जोड्ने सडक फराकिलो बनाउँदै गरेको रा१क ७१९ नम्बरको जेसीबी सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो ।

Read More

बाजुरा- नेकपा एमालेले बाजुरामा उम्मेदवारको टुंगो लगाएको छ । जिल्लाका ९ वटै पालिकामा एमालेले उम्मेदवारको टुंगो लगाएको हो । जिल्लामा पाँच गाउँपालिका र चार नगरपालिका छन् । जसमध्ये बडीमालिका नगरपालिका मेयरमा अमर खड्का र उपप्रमुखमा नन्दा थापालाई छनोट गरेको छ । बुढीनन्दा नगरपालिकाको मेयरमा जनककुमार बोहरा र उपप्रमुखमा मनु रोकाया बिसी, बुढिगङ्गा नगरपालिकाको मेयरमा रामबहादुर बानियाँ र उपप्रमुखमा माया कुँवर, त्रिवेणी नगरपालिकाको मेयरमा मोतिसिंह बुढा र उपप्रमुखमा पार्वतीदेवी बुढालाई छनोट गरेको छ। त्यसैगरी गौमुल गाउँपालिका अध्यक्षमा हरिबहादुर रोकाया र उपाध्यक्षमा सीता थापा, जगन्नाथ गाउँपालिका अध्यक्षमा कालीबहादुर शाही र उपाध्यक्षमा मरुकला बिष्ट, हिमाली गाउँपालिका अध्यक्षमा अजबहादुर मल्ल र उपाध्यक्षमा राजकला सार्की,…

Read More