Author: महेन्द्रनगर पोष्ट

काठमाडाैँ-  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्स नेपालको विकासमा महत्वपूर्ण भुमिका खेलेको बताएका छन् । महामन्त्री शर्माले नेपालमा हिंसाको दश वर्षे कालखण्ड, महाविनाशकारी भुकम्प, नाकाबन्दीलाई रेमिटान्सले टेवा दिएर देशको प्राण भरेको बताउदै तत्काल वैदेशिक रोजगारको विकल्प नभएकाले यस क्षेत्रलाई मर्यादित र व्यवस्थित गर्न पार्टीका तर्फबाट पहल गर्ने बताए । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको एघारौं साधारणसभामा प्रमुख अतिथि शर्माले रोजगारी र अन्य अवसरहरूको खोजीमा एक ठाउँबाट अर्को ठाउँ वा कम विकसित मुलुकबाट विकसित मुलुकमा जाने क्रम वर्तमान विश्वमा सामान्य र स्वभाविक बनेको बताए । महामन्त्री शर्माले यस क्षेत्रमा रहेका कमीकमजोरी सुधार गरेर अघि जानुको विकल्प नरहेको…

Read More

फिलिपिन्स – फिलिपिन्समा उष्णकटिबंधीय आँधी अगाटोनका कारण मृत्यु हुनेको संख्या २२४ पुगेको राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआरआरएमसी) ले बिहीबार जनाएको छ। प्राकृतिक प्रकोपबाट प्रभावित हुनेको संख्या २ करोड ८० लाख नाघेको छ । उष्णकटिबंधीय आँधीमा १७५, ००० भन्दा बढीले आफ्नो घर छोडेका छन्। अझै पनि ७५ बस्ती विद्युतविहीन छन् । अप्रिल ९-१२ मा फिलिपिन्समा आएको उष्णकटिबंधीय आँधीले बाढी र झण्डै ९० वटा पहिरो निम्त्याएको छ।

Read More

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाणले ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विष्फोटको छानबिन गर्न निर्देशन दिएका छन्। गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई घाइतेको तत्काल उद्धार गर्न र घटनाको छानबिन निर्देशन दिएका हुन् । ललितपुरका प्रजिअ उपाध्यायका अनुसार विष्फोटमा एकजनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते र पाँच जना घाइते भएका छन् । घाइते अस्पतालमा लगिसकिएको प्रजिअ उपाध्यायले बताए । अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट भएको महानगरीय प्रहरी परिसर, ललितपुरले जनाएको छ । अहिले…

Read More

काठमाडौं – वैशाख ३० गते हुने स्थानीय चुनावमा सत्ता गठबन्धनबीच महानगर र उपमहानगरको भागबण्डा मिलेको छ। महानगर र उपमहानगरको भागबण्डा मिलेको हो । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भएको भागबण्डाको सहमतिलाई लिखित रूप दिने तयारी भइरहेको बैंठकमा सहभागी एक नेताले जानकारी दिए । ६ महानगरमध्ये कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरको मेयर पाएको छ भने माओवादीले भरतपुर, नेकपा (एकीकृत समाजवादी) ले पोखरा र जनता समाजवादीले वीरगन्जको मेयर पाएका छन्। उपमहानगरमा कांग्रेसले सात र माओवादीले दुई र एकीकृत समाजवादी र जनता समाजवादीले एक/एकमा मेयर पाएका छन्। कांग्रेसका भागमा धनगढी, नेपालगन्ज, तुलसीपुर, बुटवल, कलैया, इटहरी र धरानको मेयर परेका छन्। माओवादी केन्द्रले…

Read More

बुटवल – सिद्धार्थनगर नगरपालिकाको मेयर उम्मेदवारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सागर प्रताप राणा सर्वसम्मत सिफारिस भएका छन् । राप्रपा रुपन्देहीका अध्यक्षसमेत रहेका राणालाई सिद्धार्थनगर नगर समितिले सर्वसम्मत नगर प्रमुखको उम्मेदवारमा सिफारिस गरेको पार्टीका रुपन्देही जिल्ला उपाध्यक्ष तथा जिल्ला निर्वाचन परिचालन समितिका संयोजक अजयकुमार गुप्ताले बताए । राणा सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख समेत हुन् । पार्टीका वरिष्ठ नेता एवम् पूर्व मन्त्री दीपक बोहराको गृह नगरसमेत रहेको सिद्धार्थनगरलाई राप्रपाले आफ्नो बलियो पकड रहेको नगरपालिका मान्दै आएको छ ।

Read More

सिरहा – सिरहा पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नपा ४ चोहर्वामा यात्रुबाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जन्ती बोकेर फर्किरहेको ना ६ ख ८२०१ नम्वरको बस र विपरित दिशाबाट आइरहेको को १ ख ५४३४ नम्बरको ट्रक एकापसमा ठोक्किएको हो । घाइतेहरुमा महोत्तरीको भङ्गहा नगरपालिका–३ टिकुलियाका ४४ वर्षीय सुनिल सिंह, ६५ वर्षीय महेन्द्र चौधरी, गौशाला नगरपालिकाका ४५ वर्षीय लालो चौधरी, धनुषाका १२ वर्षीय अर्जुन चौधरी, दुवै गाडीका चालकलगायत ३१ घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । दुर्घटनामा घाइते सवैको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर राजु केसीले जानकारी दिए ।…

Read More

महोत्तरी – चाइनीज पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो (बुधबार) साँझ वर्दिवास नगरपालिका १३ विजलपुरावजारबाट स्थानीय २८ वर्षीय लालबाबु भण्डारीलाई एक थान चाइनीज पेस्तोलसहित नियन्त्रणमा लिएको हो । विवाहको गाडीमा तोडफोड गर्न थालेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उनको साथबाट १ थान अटोमेटिक चाइनिज पेस्तोल, सोको म्याग्जीन १ थान र पेस्तोलमा लोड भएको मिस फायर गोली १ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । पक्राउ परेका भण्डारीलाई इलाका प्रहरी कार्यालय बर्दिवासमा राखी थप अनुसन्धान भइरहेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए ।

Read More

काठमाडौं – विहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो । हिजो प्रतितोला एक लाख ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहिबार प्रतितोला एक लाख ९०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने घटेको छ । हिजो सोमबार प्रतितोला १ हजार ३८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

Read More

डोटी – डोटीसहित सुदूरपश्चिम प्रदेशमा स्थानीय तह निर्वाचनको तयारी तीव्र पारिएको छ । प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारी तीव्र पारेका हुन् । सुदूरपश्चिमका ८८ स्थानीय तहका एक हजार १३५ मतदान स्थलमा दुई हजार १०३ मतदान केन्द्रबाट मतदान हुने व्यवस्था मिलाइएको प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले जानकारी दिए । प्रदेशका सबै निर्वाचन कार्यालयले आज नौ वटै जिल्लाका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी गरेको छ । अहिले निर्वाचनका लागि आवश्यक सामग्री मतदान केन्द्रमा पुर्‍याउने काम भइरहेको निमित्त प्रमुख भट्टले बताए । प्रदेशमा रहेका ८८ स्थानीय तहका…

Read More

कैलाली- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन तोकिएकै समयमा हुने बताएका छन् । बिहीबार धनगढी विमानस्थलमा प्रेस सेन्टर कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले उनले निर्वाचन सर्ने भ्रममा नपर्न आग्रह गरे । कतिपयले निर्वाचन सारिने हल्ला फैलाएको भन्दै उनले यही वैशाख ३० गते नै स्थानीय तहको निर्वाचन हुने बताए । ‘कतिपय व्यक्तिहरूले गठबन्धनले निर्वाचन सार्छन् कि भन्ने हल्ला चलाएका छन्’, उनले भने, ‘हिजो मात्रै देशभरिका सबै महानगरपालिका र उपमहानगरपालिकामा सहमतिको टुङ्गो लागिसकेको छ । वैशाख ३० गते नै स्थानीय तहको निर्वाचन हुन्छ ।’ उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधली रहित बनाउने र व्यापक जनसहभागिता सुनिच्छित गर्नुपर्ने बताए…

Read More