Author: महेन्द्रनगर पोष्ट

मोरङ – मोरङको ग्रामथान गाउँपालिका–७ बजरंगबलीमा मंगलबार बेलुकी मोटरसाइकलको चक्कामा आफैँले लगाएको सल बेरिँदा लडेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको इटहरी उपमहानगरपालिका–८ की २१ बर्सिया रेश्मा नेपाली रहेकी छन् । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराटनगर स्थित विराट नर्सिङ होममा मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो बेलुकी पौने ७ बजे को ३८ प २२ ०३ नम्बरको मोटरसाइकलको पछाडि सवार उनले लगाएको लेहेङगाको सल मोटरसाइकलको चक्कामा बेरिँदा उनी मोटरसाइकलबाट लडेकी थिइन् । मोटरसाइकल सहित चालकलाई इलाका प्रहरी कार्यालय हरैचाले नियन्त्रणमा लिएको छ ।

Read More

काठमाडौं – आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला १५०० रुपैयाँले घटेको हो । मंगलबार प्रतितोला एक लाख दुई हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ६०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ । हिजो सोमबार प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भएको चाँदी आज ४५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३८५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ

Read More

काठमाडौं – नेपाली काँग्रेसले आज (बुधबार) देखि घोषणा पत्र लेख्न थाल्ने भएको छ । अहिलेसम्म काँग्रेसले सुझाव सङ्कलन गरेको थियो । ०७४ मा पार्टीबाट निर्वाचित जनप्रतिनिधि, पार्टीका नेता तथा कार्यकर्ता, विज्ञहरू र सर्वसाधारण जनताबाट काँग्रेसले घोषणा पत्रका लागि सुझाव लिएको थियो । काँग्रेसले महामन्त्री गगनकुमार थापाको नेतृत्वमा घोषणा पत्र बनाउँदै छ । यसपालि काँग्रेसले स्थानीय स्तरबाट पनि प्रतिबद्धता पत्र तयार गरी सार्वजनिक गर्ने तयारी गरेको छ । उम्मेदवारका भिन्नै र पार्टी समितिबाट भिन्नै प्रतिबद्धता पत्र हुनेछन् । काँग्रेसले शिक्षा, स्वास्थ्य, रोजगारलगायतका विषयलाई प्राथमिकताका साथ घोषणा पत्रमा समावेश गर्ने तयारी गरेको छ ।

Read More

पोखरा – गण्डकीका अर्थमन्त्री रामजी बरालको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । अर्थमन्त्री बराल चढ्ने ग १ झ ४४५ नम्बरको गाडीले पोखरामा नयाँ वर्षको दिन  ठक्कर दिँदा घाइते भएका तनहुँ एक्लेखेतका मीनबहादुर पाइजाको मृत्यु भएको हो । गम्भीर घाइते उनको मनिपाल अस्पतालमा उपचार भइरहेकोमा उपचारकै क्रममा मृत्यु भएको हो । ग १६ प ५१८१ नम्बरको मोटरसाइकलमा सवार मीनबहादुर र उनको श्रीमती घाइते भएका थिए । उनकी श्रीमतीको भने अवस्था सामान्य छ । गाडी तीव्र गतिमा भएकाले दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

Read More

दार्चुला – अपि नाम्पा संरक्षण क्षेत्रभित्र पर्ने धौलीओडारमा पर्यटकीय आवास गृह भवन निर्माण गरिएको छ । अपिहिमाल गाउँपालिका १ को धौलीओडारमा संरक्षण क्षेत्र कार्यालयलाई जानकारीबीनै पर्यटकीय आवास गृह भवन निर्माण गरिएको हो ।सुदूरपश्चिम उद्योग पर्यटन वन वातावरण मन्त्रालयको कुल २५ लाख रुपैयाँ लागतमा भवन निर्माण गरिएको हो । भवन निर्माण गर्दा अपि नाम्पा संरक्षण क्षेत्रको जानकारीबीनै भवन निर्माण गरिएपछि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय विभागमा समेत उजुरी परेको छ ।भवन निर्माणबारे जानकारी नै नभएपछि दुवै क्षेत्रमा उजुरी परेको छ, अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख संरक्षण अधिकृत गणेश पौडेलले भन्नुभयो, भवन कसरी कहाँबाट भयो भन्नेबारे सोधखोज गर्दछौ ।यो क्षेत्र अपि…

Read More

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस तीनदिने औपचारिक भ्रमणका लागि भोलि नेपाल आउने भएका छन् । वैशाख ८ देखि १० गतेसम्म हुने भ्रमणको क्रममा महानिर्देशकका साथ डब्ल्यूएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा। पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारीहरू पनि नेपाल आउने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल भ्रमणको क्रममा गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनले परराष्ट्रमन्त्री डा. नारायण खड्का र स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडासँग पनि भेट गर्ने कार्यक्रम छ ।

Read More

दार्चुला- यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दार्चुलामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पालिका बाँडफाँड सत्ता गठबन्धन दलहरुले भागबण्डा गरेका छन् । तर भागबण्डामा नेकपा (एकीकृत समाजबादी) भने समेटिएको छैन । गठबन्धनको तेस्रो ठूलो दलसमेत रहेको एकीकृत समाजवादीलाई नसमेटेर नै पालिका बाँडफाँड टंग्याइएको छ । जिल्लाका ९ वटा स्थानीय तहमध्ये २ नगरपालिकासहित ५ पालिकाको नेतृत्व कांग्रेस र ४ को नेतृत्व माओवादी केन्द्रले पाउने गरी सहमति भएको छ । माओवादी केन्द्रलाई अपिहिमाल, मार्मा, नौगाड र लेकम गाउँपालिकाको अध्यक्ष दिने निर्णय भएको छ भने कांग्रेसले महाकाली र शैल्यशिखर नगरपालिकाको प्रमुख तथा मालिकार्जुन, दुहुँ र व्याँस गाउँपालिकाको अध्यक्ष पाउने…

Read More

कैलाली- नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विहीबार (भोलि) कैलाली आउने भएका छन् । जिल्लाको गौरीगंगा नगरपालिकामा विभिन्न पार्टीका नेता कार्यकर्ताहरुलाई माओवादी केन्द्रमा प्रवेश गराउन प्रचण्ड भोलि कैलाली आउन लागेका हुन् । गौरीगंगा–८ को लिक्मामा हुने कार्यक्रमलाई अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरिराम चौधरी (उत्सव)ले बताए ।

Read More

कैलाली- यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले मतदान स्थलको अनुगमन निरीक्षण गरेको छ । समितिका अनुसार सुरक्षा संवेदनशीलताका आधारमा जिल्लामा ५२ मतदान स्थल अति संवेदनशीलको सूचीमा राखिएका छन् । त्यसैगरि संवेदनशील १ सय ३१ वटा र सामान्यमा ५३ वटा मतदान स्थलहरू निर्धारण गरिएको कैलालीका जिल्ला सुरक्षा समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ल्ला अधिकारी किरण थापाले जानकारी दिए । मतदान स्थलको आधारमा सुरक्षाको व्यवस्था गरिने उनले बताए । उनका अनुसार स्थानीय तहको निर्वाचनलाई भयरहित र स्वतन्त्र रूपले सफल पार्न चारवटै सुरक्षा निकायले निगरानी गर्नेछन् । जिल्लामा ६ सय १९ वटा मतदान केन्द्र र २ सय ३६…

Read More

काठमाडौं- नेपाल सरकारले यसअघि निलम्बन गरेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बुधबार (आज)देखि काममा फर्किने भएका छन् । सर्वोच्च अदालतको अन्तरिम आदेशले उनी नियमित काममा फर्किन लागेका हुन् । २४ चैतको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार २५ चैतबाट निलम्बनमा परेका अधिकारीलाई राष्ट्र बैंक फर्किने बाटो मंगलबार सर्वोच्च अदालतले खुलाइदिएको थियो । न्यायाधीश हरि फुयाँलको एकल इजलासले मंगलबार ‘गभर्नर अधिकारीलाई पदीय जिम्मेवारी पूरा गर्न दिनु’ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ । मन्त्रिपरिषद्ले गभर्नर अधिकारीलाई निलम्बन गर्दै पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएको थियो । तर, सर्वोच्चले योसँग सम्बन्धित कुनै पनि निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको छ…

Read More