Author: महेन्द्रनगर पोष्ट

धनगढी : बैतडीमा एक घरमा एक आगलागी भएको छ। जिल्लाको सिगास गाउँपालिका–२ धौलाडीका सुरेन्द्रसिंह धामीको पत्थरले छाएको घरमा आज (शुक्रवार) दिउँसो आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीका अनुसार आगलागी हुँदा ८ पुशचौपाया जलेर मरेका छन्। भैंसीका लागि कुडो पकाउन बालेको आगो नजिकै राखेको खरमा सल्केपछि उक्त आगो घरमा सल्किन गई आगलागी भएको हो। आगलागीबाट घरको तल्लो तला जलेर नष्ट भएको छ भने गोठमा बाँधेका एक भैैंसी, एक हल गोरु र ५ बाख्रा जलेर मरेका छन्। यस्तै धामीको घरभित्र राखेको मकै, गहुँ र लत्ताकपडामा समेत क्षति पुगेको प्रहरी निरीक्षक केसीले बताए।

Read More

काठमाडौं : नेकपा  (एमाले) ले शनिबार संसदीय दलको बैठक बोलाएको छ। एमाले संसदीय दलको बैठक संघीय संसद् भवनको ल्होत्से हलमा दिउँसो २ बजे बस्ने प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। बैठकमा पार्टी अध्यक्ष तथा दलका नेता केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थितिमा सांसदहरूलाई निर्देशन दिने बर्तौलाले बताए।

Read More

काठमाडौं : गण्डकी प्रदेशका ऊर्जामन्त्री फणिन्द्र देवकोटा सांसद पदमुक्त भएका छन् । प्रदेश सभाको शुक्रबार बसेको दोस्रो बैठकमा सभामुख कृष्ण धितालले देवकोटा पदमुक्त भएको सूचना दिएका हुन् । नेपाल समाजवादी पार्टी (नेसपा)का देवकोटाले गोरखा २ (क) मा माओवादीको चुनाव चिह्नबाट निर्वाचन लडेका थिए । माओवादी संसदीय दलको ह्वीप उल्लंघन गर्दै २८ जेठमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देवकोटा भोलिपल्ट ऊर्जामन्त्री बनेका थिए । तर माओवादी केन्द्रले ह्वीप उल्लंघनमा कारबाही गर्दै सभामुखलाई पत्र दिएको थियो । यससँगै सांसदसँगै मन्त्री पद पनि गएको छ ।

Read More

काठमाडौं : नेपाल प्रहरीका चारजना प्रहरी उपरीक्षक (एसपी) को पदस्थापन भएको छ । डीएसपीबाट हालै बढुवा भएका एसपीहरुको पदास्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । एसपीमा बढुवा भएसँगै उनीहरुले नयाँ जिम्मेवारी पाएका हुन् । उनीहरुलाई प्रचलित नियमानुसार तलब, भत्ता पाउने गरी प्रहरी महानिरीक्षकको बिहीबारको निर्णयानुसार पदस्थापना र काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कोशी प्रदेश प्रहरी गण बिराटनगर मोरङमा प्रदिप बहादुर क्षेत्री गएका छन् । मधेश प्रदेश प्रहरी गण जनकपुर, धनुषामा नारायण रंजितकारलाई पदस्थापन गरिएको छ । यस्तै अनन्त राम शर्मालाई गण्डकी प्रदेश प्रहरी गण पोखरा, कास्की र एक नारायण कोईरालालाई मानव बेचविखन अनुसन्धान व्यूरो मानव…

Read More

काठ्माडौं : वर्षौँको प्रयासपछि अन्ततः नेपाल प्रहरीमा स्टाफ कलेज सुरु हुने भएको छ । प्रहरी महानिरीक्षक नेतृत्वको नीति समन्वय समिति (पिसिसी) बैठकले यससम्बन्धी प्रस्ताव गत साता स्वीकृत गरी असारदेखि नै यसलाई कार्यान्वयनमा लैजाने तयारी गरेको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमेशराज जोशी नेतृत्वको समितिले बनाएको प्रतिवेदन गत शुक्रबार प्रहरीको नीति समन्वय समितिमा प्रस्तुत भएको थियो । समितिले प्रस्ताव स्वीकृत गरेपछि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले कार्यान्वयनको तयारी अघि बढाइसकेको छ । समितिले समन्वय समितिको बैठकमा आएका सुझावलाई समेत समेटेर केही दिनभित्रै प्रतिवेदन बुझाउँदै छ । प्रतिवेदनमा असारभित्रै पुलिस साइन्स संकाय स्थापना गर्ने उल्लेख छ । मास्टर इन पुलिस साइन्स (एमपिएस) कोर्सका रूपमा स्टाफ कलेज लागू हुन…

Read More

धनगढी : बझाङको बित्थडचिर गाउँपालिकाका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । हिजो ३१ गते वडा नम्बर ६ का वडाध्यक्ष हरिष खड्काले गाउँपालिका शिक्षा शाखा प्रमुख नरबहादुर धामीलाई धम्क्याएको भन्दै कर्मचारीहरुले आज पेन डाउन गरेका हुन् । पालिकामा कार्यरत कर्मचारीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै जनप्रतिनिधीबाट ज्यान मार्ने धम्की र दुव्र्यवहारको विरोधमा शुक्रबार पेन डाउन गरेको जनाएका छन् । साथै घटनाको छानबिन गरी वडाध्यक्षलाई कानुनी दायरामा ल्याउनुपर्ने र आफुहरुको सुरक्षाको ग्यारन्टी हुनुपर्ने माग राखेका छन् । यस्तै सम्बन्धीत निकायले मुखदर्शक भएका सामुहिक रुपमा प्रतिकारमा उत्रिने बताएका छन् । के हो लफडा ? केदारस्युँ गाउँपालिकाको एक विद्यालयमा कार्यरत शिक्षक कमल स्याँडाको सरुवाको बिषयमा लिएर…

Read More

काठमाडौँ । नेपालगञ्जबाट काठमाडौं गइरहेको बस त्रिशुली किनारमा खसेको छ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहान दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँचजनाको अवस्था गम्भीर रहेको छ । नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे१ख ४०६० नम्बरको यात्रीबस त्रिशूली नदी किनारमा खसेको प्रहरीले जनाएको छ । काठमाडौँबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कार र बस  कापसमा ठोक्किँदा बस नदी किनारमा खसेको हो ।  बसमा करिब ४५ जना यात्री रहेको प्रहरीले बताएको छ । 

Read More

धनगढीः धनगढी उपमहानगरपालिकाले असार २ गते सार्वजनिक बिदा दिएको छ । उपमहानगरले गंगा दशहराको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको हो । आफ्नो क्षेत्रभित्रका सम्पुर्ण सरकारी कार्यालयहरु, शिक्षण संस्थाहरु एबं  संघ संस्थाहरुलाई एक दिन सार्वजनिक बिदा दिएको छ। यही असार २ गते बिदा दिएको उपमहानगरपालिकाद्धारा जारी सूचनामा उल्लेख गरिएको छ। गंगा दशहरालाई यस क्षेत्रका सबै समुदायले ऐतिहासिक पर्वका रुपमा मनाउँदै आएका छन्।

Read More

काठमाडौं : चितवनमा बस र कार ठोक्किँदा १७ जना घाइते भएका छन्। नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ४०६२ नम्बरको बस र काठमाडौंबाट चितवन तर्फ जाँदै गरेको प्र-१-०२९ च ३७२० नम्बरको कार चितवनको फिस्लिङमा ठोक्किँदा १७ जना घाइते भएको चितवन प्रहरीले जनाएको छ। कारमा सवार ५ जना र बसका १२ यात्रुको उद्धार गरी चितवनका विभिन्न अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ। दुर्घटनामा घाइते मध्ये केहीको अवस्था गम्भीर छ।

Read More

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । यस्तै वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुनेछ। यी मन्त्रालयको खर्च घटाउन सांसदले प्रस्ताव पेश गर्नेछन्। ती प्रस्तावलाई पनि शुक्रबार नै निर्णयार्थ प्रस्तुत गर्ने संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ।

Read More