Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- सल्यानमा जेसीबी पल्टिँदा चालकको मृत्यु भएको छ । जिल्लाको बागचौर नगरपालिका–६, सिमखोलास्थित सडकमा जेसीबी पल्टिँदा दाङको बबई गाउँपालिका–४, हापुरेका अन्दाजी ३३ वर्षीय देवराज खत्रीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परिचालक सल्यानको छत्रेदेउराली गाउँपालिका–१, दमाचौरका १८ वर्षीय चित्रबहादुर विक घाइते भएका छन् । उनको जिल्ला अस्पताल सल्यानमै उपचार भइरहेको छ । गए राति करिब साढे ९ बजे सल्यानको महिदोलेदेखि जामुलेचौर वडा कार्यालय जोड्ने सडक फराकिलो बनाउँदै गरेको रा१क ७१९ नम्बरको जेसीबी सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो ।

Read More

बाजुरा- नेकपा एमालेले बाजुरामा उम्मेदवारको टुंगो लगाएको छ । जिल्लाका ९ वटै पालिकामा एमालेले उम्मेदवारको टुंगो लगाएको हो । जिल्लामा पाँच गाउँपालिका र चार नगरपालिका छन् । जसमध्ये बडीमालिका नगरपालिका मेयरमा अमर खड्का र उपप्रमुखमा नन्दा थापालाई छनोट गरेको छ । बुढीनन्दा नगरपालिकाको मेयरमा जनककुमार बोहरा र उपप्रमुखमा मनु रोकाया बिसी, बुढिगङ्गा नगरपालिकाको मेयरमा रामबहादुर बानियाँ र उपप्रमुखमा माया कुँवर, त्रिवेणी नगरपालिकाको मेयरमा मोतिसिंह बुढा र उपप्रमुखमा पार्वतीदेवी बुढालाई छनोट गरेको छ। त्यसैगरी गौमुल गाउँपालिका अध्यक्षमा हरिबहादुर रोकाया र उपाध्यक्षमा सीता थापा, जगन्नाथ गाउँपालिका अध्यक्षमा कालीबहादुर शाही र उपाध्यक्षमा मरुकला बिष्ट, हिमाली गाउँपालिका अध्यक्षमा अजबहादुर मल्ल र उपाध्यक्षमा राजकला सार्की,…

Read More

काठमाडौँ- नेपाली कांग्रेसले आज स्थानीय तह निर्वाचन केन्द्रीत घोषणापत्र सार्वजनिक गर्दैछ । महामन्त्री गगनकुमार थापा संयोजक रहेको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले आज लोकतन्त्रक दिवसको अवसर पारेर घोषणापत्र सार्वजनिक गर्ने भएको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा मध्यान्ह घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको केन्द्रीय सदस्य बहादुरसिंह लामाले जानकारी दिए । उनका अनुसार घोषणापत्रमा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षालगातका कार्यक्रमलाई प्राथमिकताका साथ समेटिएको छ । महामन्त्री थापा नेतृत्वको घोषणापत्र तयारी समितिमा यसअघि स्थानीय तहमा अनुभवप्राप्त जनप्रतिनिधिसँगै विकास तथा पूर्वाधार विज्ञ, अर्थ विज्ञलगायत सहभागी थिए । नेकपा एमाले, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राप्रपा, राप्रपा नेपाल लगायत दलले यसअघि नै घोषणापत्र…

Read More

कैलाली- धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष बलहादुर ऐरले राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । उनी २०७४ सालमा माओवादी केन्द्रबाट वडाध्यक्षमा विजयी भएका थिए । माओबादीबाट उपमेयरका लागि सिफारिस भएका उनले अन्तिममा वडाध्यक्ष पनि नपाउने अवस्था आएपछि माओबादी छोडेर पुनः वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । उनले मेयरमा स्वतन्त्र उम्मेदवार हमाललाई समर्थन गर्दै हमालकै टिमबाट उम्मेदवारी दिने बताएका छन् । ऐरसंगै वडाका २३ जना वडा कमिटी सदस्यसहित १७५ जनाले पार्टी परित्याग गरेका छन् । वडा नम्बर ३ मा वडाध्यक्षसहित वडा सदस्यमा पनि स्वतन्त्र उम्मेदवारी दिने तयारी भएको उनले बताए । उनी सुरुवातमा मेयरका आकांक्षीसमेत थिए ।

Read More

काठमाडौँ- हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । आइतबार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू–भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Read More

काठमाडौँ- मधेस प्रदेश सरकारकी पूर्व भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल कुमारी झाको निधन भएको छ।क्यान्सर रोगबाट पीडित झाको आज बिहान काठमाडौंको रानीबारीस्थित निवासमै निधन भएको हो । लोकतान्त्रिक समाजवादी पार्टीको प्रदेश सदस्य समेत रहेकी उनी प्रदेशसभा सदस्यसमेत थिइन् । उनी लोसपा नेता तथा प्रतिनिधि सभा सदस्य अनिलकुमार झा कि पत्नी हुन् ।

Read More

काठमाडौँ- यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि उम्मेदवारी दर्ता हुँदैछ । यसपटक निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि दुई दिनको समय दिएको हो । आज र भोलि स्थानीय तहमा दल र स्वतन्त्रबाट उम्मेदवारले मनोनयन दर्ता गर्न सक्नेछन् । बिहान १० देखि बेलुका ५ बजेसम्म योग्यता पुगेका व्यक्तिले तोकिएबमोजिमको प्रक्रिया पूरा गरी मनोनयनपत्र दर्ता गराउन सकने आयोगले जनाएको छ । दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई मनोनयनपत्र दर्ता गराउन आयोगले आग्रह गरेको छ । मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची १२ गते प्रकाशन गर्ने, वैशाख १३ गते उमेदवारको विरोधमा उजुरी दिने, वैशाख १४…

Read More

कैलाली- नेपाल पुलिस क्लबले कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाईनलमा विभागीय नेपाल एपीएफ क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले उपाधि जितेको हो । वनदेवी युवा क्लबको आयोजना भएको प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस फुटबल क्लबले सशस्त्र प्रहरी बलको एपिएफको दबदबा तोड्दै प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप प्रतियोगिताको उपाधि जितेको हो । फाइनलमा एपिएफलाई १–० ले पराजित गर्दै पुलिसले उपाधि चुमेको हो । पुलिसको जितमा निर्मला विकले इन्जुरी समयमा निर्णायक गोल गरिन् । उनी फाइनलको प्लेयर अफ द म्याच पनि भइन् । उपाधिसँगै पुलिसले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त…

Read More

कैलाली – सत्ता गठबन्धन दलबीच कैलालीमा भएको भागबडाका विषयमा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री नरनारायण शाह ‘मनु’ले असहमति राखेका छन् । उनले प्रदेशका अन्य केही जिल्लामा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय भइरहँदा कैलालीका सबै स्थानीय तहमा भागबण्डा गर्नुपर्ने कारण नभएको भन्दै असहमति जनाएका हुन् । उनले सामाजिक सञ्जालमा ‘नोट अफ डिसेन्ट’ लेख्दै कैलालीको भागबण्डामा आफ्नो पूर्ण असहमति रहेको बताएका छन् । गठबन्धनको महत्वपूर्ण छलफलमा केन्द्रीय सदस्यहरुले सल्लाह नै नदिएको पनि उल्लेख गरेका छन्। ‘सुदूरपश्चिमका अन्य जिल्लामा कहीँ कुरा नमिले मित्रवत प्रतिस्पर्धा गर्ने, तर कैलालीका हकमा सबै स्थानीय तहमा गठबन्धन गर्ने बाध्यात्मक परिस्थिति के आई लाग्यो ?,’ उनले प्रश्न गर्दै भनेका छन्,…

Read More

कैलाली- धनगढी उपमहानगरपालिकाको मेयरका लागि नेकपा (एमाले)ले रणबहादुर चन्दलाई अघि सारेको छ । एमालेको सचिवलाय बैठकले चन्दलाई मेयर बनाउने निर्णय गरेको हो । यसैगरि बैठकले उपमेयरमा नन्दकला रानालाई उम्मेदवार बनाएको छ । मेयरका उम्मेदवार चन्द तीस वर्षदेखि नेकपा (एमाले) को राजनीतिमा सक्रिय छन् । चन्द यसअघि पुसमा भएको जिल्ला अधिवेशनमा रतन थापासंग चार मतले पराजित भएका थिए । उनी त्यसअघि पार्टीको जिल्ला उपाध्यक्ष थिए ।

Read More