काठमाडौं – नेपाली बजारमा सुनको मूल्य बढेको छ । गत चैत्र ३० गते विहिबारको तुलनामा आज शुक्रबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो ।
गत चैत्र ३० गते २०७८ सालको अन्तिम महिना बुधबार प्रतितोला एक लाख एक हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १ एक हजार ५०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । गत चैत्र ३० गते बुधबार प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
Facebook Comments Box