Author: महेन्द्रनगर पोष्ट

दार्चुला – छ महिना व्यास र छ महिना दार्चुला सदरमुकाम खलंगा बसाइ सर्ने व्यासीहरुको कुञ्चा अर्थात बसाई सराई हुने तयारी भएको छ । व्यास गाउँपालिका वडा नम्बर १ तिकंर र छाङरुबासी ब्यासी सौकाहरु गाउँबाट जिल्ला सदरमुकाम आउनजान स्वदेशी भुमिको बाटो नहुदा भारतीय बाटोको प्रयोग गर्न बाध्य छन् । गाउँसम्म हिमपात भएपछि चिसो छल्न गत मंसीर महिनामा खलंगा झरेका व्यासीहरु बैसाखको केही दिनमा लालाबाला, बस्तुभाउँ, खाद्यान्न सहित गाउँ फर्किने तयारी रहेका छन । दार्चुला सदरमुकाम खलंगाबाट १२ हजार फिट उचाईमा बसोबास रहेका एक सय बढी परिवार छाङरु र तिंकरबासी ६ दिनको हिडाईपछि भारतीय बाटोको प्रयोग गर्दै गाउँ पुग्ने गरेको स्थानिय पार्वती…

Read More

दार्चुला – दार्चुलामा स्थानीय तह चुनावमा खटिएका निर्वाचन अधिकृत र निर्वाचन कार्यालयको सुरक्षाको जिम्मा सशस्त्र प्रहरीले पाएको छ । यहि वैशाख ३० गते हुने ९ वटा स्थानीय तहमा रहेका जिल्ला निर्वाचन प्रमुख, निर्वाचन कार्यालय, प्रमुख निर्वाचन अधिकृतको सुरक्षाको जिम्मा सशस्त्रले पाएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिएका छन । हामीले जिल्लाका निर्वाचन प्रमुख, प्रमुख निर्वाचन अधिकृत र निर्वाचन कार्यालयको सुरक्षाको जिम्मा एपिएफ सशस्त्र प्रहरी बललाई दिएका छौ उहाँले भन्नु भयो । सशस्त्र प्रहरीले आफ्नो निर्वाचन सुरक्षा योजना केन्द्रीय निर्वाचन सुरक्षा समितिमा पठाएर पास भएपछि जिल्ला र तालिम केन्द्रहरूमा त्यसैअनुसार तालिम दिइरहेको पनि प्रजिअ उपाध्यायले जानकारी दिए । निर्वाचनमा…

Read More

काठमाडौं – सत्तारुढ गठबन्धनमा महानगरपालिका भागबण्डामा सहमति जुटेको छ ।मंगलबार दिउँसो बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताको बैठकले पोखरा महानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीलाई दिने निर्णय गरेको छ । बैंठकमा ६ महानगरमध्ये तीन महानगरको नेतृत्व कांग्रेसले लिने, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एक/एक महानगरको नेतृत्व लिने सहमति गरेको जनाइएको छ । त्यसअनुसार नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिकाको नेतृत्व पाउने जानइएको छ । नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको नेतृत्व लिने सत्तारुढ गठबन्धनको बैठकमा सहभागी एक नेताले जानकारी दिए । सहमतिको खाका मंगलबार साँझसम्म तयार हुने उनले बताए ।

Read More

काठमाडौं –  नेकपा एकीकृत समाजवादीले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा निःशुल्क उपचार, निःशुल्क शिक्षादेखि हरेक घरलाई मासिक दुई सय युनिटसम्म निःशुल्क बिजुली उपलब्ध गराउने विषय उल्लेख गरिएका छ्न । त्यस्तै एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुपर्नाको कारणलाई विशेष जोड दिएर उल्लेख गरिएको पार्टीका उपमहासचिव डा. विजय पौडेलले जानकारी दिए । त्यसैगरी घोषणा पत्रमा माधवकुमार नेपाल नेतृत्वको सरकारले गरेका काम, २०५१ सालमा एमालेको नौ महिने सरकारले गरेका ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ लगायतका कार्यक्रमहरू समावेश गरिएको छ । घोषणापत्रको पृष्ठभूमीमा…

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १० जना सक्रिय संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ४४०३ जनाको परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६ जना संक्रमित डिस्चार्ज भएका छन् । अहिलेको अवस्थामा देशभर ३३४ सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा देशभर ७२ हजार ६ सय ८९ जना कोरोनामुक्त भएका छन् ।

Read More

काठमाडौं – नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चितवन जिल्लाका पार्टीका सभापति राजेश्वर खनाललाई भरतपुर महानगरपालिका माओवादीलाई छोड्नु पर्ने बताएका छन् । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर भरतपुर महानगरपालिका माओवादीलाई छोड्नुपर्ने अवस्था आएको भन्दै उक्त निर्देशन दिएका हुन् । चितवन काँग्रेसले भरतपुर महानगरपालिकाको मेयर काँग्रेसले पाउनुपर्ने निर्णय गरेको थियो । सत्ता गठबन्धनमा भरतपुरको मेयर माओवादी केन्द्रका भागमा परेको हुनाले सभापति खनाललाई भरतपुर महानगरपालिका छोड्नको लागि आग्रह गरेका थिए । यद्यपि यसबारे औपचारिक निर्णय साँझ हुने देउवाले चितवन सभापति खनाललाई सुनाए । सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्का, बागमती प्रदेश काँग्रेस सभापति इन्द्रबहादुर बानियाँ र चितवन सभापति खनालसँग चितवन छोड्नुपर्ने…

Read More

चितवन – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले गठबन्धनभित्रको तालमेलको विषयमा समितिको निर्णय मान्नुपर्ने बताएका छन्। आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले दलबीचमा बनेको राजनैतिक उच्चस्तरीय समितिको निर्णय सबैले पालना गर्नुपर्ने बताए । अहिले संवाद चलिरहेको उनको भनाइ थियो । आज साँझसम्म गठवन्धनभित्र टुङ्गो लाग्ने भन्दै उनले निर्णय नआएसम्म केही भन्न नसकिने बताए । पार्टीका पूर्वमहामन्त्रीसमेत रहेका नेता कोइरालाले हरेक जिल्लामा विरोधका स्वर सुनिएको भन्दै यसलाई व्यवस्थापन गरेर अघि वढ्नुपर्ने बताए । उनले भने “निर्णय आएपछि सम्झाउनुपर्ने हुन्छ । हामीसँग समय पनि छ ।” कार्यकर्तालाई सम्झाउन कठिन हुने भन्दै उनले गठबन्धनभित्रका दलले आफ्नो जनाधार कमजोर भएका ठाउँसमेतमा माग गरेका कारण…

Read More

काठमाडौं – निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले स्थानीय तह निर्वाचनको मतपत्र छपाइ बढीमा १० दिनमा सकिने बताएका छन् । काठमाडौंमा आज आयोजित अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । उनका अनुसार हालसम्म एक करोड मतपत्र छपाइ भइसकेको छ अब धेरै छपाइ बाँकी छैन । छपाइ भएको मतपत्र ४६ जिल्लाको लागि भएको उनको भनाइ छ । मतपत्र जनक शिक्षा सामग्री केन्द्रले छपाइ गरिरहेको छ । आयोगले जिल्लामा दलगत स्थितिलाई ध्यानमा राखेर मतपत्र छपाइ गर्दै आएको छ । आयोगका प्रवक्ता पौडेलका अनुसार सर्वाधिक काठमाडौंमा ४६ वटा दलका लागि मतपत्र छपाइ भएको छ ।

Read More

काठमाडौं– कृष्ण सागरमा डुब्दै गरेको रुसी युद्धपोत मोस्कवाको तस्वीर र भिडियो सार्वजनिक भएको छ । नेप्चुन क्षेप्यास्त्रले मोस्कवामाथि आक्रमण गरेको भन्दै युक्रेनी पक्षले दाबी गरेको भोलिपल्ट अर्थात् अप्रिल १४ मा उक्त तस्वीर तथा भिडियो खिचिएको हुनसक्ने बीबीसीले जनाएको छ । उक्त तस्वीर र भिडियोमा देखिएको युद्धपोतको आकार र बनावट मोस्कवासँग हुबहु मिल्ने बताइएको छ । तस्वीर तथा भिडियोमा मोस्कवा डुब्दै गरेको देखिन्छ । साथै उक्त युद्धपोतबाट धुवाँको मुस्लो पनि उडिरहेको देखिन्छ । गत अप्रिल १४ मा युक्रेनले नेप्चुन क्षेप्यास्त्र प्रहार गरी मोस्कवालाई ध्वस्त पारेको दाबी गरेको थियो भने रुसी पक्षले आगो लागेका कारण युद्धपोत क्षतिग्रस्त भएको जनाएको थियो । त्यसको भोलिपल्ट रुसी पक्षले मोस्कवा डुबेको पुष्टि गरेको थियो । यद्यपि हालै सार्वजनिक तस्वीर…

Read More

दार्चुला – आर्थिक रूपमा विपन्न भए पनि राज्यले दिने सामाजिक सुरक्षा पाउन पुरुषको हकमा ७० वर्ष पुग्नुपर्छ । महिलाको हकमा भने श्रीमानको मृत्युपछि राज्यले सामाजिक सुरक्षा भत्ता दिने गर्छ ।हरेक नागरिकलाई गाँस, बास, कपासका हिसाबले सुरक्षित रहनुपर्छ । सोही अनुसार सराकारले ज्येष्ठ नागरिक, ज्येष्ठ दलित, अपाङ्ग तथा एकल महिलाहरूले सेवा लिँदै आएका छन् । विपन्न तथा सहारा विहीन एकल पुरुषलाई भने अझ राज्यले सामाजिक सुरक्षा भत्ताको लागि केही कार्यक्रम ल्याउन सकेको छैन । तर, दार्चुलाको जिल्लाको नौगाड गाउँपालिकाले भने एकल पुरुषलाई पनि अगामी आर्थिक वर्षबाट सामाजिक सुरक्षा भत्ता दिने जनाएको छ । गाउँपालिकाले नीति तथा कार्यक्रममा नै समावेश गरी एकल…

Read More