Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका समितिले मेयरका लागि पाँच जनाको नाम सिफारिस गरेको छ ।कांग्रेसको नगर समितिले प्राथमिकता क्रमको आधारमा नीलकाजी शाक्य, सिर्जना सिंह, हरिप्रभा खड्गी, सुशन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस गरेको हो । काठमाडौं महानगरपालिकामा सत्तारुढ गठबन्धनकोतर्फबाट कांग्रेसले उम्मेदवार उठाउने भएको छ । नगर समितिले पाँच जनाको नाम सिफारिस गरेको भए पनि सिर्जना सिंह उम्मेदवार बन्ने चर्चा छ । सिंह कांग्रेस नेता प्रकाशमान सिंहकी श्रीमती हुन् । उम्मेदवारका आकांक्षीहरुको नाम प्रदेश समितिमा सिफारिस गरि पठाइएको कांग्रेसको नगर समितिका उप–सभापति सन्तकुमार महर्जनले बताए ।

Read More

काठमाडौं एमालेले थापाथलीमा रहेको पार्टी केन्द्रीय कार्यालय सार्ने भएको छ । च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा पार्टी केन्द्रीय कार्यालय सार्न लागिएको एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । थापाथलीमा रहेको पार्टी केन्द्रीय कार्यालय साँगुरो भएकाले स्थानान्तरण गर्न लागिएको एमालेले जनाएको छ । थापाथलीमा कार्यालय भए पनि आवश्यक बैठक कक्ष र पार्किङको अभावका कारण पार्टीका अधिकांश बैठक तुल्सीलाल स्मृति भवनमा नै हुँदै आएका थिए ।

Read More

काठमाडौं- सरकारले ४० माइक्रोनभन्दा कम तौलको प्लाष्टिक झोला प्रतिबन्धलाई कडाइ गर्दै प्लाष्टिकको झोला प्रतिबन्ध सम्बन्धि कार्यविधि कार्यन्वयन गर्ने तयारी गरेको छ । कम माइक्रोनको प्लाष्टिकको झोलाका कारण वातारणीय प्रदुषण गराइरहेको भन्दै ४० माइक्रोनभन्दा कमका प्लाष्टिक झोला प्रयोगमा कडाई गर्ने तयारी भएको हो । सरकारले अनुगमनका काम प्रभावकारी बनाउन समिति पनि गठन गरिएको छ । व्यवसायीले पनि प्लाष्टिकका झोला प्रतिबन्ध गर्ने सरकारको तयारीलाई स्वागत गर्दै उद्योगीहरुलाई नयाँ उद्योग सञ्चालनका लागि सरकारले लिजमा जग्गा उपलब्ध गराउनका लागि अपिल गरेका छन् । प्लाष्टिक झोला प्रतिबन्ध लगाएपछि उद्योगमा गरिएको करिव १० अर्ब निजी लगानी जोखिममा रहने नेपाल प्लाष्टिक उत्पादक संघको भनाइ छ । तर…

Read More

काठमाडौं- नेकपा एमालेले वैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनको घोषणा पत्र आज सार्वजनिक गर्ने भएको छ । पार्टीको ७४ औं स्थापना दिवसका अवसरमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको घोषणा पत्र सार्वजनिक गर्ने एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनका अनुसार दिउँसो १ बजे तुल्सीलाल स्मृति भवन, च्यासलमा घोषणा पत्र सार्वजनिक हुनेछ ।

Read More

काठमाडौं- यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ । बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षाका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र निर्धारण गरिएको एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए । उनका अनुसार यस वर्ष ११ हजार ६१५ विद्यालयबाट नियमिततर्फ ५ लाख १४ हजार ९६७ परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् । दुई वर्षदेखि रोकिएको ग्रेड वृद्धितर्फ ११ हजार ४५४ र प्राविधिक धारकातर्फका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी पनि एसईईमा सहभागी हुँदैछन् । कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६ र २०७७ मा विद्यालयले गरेको…

Read More

नेपालगञ्ज- नेकपा माओवादी केन्द्रबाट नेपालगञ्जको मेयरका आकांक्षी नन्दलाल वैश्य पार्टी परित्याग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । उनलाई राप्रपा महामन्त्री डा. धवलशमशेर राणाले स्वागत गरे। नेता वैश्य माओवादी केन्द्रबाट नेपालगन्ज उपमहानगरपालिकाको मेयरका आकांक्षी थिए । उनी नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका नगर कमिटीका सहसचिवसमेत रहेका उनी नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन् । वैश्यको प्रवेशले नेपालगन्जमा पुनः वर्चश्व स्थापित गर्न मद्दत पुग्ने राप्रपा केन्द्रीय महामन्त्री राणाले बताए । राप्रपामा वैश्यको प्रवेशसँगै नेकपा माओवादीका उम्मेदवारलाई स्थानीय तहको चुनावमा असर पुग्ने देखिएको छ ।

Read More

सिन्धुली- सिन्धुलीमा सत्तारुढ पाँच दलीय गठबन्धनमध्ये नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) ले स्थानीय तह भागबण्डा गरेका छन् । दुई दलले नेकपा एकीकृत समाजबादी दललाई नसमेटेर स्थानीय तहको प्रमुख र उपप्रमुखको सिट बाँडफाँड गरी भागबण्डा टुङ्ग्याएका हुन् । सिन्धुलीमा रहेका सत्तारुढ गठबन्धनमध्ये चार राजनीतिक दलको छलफलमा पालिका भागबण्डाको कुरा नमिलेपछि नेपाली काँग्रेस र माओवादी केन्द्रले भागबण्डा टुङग्याएको जनाएका छन् । दुई राजनीतिक दल बिच भएको लिखित सहमति अनुसार सिन्धुलीका नौ वटा स्थानीय तह मध्ये पाँच वटामा प्रमुख नेपाली काँग्रेसले र चार वटामा प्रमुख माओवादी केन्द्रले पाएको उक्त गठबन्धनका जिल्ला संयन्त्र संयोजक तथा नेपाली काँग्रेसका जिल्ला सभापति उपेन्द्रकुमार पोख्रेलले जानकारी दिए…

Read More

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकमा स्थानीय तह निर्वाचन सुरक्षाको लागि भर्ना भएका एक म्यादी प्रहरी मृत फेला परेका छन् । चौतारा नवलपुर सडकखण्डमा चौतारा साँगाचोकगढी नगर ६ का ४० वर्षीय दुर्गासिं बस्नेत मृत फेला परेका हुन् । उनको सडकखण्डबाट करिब ४० मिटर तल शव फेला परेको जिल्ला प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । बुधबार करिब साढे ४ बजे प्रशिक्षणपछि बस्नेत घर फर्किएका थिए । प्रहरीकाअनुसार बिहान ६ बजे बस्नेत आफ्नो घर चौतारा साँगाचोकगढी नगर ६ पीपलडाँडा जाँदै गर्दा सडकको डिलबाट लडेको हुनसक्ने बताइएको छ । शव आफन्तलाई जिम्मा लगाएर घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।

Read More

काठमाडौं– अभिनेत्री केकी अधिकारी विवाह बन्धनमा बाँधिएकी छिन्। उनी व्यापारी रोहित तिवारीसँग विवाह बन्धनमा बाँधिएकी हुन् । विहीबार परिवार र नजिकका साथीहरुको उपस्थितिमा उनले विवाह गरेकी हुन् । रोहित हाम्रो बजार डट कमका सिइओ हुन्। केकीले बिहीवार सामाजिक संजालमा तस्विरहरु राखेर विवाहको समाचार सार्वजानिक गरेकी हुन्। उनले आफ्ना दर्शकहरुमाझ विवाहको खबर साट्न पाउँदा खुशी लागेको बताएकी छिन्।

Read More

कैलाली– विवेकशिल साझाबाट धनगढी उपमहानगरपालिकाको उपप्रमुखमा विमला पन्त ओझाले उम्मेदवारी घोषणा गरेकी छन् । आसन्न बैशाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनमा धनगढीको उपप्रमुखका लागि ओझाले उम्मेदवारी घोषणा गरेकी हुन् । ओझा १४ वर्षदेखि जिल्ला अदालत कैलालीमा बाल इजलासमा समाज शास्त्रीका रूपमा संलग्न उनले आफू निर्वाचित भएपछि पदीय हैसियतले एउटा कोष स्थापना गरी भोका, टुहुरा र असहायहरूको सेवामा लगाउने बताइन् । इतिहास र समाजशास्त्रमा स्नातकोत्तर गरेकी ओझाले ३४ वर्ष उच्च माविको शिक्षकका रुपमा काम गरी हाल निवृत्तिभरण लिएर बसेको बताइन् । उनले कैलाली र कञ्चनपुरका अति विपन्न परिवारका १३ सय बालिकाहरूलाई प्रत्येक वर्ष प्लस–ं२ सम्म पठनपाठनका लागि आवश्यक सबै…

Read More