Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेपाल कम्युनिस्ट (माओवादी केन्द्र) का नेता देव प्रसाद गुरुङले अहिलेको आर्थिक संकट आउनुमा अघिल्लो सरकार र नेपाल राष्ट्र बैंकको नेतृत्व दोषी रहेको बताएका छन् । उनले नेकपा एमालेका अध्यक्ष ओली नेतृत्वका सरकारले लिएका आर्थिक नीति र नियमन गर्ने नेपाल राष्ट्र बैंककै कमजोरीका कारण अर्थतन्त्रमा समस्या देखा परेको बताए । मंगलबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता गुरुङले गभर्नर महाप्रसाद अधिकारीमाथि सरकारले गरेको कारवाहीको पक्षमा आफ्नो पार्टी रहेको बताए । उनले सरकारको निर्णयप्रति पार्टीको समर्थन रहेको समेत बताए । उनले अहिले देखा परेको अर्थतन्त्रको समस्या रातारात नभएर विगतका सरकारका नीतिका कारण भएको बताए । “पार्टी पनि सरकारले…

Read More

नवलपुर – नवलपुरको देवचुली नगरपालिकामा मेयरमा उठ्ने भन्दै उपसचिवबाट राजीनामा दिएका विष्णुप्रसाद भुसालले टिकट पाएनन् । नेपाली काङ्ग्रेसको तर्फबाट उठ्ने भनेका भुसालले सोमबार मनोनयन दर्ता गर्ने अन्तिम समयसम्म पनि टिकट नपाएका हुन् ।  देवचुली नगरपालिकाकै स्थानीय रहेका उनले केही समय नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भई काम गरेका थिए। काँग्रेसले देवचुलीमा अशोक बस्ताकोटीलाई मेयर उम्मेदवार बनाएको छ। माओवादी केन्द्रलाई उपमेयर दिएर दुई दलबिच नगरपालिकामा गठबन्धन भएको छ।

Read More

काठमाडौं – नेपाल सरकारका पूर्व सचिव केदार न्यौपाने राप्रपा प्रवेश गरेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले धुम्बाराहीस्थित पार्टी कार्यालयमा न्यौपानेलाई पार्टीको सदस्यता प्रदान गरी राप्रपामा प्रवेश गराएका हुन् । पार्टी प्रवेश कार्यक्रममा पूर्व अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी, नेताहरू दीपक बोहरा, नवराज सुवेदी, हरिबहादुर बस्नेत, बालाराम घर्ती मगर लगायतका नेताहरूले न्यौपानेलाई पार्टीमा स्वागत गरेका थिए । निजामती सेवामा लामो समय बिताएका न्यौपाने भूमि सुधार मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव रही हालै सेवा निवृत्त भएका थिए । न्यौपानेले गृह, स्थानीय विकास जस्ता मन्त्रालयको समेत अनुभव सँगालेका छन् ।

Read More

काठमाडौं – आजदेखि दोर्दी खोला जलविद्युतको आईपीओ खुलेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि साधारण शेयर बिक्री खुला गरेको हो । १०० रुपैयाँ अंकित १० लाख ५४ हजार २६० कित्ता साधारण शेयर निष्कासन गरेको हो । निष्कासित शेयरमा आयोजना प्रभावित क्षेत्र लमजुङ्ग जिल्लाको दोर्दी गाउँपालिकाका साविकको भारते, अर्चलबोट, श्रीभन्ज्याङ, नौथर, पाचोक, ढोडेनी, फलेनी, बन्सार र हिलेटक्सारका बासिन्दाले आवेदन दिन सक्ने छन् । आवेदकले न्यूनतम १० कित्ता देखि अधिकतम १० लाख कित्ता शेयरका लागि आवेदन दिन सक्ने छन् । आईपीओमा स्थानीयवासीले आजदेखि वैशाख २७ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरे जेठ…

Read More

काठमाडौं – देशभर थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ हजार ६४ पिसिआर परीक्षणका क्रममा ८ जना र १ हजार १ सय ६२ एन्टीजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप १८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ५ सय ५८ जना निको भएका छन् । हाल नेपालमा २ सय ६१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Read More

कालीकोट– चुनावमा सहभागिता नजनाउने र बहिष्कार पनि नगर्ने निर्णय गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले कालीकोटका नौवटै पालिकामा स्वतन्त्र उम्मेदवारी दिएको छ । विप्लवका केन्द्रीय सदस्यदेखि पूर्वसंविधानसभा सदस्यहरूसमेत स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।कालीकोटको नरहरिनाथ गाउँपालिकामा अध्यक्षमा एटम बिसी र उपाध्यक्षमा कलशा विकले उम्मेदवारी दर्ता गराएका छन् । बिसी सो पार्टीका केन्द्रीय सदस्य हुन् भने विक सो पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माकी भाइबुहारी हुन् । रास्कोट नगरपालिकामा धिरान्दा उपाध्याय र उपप्रमुखमा फुलटौरा विकले उम्मेदवारी दर्ता गराएका छन् । उपाध्याय २०६४ सालको संविधानसभा सदस्य हुन् । खाँडाचक्र नगरपालिका प्रमुखमा हस्त विक, तिलागुफा नगरपालिकामा रमेश चदारा प्रमुखमा र उपप्रमुखमा धनराज शाहीले उम्मेदवारी…

Read More

भोजपुर – नेकपा माओवादी केन्द्रको भोजपुर जिल्ला कमिटीले पार्टीको नीति, निर्णय र निर्देशन विपरित गठबन्धन भन्दा बाहिरको दलको चुनाव चिन्ह लिएर मनोनयन दर्ता गरेको भन्दै कारबाही गरेको छ। भोजपुर पार्टी संयोजकले एक विज्ञप्ति जारी गर्दै पार्टीको निर्णय विपरित स्थानीय चुनावमा मनोनयन गरेको भन्दै ३ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो । आफ्नो उम्मेदवारी फिर्ता लिएर पार्टीको काममा फर्किए पुर्नविचार गर्ने समेत बताएको छ। यसरी कारबाही गर्नेमा भोजपुर नगरपालिकाका मोहनसेन राई, षडादन्द नगरपालिकाका शेखर तामाङ र ओमकुमार श्रेष्ठ छन्। पार्टीको निर्णय विपरित जाने जुनसुकै तहका नेतालाई समेत अनुशासनको कारबाही गरिने भोजपुर पार्टीले जनाएको छ।

Read More

काठमाडाैं – शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार पनि दोहोरो अंकले घटेको छ । हिजो साेमवार झन्डै ३५ अङ्कले घटेको नेप्से आज १५ दशमलव शून्य दुई अङ्कले घटेर दुई हजार तीन सय ७० दशमलव ९९ विन्दुमा झरेको छ । आज उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर ओरालो लागेको छ । नेप्सेसँगै कारोबार रकममा पनि निकै कमी आएको छ । दुई सय २८ वटा कम्पनीका ३४ लाख १९ हजार कित्ता शेयर एक अर्ब चार करोड ६० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सिद्धार्थ बैंकको चार करोड २१ लाख रुपैयाँको शेयर किनबेच भयो । आज हिमालयन पावर पार्टनर…

Read More

दार्चुला – लामखुट्टेको टोकाईबाट लाग्ने औंलो रोगका बिरामी दार्चुलामा दुई वर्ष यता नदेखिएको पाइएको छ । दुई वर्ष अगाडी जिल्लाको गोकुलेश्वर तिर दुई जना बिरामी भेटिएकोमा त्यसयता अहिले सम्म औलो रोगका बिरामी नभेटिएको स्वास्थ्य दार्चुलाका वरिष्ठ जनस्वास्थ्य अधिकृत जय राज भट्टले जानकारी दिए । विश्व औलो दिवस २०७९ को अवसर पारेर स्वास्थ्य कार्यालय दार्चुलाले सोमबार कार्यक्रम गरेको थियो ।‘औलोको भार क मगर्ने नयापनमा जोड दिऔ र जीवन बचाऔ भन्ने नाराका साथ यस वर्ष औलो दिबस मनाइएको हो । यो रोगको बारेमा अहिले खोज अनुसन्धान भइरहेको पनि कार्यालयले जनाएको छ ।यो रोग ‘एनोफिलिज’ नामको लामखुट्टेको टोकाईबाट लाग्ने गर्छ । गर्भवती महिला…

Read More

दार्चुला – निर्वाचनको मिति नजिकिएसंगै राजनीतिक दल र उम्मेदवारहरुले चुनावी प्रचारप्रसार अभियानमा तिब्रता दिएका छन् । राजनीतिक सभा, समारोह र जुलुसमा आचारसंहिता र बालअधिकारको उल्लङ्घन गर्दै बालबालिकाको प्रयोग समेत भइरहेको पाइएको छ । दार्चुलाको नौगाड गाउँपालिकामा गठबन्धनआवद्ध नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रको जुलुसमा बालबालिकाहरुलाई सहभागि गराउदै झण्डा बोकाउने काम भएको स्थानीय गोबिन्द धामीले बताए । बालबालिकाले झण्डा बोकेको सन्दर्भमा नौगाडका स्थानीय समेत रहनुभएका नेकपा माओबादी केन्द्रका नेता एबं सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री मानबहादुर धामीले भने विपक्षीले गठबन्धनको दुष्प्रचार गर्न झण्डा समात्न लगाएर फोटो खिच्दै सामाजिक सञ्जालमा पोष्ट गरेको आसयको प्रतिक्रिया दिनुभएको छ । नौगाड गाउँपालिकामा एमालेको तर्फबाट अध्यक्षमा प्रेमसिंह…

Read More