Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – सिके राउत नेतृत्वको जनमत पार्टीले स्थानीय तह चुनावका लागि आज (सोमबार) टिकट बाँड्ने भएको छ । पालिका प्रमुख र उपप्रमुखको टिकट वितरण आज गर्न लागिएको हो । पार्टीले तय गरेका उम्मेदवारहरुलाई केन्द्रीय सचिवालय जनकपुरधामबाट मनोनयन पत्र वितरण गर्ने जनमत पार्टीले निर्णय गरेको हो । केही स्थानीय तहमा भने पार्टीले उम्मेदवार तय गरिसकेको छैन । पार्टीका नेता बिपी साहका अनुसार वडाध्यक्षहरूको मनोनयन पत्र वितरण वैशाख ७ र ८ गते हुनेछ । मधेश प्रदेशका उम्मेदवारलाई केन्द्रीय सचिवालय जनकपुरधाम, प्रदेश नम्बर १ का उम्मेदवारलाई विराटनगर र लुम्बिनी प्रदेशका उम्मेदवारलाई भैरहवाबाट टिकट वितरण गर्ने तयारी छ । नेता साहका अनुसार उम्मेदवारहरूले मनोनयन…

Read More

बैतडी- बैतडीमा जिल्ला प्रशासन कार्यालयले हतियार बुझाउन गरिएको आग्रहको अटेरी भएको छ । प्रशासनले तोकेको समय भित्र कसैले पनि हतियार नबुझाएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लिएर प्रशासनले गत चैत मसान्तसम्म इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरिएको भएपनि उक्त अवधिमा कसैले पनि हतियार नबुझाएको सूचना अधिकारी भारतीले बताए । उनका अनुसार जिल्लामा बारबोर, एकनाले र दुईनाले बन्दुकसहित करिब एक हजार इजाजतप्राप्त हातहतियार रहेकामा तीमध्ये २५१ हातहतियार द्वन्द्वकालमै प्रशासनमा जम्मा गरिएका थिए।निर्वाचन विश्वसनीय, सुरक्षित र भयरहित वातावरण बनाउन सबै प्रकारका हतियार बुझाउन भनिएको उनको भनाइ थियो। हातहतियार नबुझाउनेलाई के गर्ने भन्नेबारे…

Read More

बैतडी- बैतडीमा स्थानीय तहको निर्वाचनमा राजनीतिक दललाई चुनावी प्रचारप्रसारमा सरकारी सवारी साधन प्रयोग गर्न रोक लगाइएको छ । चुनाव लक्षित आचारसहिंता लागू भइसकेकाले कुनै पनि राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारका कार्यक्रमका लागि सरकारी सवारी साधनको प्रयोगमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । सरकारी साधन प्रयोग गरेको पाइएकामा यथाशीघ्र र यथास्थितिमै सवारी साधन नियन्त्रणमा लिइ आवश्यक कारवाही हुने उनले बताए ।

Read More

काठमाडौं- आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले) ले जारी गर्ने घोषणापत्र र प्रतिबद्धतापत्र तयारीका लागि पार्टी निकट नेपाल बुद्धिजीवी परिषद्ले जिल्ला र पालिकास्तरमा सहजीकरण गरेको छ । एमालेले यही वैशाख ९ गते एकै दिन राष्ट्रियस्तरमा घोषणापत्र र सबै पालिकास्तरमा प्रतिबद्धतापत्र सार्वजनिक गर्दैछ । परिषद्ले राष्ट्रिय कार्यशाखा आयोजना गरी प्रतिबद्धतापत्र तयारीका संयोजनका लागि हरेक पालिकाका लागि दुई दुई जनालाई प्रशिक्षण दिएको थियो । प्रशिक्षण प्राप्त परिषद्का सदस्यले पालिकास्तरमा सम्बन्धित कमिटीसँगको समन्वयमा काम गरिरहेको परिषद्का महासचिव गजेन्द्र थपलियाले जानकारी दिनुभयो । गत चैत १३ गते सम्पन्न एमाले स्थायी कमिटीको बैठकले घोषणापत्रमा सुझाव दिन सुझाव माग्ने निर्णय गरेको थियो भने चैत १६…

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आज पत्रकार सम्मेलन गर्दै छन्। दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रचण्डले स्थानिय चुनावसँग सम्बन्धित विषयलाई लिएर पत्रकार सम्मेलन गर्न लागेका हुन् । स्थानीय तहको निर्वाचनमा पार्टीको तयारी, पाँच दलीय गठबन्धनमा भइरहेको तालमेल लगायतका विषयमा प्रचण्डले आफ्नो धारणा राख्ने उनको सचिवालयले जनाएको छ ।

Read More

काठमाडौं- स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको तालमेल मिलाउन आज सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष नेतासहित चुनावी तयारी तथा अनुगमन समितिको बैठक बस्न लागेको हो । बैठक आज बिहान ९ बजेका लागि बोलाइएको जजनाइएको छ । आइतबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा पनि तालमेलका विषयमा छलफल भएको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समितिले तयार गरेको प्रस्तावअनुसार, आज गठबन्धनको बैठकमा तालमेल मिलाउन छलफल हुने जनाइएको छ। गठबन्धनमा रहेका दलले काठमाडौं, ललितपुर र विराटनगर कांग्रेसलाई दिने र अन्य तीन महानगरमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीलाई दिनुपर्ने प्रस्ताव गरेका छन्…

Read More

काठमाडौँ- काठमाडौँ महानगरपालिका वडा नं ३० का वडा सदस्य निरजराज सत्यालको निधन भएको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका वडा नं ३० को वडा सदस्यमा निर्वाचित सत्यालको आइतबार राति ९ बजे निधन भएको हो । उहाँ लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँले भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आउनुभएको थियो । नेपाली कांग्रेसको प्रमुख भातृ संस्था नेपाल विद्यार्थी सङ्घबाट आफ्नो राजनीति अगाडि बढाउनुभएका सत्याल त्रिचन्द्र क्याम्पसको पूर्वस्ववियु पदाधिकारी हुनुभएको थियो । उहाँ काठमाडौँ क्षेत्र नं ४ को पूर्वक्षेत्रीय सदस्यसमेत हुनुहुन्थ्यो । उहाँको गए राति नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । रासस

Read More

कञ्चनपुर- कञ्चनपुरमा पछिल्लो समय स्थानीय उत्पादन कम हुँदा बजारमा तरकारी उपलब्धतामा कमी आउनुका साथै मूल्य आकासिएको छ । मौसममा आएको फेरबदलका कारण नगदेबालीका रुपमा लगाइने तरकारीमा समस्या आएपछि उत्पादनमा समेत कमी आएको हो । कञ्चनपुर मण्डी व्यवसायी सङ्घका पूर्वअध्यक्ष तर्कराज भट्टले स्थानीय तरकारी फर्सी, लौकी, भन्टा मण्डीमा आए पनि अन्य तरकारी भने भारतीय बजारबाट आयात भइरहेको बताउनुभयो । उहाँले भारतबाट टमाटर आउँदै सिमलामिर्च, प्याज, आलु, बोडी, भिन्डी, काजरलगायतको तरकारी नियमित आयात भइरहेको बताउनुभयो । “फागुनसम्म चिसो र एक्कासि गर्मी बढेपछि किसानले लगाएको टमाटर खेतीमा क्षति धेरै भयो ।” उहाँले भन्नुभयो, “विगतको भन्दा यस वर्ष स्थानीय उत्पादन बजारसम्म कमै आयो ।”…

Read More

काठमाडौँ- हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव छ । जसले गर्दा पहाडी क्षेत्रको मौसममा केही बदली भइरहेको छ । आज देशको पहाडी भूभागमा मेघ गर्जन÷चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ । पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

Read More

काठमाडौं- सशस्त्र प्रहरीका डिआइजी राजु अर्याल सशस्त्र प्रहरीको एआइजी बढुवामा सिफारीस भएका छन् । एआइजी पुष्पराम केसी आइजी भएपछि रिक्त रहेको पदमा उनलाई बढुवा गर्न लागिएको हो । उनी आइजीका एक्ला दाबेदार हुन् ।

Read More