Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ– सुदुरपश्चिम प्रदेशमा कांग्रेस, एमालेलगायतका नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जनता समाजवाद पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । कोटेश्वर पेरिसडाँडास्थित माओवादी मुख्यालयमा आयोजित कार्यक्रममा चौधरीसहित नेताहरु जसपा परित्याग गरी माओवादीमा प्रवेश गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चौधरीसहित नेता कार्यकर्ताको माओवादी प्रवेशले सुदूरपश्चिममा मात्र नभएर देशभर प्रभाव पर्ने बताएका छन् । देशको विकास र समृद्धि गर्ने पार्टी माओवादी रहेको र यही पार्टी चौधरी जस्ता नेता कार्यकर्ताको प्रवेश झनै सहयोग पुग्ने उनको भनाइ छ ।

Read More

काठमाडौं – नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित गरेको घर घर जाऔं, कांग्रेस जिताऔं अभियान सफल रहेको बताएको छ । एक महिने अभियान सकिएपछि मंगलबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले एक महिने अभियान अत्यन्तै सफल रहेको बताए । ‘धेरै भ्रम फैलाइएको थियो । एमसीसीबारे ठूलो खालको भ्रम छरिएको रहेछ । विकास निर्माणका कामबारे पनि भ्रम फैलाइएको थियो । त्यो सबै भ्रम चिर्न सफल भयौं,’ उनले भने । पाँच वर्षे म्यान्डेट पाएर अधुरै छोडेका केपी ओली नेतृत्वको पार्टीलाई किन जिताउने भन्नेबारे पनि जनधारणा बुझ्ने मौका मिलेको उनको भनाइ छ । ‘घरघरमा गएर जनताको धारणा नजिकबाट बुझ्नै मौका पायौं । चुनावी…

Read More

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि क्यानडाका नवनियुक्त राजदूत क्यामरुन डिन म्याकेले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच दुई देशबीच रहिआएको आपसी सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भयो । सो अवसरमा ऊर्जामन्त्री भुसालले विगतमा क्यानडाले नागरिक उड्डयन, ग्रामीण तथा पर्वतीय विकास, नवीकरणीय ऊर्जा एवं खाद्य सुरक्षाजस्ता क्षेत्रमा पुर्‍याएको सहयोगप्रति धन्यवाद व्यक्त गरिन् । उनले क्यानडामा ठुलो सङ्ख्यामा नेपालीको बसोबास रहेको उल्लेख गर्दै जनस्तरीय एवं सांस्कृतिक सम्बन्ध दुई देशबीचको महत्त्वपूर्ण पाटो भएको स्मरण गरिन् । नेपालले स्वच्छ ऊर्जाको विकास र व्यापारलाई प्रवर्द्धन गरिरहेको अवस्थामा क्यानडाले आर्थिक एवं प्राविधिक सहयोग गर्न सक्ने उल्लेख गर्दै…

Read More

काठमाडौं – बलेफी हाइड्रोपावर लिमिटेडको सर्वसाधारणको लागि निष्काशन गरिएको आईपीओ बाँडफाँट भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको नक्साल स्थित कार्यालयमा मंगलवार बिहान आईपीओ बाँडफाँट गर्दा खरीदका लागि आवेदन दिएकामध्ये २० लाख ५ हजार ३ सय ९५ जना आवेदकको हात खाली भएको छ । कम्पनीको आईपिओमा २१ लाख ७१ हजार ७ सय ४० जनाले २ करोड ४४ लाख ७ सय १० कित्ताको लागि आवेदन दिएका मध्ये ३ हजार ६ सय ४० जनाको आवेदन रितपूर्वक नभएकाले रद्द गरिएको क्यापिटलले जनाएको छ । योग्य २१ लाख ६८ हजार १०० ओटा आवेदनबाट १ लाख ६६ हजार ३ सय ४२ जनाले १० कित्ता…

Read More

काठमाडौं –  नेकपा माओवादी केन्द्रको वेवसाइट उद्घाटन भएको छ। पार्टी प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट वेवसाइट उद्घाटन गरेका हुन्। पार्टीको वेवसाइट वैशाख १ गतेदेखि नियमित सञ्चालनमा आउँने प्रचार तथा प्रकाशन विभाग सचिव गोविन्द आचार्यले जानकारी दिए ।  तत्कालिन नेकपा विभाजन भएपछि माओवादीले आधिकारिक पार्टीको वेवसाइट बनाएको थिए। आइटी क्षेत्रका विज्ञलाई प्रयोग गरेर वेवसाइट डिजाइन गरिएको हो। ‘माओवादी केन्द्रको यसअघि पुरानो वेवसाइट भएको बताइएको छ । यस्तै, पार्टी प्रचार तथा प्रकाशन विभागले हप्तामा नियमित पत्रकार सम्मेलन गर्ने भएको छ। अरु आवश्यकता अनुसार पत्रकार सम्मेलन गरिने भएको छ। पत्रकार सम्मेलन गर्न त्यसै…

Read More

कर्णाली – जिल्ला निर्वाचन सुरक्षा समन्वय समिति सुर्खेतले जिल्लाका २० मतदानस्थल ‘अति संवेदनशील’ रहेको जनाएको छ । मतदानस्थलको स्थलगत निरीक्षण गर्दै समन्वय समितिले सुरक्षा चुनौतीका दृष्टिले अति संवेदनशील, सामान्य र अति सामान्य केन्द्रका रुपमा वर्गीकरण गरेको हो । समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले १३८ मतदानस्थलमध्ये सुरक्षाका हिसाबले २० अति संवेदनशील, ३३ सामान्य र ७५ केन्द्र अति सामान्य रहेको जानकारी दिए । ‘विगतका निर्वाचनमा भएका घटना, दलको प्रतिस्पर्धा, भौगोलिक अवस्थालगायतलाई आधार बनाइ मतदानस्थलको वर्गीकरण गरेका छौँ,’ उनले भने, ‘स्थानीय तह निर्वाचनमा मतदानस्थलको अवस्थाका आधारमा सुरक्षा व्यवस्था मिलाइनेछ, ती मतदानस्थलबाट मतगणनास्थलसम्म मतपेटिकालाई सुरक्षित ढुवानी गर्न समेत आवश्यक सुरक्षा सजगता…

Read More

काठमाडौं – नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले बालश्रम न्यूनीकरणका लागि सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ । गिरिजाप्रसाद कोइराला लेबर फाउन्डेशनले आज गोकर्णेश्वरमा आयोजना गरेको ‘बालश्रम न्यूनीकरणका लागि जागरण कार्यक्रम’मा पूर्वउपप्रधानमन्त्री कोइरालाले गरिबीका कारण बालश्रम बढेको भन्दै यसलाई न्यूनीकरण गर्न सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो । “जबसम्म मुलुकमा शिक्षा, स्वास्थ्य र रोजगारीको अवस्था सिर्जना हुँदैन, तबसम्म बालश्रम न्यूनीकरण हुन सक्दैन,” उहाँले भन्नुभयो । बालबालिकालाई श्रममुक्त बनाउनका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने उहाँको भनाइ थियो । गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले घरायसी समस्याका कारण बालबालिका श्रम गर्न बाध्य भएको उल्लेख गर्दै बालश्रम न्यूनीकरणका लागि नगरपालिकाले विशेष कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । गोकर्णेश्वर नगरपालिका–८…

Read More

काठमाडौँ – प्रसारण लाइनको अभावमा रामेछापका दुई जलविद्युत् आयोजनाको १९ मेगावाट बराबरको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सकिएको छैन । खिम्ती र लिखु नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रवाहका लागि महत्त्वपूर्ण मानिएको निर्माणाधीन गज्र्याङ–नयाँ खिम्ती १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माणमा अनेकन खालका अवरोधका कारण काम सम्पन्न गर्न समस्या भएको छ । प्रसारण लाइनको मार्गधिकारमा पर्ने जग्गाधनीले शतप्रतिशत मुआब्जाको माग गर्दै निर्माणमा अवरोध गरेका छन् । रामेछापको गोकुलगङ्गा गाउँपालिकास्थित ठोसे, धारापानी, बेताली, नाममाडी र दोलखाको तामाकोसी गाउँपालिकाको सहरे क्षेत्रमा निर्माणमा अवरोध भएको नेपाल प्राधिकरणले जनाएको छ । केही स्थानमा मार्गधिकारमै नपर्ने जग्गा तथा घरधनीले मुआब्जा तथा…

Read More

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरबीच भेटवार्ता भएको छ । नायरले भद्रकालीस्थित जंगीअड्डा पुगेर प्रधानसेनापति शर्मासँग भेटवार्ता गरेका हुन् । प्रधानसेनापति शर्माको कार्यालयमा भएको भेटवार्तामा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । भेटघाटले दुई देशका सेनाबीचको सम्बन्ध सुमधुर बनाउन मद्दत पुग्ने नेपाली सेनाको विश्वास छ।

Read More

झारखण्ड – भारतको झारखण्ड राज्यको देवघरमा केबलकार भित्र फसेका पर्यटकलाई उद्धार गर्ने क्रममा थप १ जनाको मृत्यु भएको छ । आइतबार रामनवमीको दिन त्रिकुट पहाडमा रहेको मन्दिर दर्शन गर्न जाने क्रममा एक केबलकारको क्याबिन पहाडमा ठक्कर खाएर डोरी चुडिएपछि केवलकारका २६ वटा क्याबिन अड्किएपछि ५० जना यात्रु हावामै फसिरहेका थिए । ठोक्किएर केबलकारको डोरी चुँडिदा ३ वटा क्याबिन भुईँमा खसेको र त्यस क्रममा २ जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएको थिए । आइतबार बेलुकीबाट नै भारतीय सेनाले हेलिकप्टरको सहायताले उद्धार थालिएको थियो । सोही क्रममा सोमबार एक फसेका व्यक्तिको उद्धारका क्रममा हेलिकोप्टरबाट खसेर मृत्यु भएको भिडियो सार्वजनिक…

Read More