Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले यही वैशाख ११ गतेदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन गर्न लागेको हो । प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १० लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजनाको मुख्य संरचना क्षेत्रभित्र पर्ने लमजुङको क्व्होलासोथार गाउँपालिकाको वडा नम्बर–५, ६ र ७ तथा कास्कीको मादी गाउँपालिकाको वडा नम्बर–८ र ९ का स्थानीय बासिन्दाका लागि सात लाख कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको तीन लाख कित्ता सेयर आयोजनाको मुख्य संरचना जोडिएका क्व्होलासोथार गाउँपालिका तथा मादी गाउँपालिकाका बाँकी सबै वडाहरूका स्थानीयवासीका…

Read More

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य बढेको छ । गत चैत्र ३० गते विहिबारको तुलनामा आज शुक्रबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो । गत चैत्र ३० गते २०७८ सालको अन्तिम महिना बुधबार प्रतितोला एक लाख एक हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १ एक हजार ५०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । गत चैत्र ३० गते बुधबार प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर…

Read More

कञ्चनपुर- कैलालीमा आफ्नै शरीरमा आगो लगाएका एक युवकको मृत्यु भएको छ । बिहीबार राति मादक पदार्थ सेवन गरी आफ्नै शरीरमा डिजल छर्की आगो लगाएका जिल्लाको कैलारी गाउँपालिका–२ मझेराका २९ वर्षीय अम्मर चौधरीको मृत्यु भएको हो । आगो लागेर गम्भीर घाइते भएका उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Read More

काठमाडौं – सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि प्राथमिक सार्वजनिक निष्काशन ( आइपीओ )को बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० अङ्कित तीन करोड ९५ लाख ३३ हजार ६०० बराबरका तीन लाख ९५ हजार ३३६ कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । कम्पनीले कूल निष्काशनमध्ये पाँच प्रतिशत अर्थात् १९ हजार ७६६ कित्ता शेयर सामूहिक लगानी कोष र जारी पूँजीको शून्य दशमलव पाँच प्रतिशत अर्थात् छ हजार ८२ कित्ता कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने तीन लाख ६९ हजार ४८८ कित्ता शेयर सर्वसाधारणलाई छुट्याइएको छ । सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ता शेयर…

Read More

मोरङ – प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले तराईमा बसोबास गर्ने आदिवासी समुदायले मनाउने महान् चाड सिरुवा पर्वको उपलक्ष्यमा सुख, शान्ति ,दीर्घायु एवं प्रगतिको कामना व्यक्त गरेका छन् । मुख्यमन्त्री राईले आज एक शुभकामना सन्देश जारी गर्दै यस सुखद् अवसरमा देश, विदेशमा बस्ने दाजुभाइ, दिदीबहिनीसहित सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको शुभकामना व्यक्त गरेका हुन् । सन्देशमा उनले नेपाल सदियौँदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रूपमा रहेको उल्लेख गरेका छन् । “मुख्यमन्त्री राईले यो विविधता नेपाल र नेपालीको पहिचान, गहना र सम्पत्तिसमेत बनिसकेको छ, त्यसैले सबै भाषा, धर्म, संस्कृति, चाडपर्वको संरक्षण एवं संवद्र्धन गर्नु राज्य र सम्पूर्ण…

Read More

कञ्चनपुर- जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी सहायक हवल्दार हरेन्द्र विष्टको मृत्यु भएको छ । दार्चुलाको मालिकार्जुन गाउँपालिका–६ घर भएका ४० वर्षीय प्रहरी सहायक हवल्दार विष्ट बिहीबार ड्युटीबाट खाना खान भनी जाँदै गर्दा अचानक बेहोस् भएका थिए। बेहोस् भपछि उपचारका लागि महाकाली अस्पताल लगिएका विष्टको अस्पतालमै मृत्यु भएको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए । उनका अनुसार मृतकको पोष्टमार्टम रिपोर्ट भने आउन बाँकी छ ।

Read More

सुर्खेत- विकास निर्माणमा पछाडि परेको भनिएको कर्णाली प्रदेशमा आसन्न स्थानीय तहको चुनावमा भाग लिने दलको सङ्ख्यासमेत कम देखिएको छ । अन्य प्रदेशको तुलनामा चुनावमा भाग लिने दलको सङ्ख्या कर्णालीमा कम देखिएको हो । कर्णालीकै हिमाली जिल्ला डोल्पामा ११ र प्रदेश राजधानी रहेको सुर्खेतमा सुर्खेतमा २५ राजनीतिक दलले स्थानीय तहको चुनावमा भाग लिन लागेका छन् । रुकुमपश्चिममा १२, सल्यानमा १२, मुगुमा १५, जुम्लामा १४, हुम्लामा १५, कालिकोटमा २०, जाजरकोटमा १२ र दैलेखमा १४ दलले निर्वाचनमा भाग लिने प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रमुख दुर्गा चालिसेले जानकारी दिनुभयो । उल्लेखित दलहरूले मात्रै निर्वाचनमा चुनाव चिह्न पाउनेछन् भने बाँकीले अन्य दलको चुनाव चिह्नमा निर्वाचन…

Read More

डडेल्धुरा- यहाँको प्रसिद्ध घटाल देवताको जात्रा (मेला) आज मनाइने भएको छ । अमरगढी नगरपालिका–३ मा पर्ने सुदूरपश्चिमकै प्रसिद्ध देवता घटालको जात्रा दुई वर्षपछि यस वर्ष मनाइँदै गरेको घटाल देवताका मुख्य धामी तिलकसिंह विष्टले बताउनुभयो । कोरोना महामारीका कारण दुई वर्षदेखि लाग्न नसकेको जात्रा यस वर्ष मनाउन लागिएको उहाँले जानकारी दिनुभयो । समाजमा अशान्ति बढेमा वा खडेरी परेमा घटाल बाबाले मनोकामना पूरा गर्ने गरेको जनविश्वास छ । गत वर्ष कोरना महामारीबाट बच्न सबै भक्तजनलले घरबाटै घटाल बाबालाई सम्झे भने यस वर्ष परम्परागतअनुसार मनाइन लागेको मन्दिरका धामी विष्टले बताउनुभयो । घटाल देवताको जात्राका दिन सबैका अगाडि धामीले बालुवा र पानी खाई भाग…

Read More

कोलम्बो- चरम आर्थिक सङ्कटका कारण श्रीलंकामा औषधिसमेत अभाव हुन थालेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार बिरामीलाई अत्यावश्यक पर्ने कतिपय औषधिको अभाव हुन थालिसकेको छ । अधिकारीहरुले तत्काल व्यवस्था गर्न आग्रह गरेका हुन्। सरकारी अस्पतालहरूमा उपकरणको समेत अभाव भएको उनीहरुको भनाइ छ। अत्यावश्यक औषधि तथा उपकरणहरु छिमेकी तथा सहयोगी मुलुकहरुसँग तत्काल माग्नुपर्नेमा पनि उनीहरुले जोड दिएका छन्। दक्षिण एसियाली मुलुक श्रीलंकामा आर्थिक सङ्कटका कारण केही हप्तादेखि धेरै चिजको अभाव भइरहेको छ भने मूल्यवृद्धि पनि अत्यधिक भएको छ। अभाव र मूल्य वृद्धिको विरोधमा नागरिक आन्दोलन सुरु भएपछि राजनीतिक सङ्कट पनि थपिएको छ। तत्कालीन सबै मन्त्रीले राजीनामा दिएपछि अहिले केही नयाँ मन्त्री…

Read More

विराटनगर- मोरङमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ। जिल्लाको को जहदा गाउँपालिका–७ मा ३३ वर्षीय नारायण सोरेनले कुटपिट गर्दा श्रीमती ३२ वर्षीया पानो टुडुको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । माधव पदार्थ सेवन गरेर आएका नारायणले गत चैत २९ गते पत्नी पानोलाई कुटपिट गरेको खुलेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार कुटपिटबाट घाइते भएकी उनको उपचारका क्रममा विराटनगरको कोसी अस्पतालमा बिहीबार राति ११ बजेतिर मृत्यु भएको हो । मापसे गरेर उत्पन्न विवादपछि घटना भएको प्रहरीले जनाएको छ। पत्नीको हत्यामा संलग्न नारायण फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Read More