Author: महेन्द्रनगर पोष्ट

काठमाडाैं – चालु आर्थिक वर्षको चैत्र २६ गतेसम्म संघीय सरकारको कुल खर्च ७ खर्ब ६८ अर्ब २५ करोड रहेको छ । यो रकम कुल विनियोजनको ४७.०५ प्रतिशत हो । सोमबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनको क्रममा अर्थमन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै संघिय सरकारको कुल खर्चबारे जानकारी दिएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६ खर्ब ७२ अर्ब ७८ करोड मात्र रहेको थियो । चालु आर्थिक वर्षको यस अवधिमा भएको खर्च गत आर्थिक वर्षको सोही अवधिको भन्दा १४.२ प्रतिशतले बढी हो । कूल खर्चमध्ये चालु खर्च ६ खर्ब ५ अर्ब ६३ करोड अर्थात विनियोजनको ५६.८५ प्रतिशत र पुँजीगत खर्च ९७ अर्ब ६६…

Read More

काठमाडौं – मंगलबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मूल्य ८०० रुपैयाँले बढेर सुन प्रति तोला १ लाख ९ सय रुपैयाँमा कारोवार भइरहेको छ । त्यस्तै, आज नेपाली बजारमा तेजावी सुन १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १३८० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

Read More

काठमाडौँ – भक्तपुरको साँगाबाट जगातीतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटना हुँदा एक शिशुको मृत्यु भएको हो । मृत्यु हुनेमा चार महिनाकी लोसाङ डोल्मा तामाङ रहेकी छिन् । मृतक शिशुका बुबा बुद्ध तामाङले चलाएको बाग्मती प्रदेश ०२–०२१ प ६७६२ नम्बरको मोटरसाइकल मंगलबार बिहान अन्दाजी साढे ३ बजे दुर्घटना हुँदा लोसाङ गम्भीर घाइते भएकी हुन् । उपचारको क्रममा न्युरो अस्पताल काठमाडौंमा मृत्यु भएको छ । बुबा बुद्ध र आमा सुस्मिता तामाङको भक्तपुरको सल्लाघारीमा रहेको डा इवामुरा अस्पतालमा उपचार भइरहेको छ ।

Read More

जाजरकोट – रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको हिमाली क्षेत्र गोतामकोटमा रहेको नेपाल टेलिकमको नमस्ते प्राविधिको टावरमा खराबी आउँदा डोल्पामा समेत सञ्चार सेवा अवरुद्ध भएको छ । दुई दिनदेखि अवरुद्ध जाजरकोट पूर्वी क्षेत्र, रुकुमको आठबीसकोटको माथिल्लो भाग र डोल्पाको तल्लो भाग सञ्चार सेवाबाट बञ्चित भएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए। टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जले प्राविधिकसहितको टोली आज पठाउने काम सुरु गरेको जनाएको छ । सञ्चार सेवा अवरुद्ध हुँदा सेवाग्रही मर्कामा परेका छन् । जाजरकोट पूर्वमा टेलिफोन टावर सञ्चालमा रहँदा पनि राम्रोसँग काम नगर्ने, आवाज नबुझिने र बीच–बीचमै कट्ने समस्या रहेको नलगाड नगर प्रमुख टेकबहादुर रावलले बताए ।

Read More

बैतडी- बैतडीको भटनामा आज (मंगलबार)देखि ‘दनौज जात’ सुरु हुँदैछ । जिल्लाको पुर्चौडी नगरपालिका वडा नंं।.४ मा दुई दिनसम्म लाग्ने दनौज जात आजदेखि सुरु हुन लागेको हो ।परापूर्व कालदेखि दैवीय शक्ति रहेको मानिएको भटनामा दनौज जातमा विषेशगरि यहाँका देवी, देवता मालिका, महादेव र पहरौलको पूजाआजा गरिनुका साथै पञ्चेबाजा (दमाहालगायत) बजाउने र देउडा खेल्ने गरिन्छ । हेरक वर्ष शिवरात्रीको साँझबाट जागरण गरेर सुरु भई हरेक दिन साँझ पञ्चेबाजा, भोकरलगायतका स्थानीय बाजाको साथमा देउडा ठाडी भाका खेल, नाँच हुने गरेको छ । चैते दशै अन्तरगतको रामनवमीपछिको पहिलो एकादशीको दिन रतेडी (रात्री) र पछिल्लो दिन दिउसेडी (दिउँसो) जात हुने गरेको स्थानीय शिक्षक हरिचन्द्र भट्टले…

Read More

काठमाडौं  – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच वार्ता भएको छ । भर्चुल माध्यमबाट भएको वार्ता रुस र युक्रेन युद्धको विषयमा केन्द्रित रहेको प्रधानमन्त्री मोदीले बताएका छन् । वार्तापछि मोदीले भनेका छन्, ‘आज हाम्रो अन्तरक्रिया यस्तो समयमा भइरहेको छ जुन अवस्थामा युक्रेनप्रति सर्वत्र चासो छ । केही साताअघि २० हजारभन्दा बढी भारतीयहरू युक्रेनमा फसेका थिए । तीमध्ये अधिकांश युवा विद्यार्थी थिए ।’ रुसी युक्रेन संकट अन्त्यको आवह्वान र शान्तिको मार्गतर्फ अगाडि बढ्न आग्रह गर्दै मोदीले भने, ‘मैले युक्रेन र रुसका राष्ट्रपतिहरूसँग धेरै पटक टेलिफोनमा कुरा गरेको छु । मैले उनीहरूलाई शान्तिको अपील मात्र गरिन बरु राष्ट्रपति पुटिनलाई…

Read More

काठमाडौं- भन्सार छलेर ल्याएको साढे २३ लाख मूल्य बराबरको कपडासहित काठमाडौंको असनबाट दुईजना पक्राउपरेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय प्रहरी वृत्त टेकु तथा जनसेवाबाट खटिएको टोलीले रु २३ लाख ५५ हजार ३०० मूल्य बराबरको कपडासहित काठमाडौँ महानगरपालिका–१४ बस्ने ३८ वर्षीय नीरज अग्रवाल र १८ बस्ने ३८ वर्षीय सन्दीप कुमारलाई पक्राउ गरेको हो । भन्सार छली गरेर ल्याएको लत्ताकपडासहित उनीहरुलाई पक्राउ गरिएको जानकारी महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले दिए । उक्त कपडा अग्रवालले काठमाडौँ महानगरपालिका–२४ असनस्थित सञ्चालन गरेको हनुमान ट्रेड कन्सर्न पसलको गोदाममा फेला परेको प्रवक्ता मैनालीले बताए । पक्राउ परेका दुवै जनालाई थप…

Read More

काठमाडौं- गृह मन्त्रालय र अन्तर्गतका निकायमध्ये बेरुजु फर्छ्‍यौट मापनको वर्गीकरणमा नेपाल प्रहरी सर्वोच्कृष्ट भएको छ । आर्थिक वर्ष २०७६÷०७७ सम्मको कूल बेरुजुमध्ये ८९।३५ प्रतिशत फर्छ्‍यौट गराई बेरुजु फर्छ्‍यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको हो । गृह मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीले बेरुजु फर्छ्यौटमा सर्वोत्कृष्ट स्थान हासिल गरेकोले नगद १० हजार रुपैयाँ पुरस्कार सहित प्रंशासापत्र प्रदान गरे । प्रहरी प्रधान कार्यालय र अन्तर्गतका कार्यालयको आर्थिक वर्ष २०७६÷०७७ सम्मको कूल बेरुजु रकममध्ये ८९।३५ प्रतिशत फर्छ्‍यौट गरी बेरुजु फछर्यौट मुल्याङ्कन तथा अनुगमन समितिको सिफारिस बमोजिम नेपाल सरकारको निर्णय अनुसार बेरुजु…

Read More

काठमाडौं- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वमा खुलेको नयाँ शक्ति पार्टी विघटन भएको छ। भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी तत्कालीन समाजवादी फोरमसँग २०७६ वैशाखमा एकीकरण भई समाजवादी पार्टी भएको थियो। उक्त पार्टी पछि राजपासँग मिलेपछि जसपा बनेको थियो। भट्टराई अहिले जसपा संघीय परिषद अध्यक्ष छन्। तर एकताका बेला असन्तुष्ट पक्षले नयाँ शक्तिलाई निरन्तरता दिँदै आएका थिए। रविकिरण हमालको नेतृत्वमा नयाँ शक्ति अस्तिस्वमा थियो। ‘हामीले नयाँ शक्ति पार्टीलाई विघटन गर्ने निर्णय गरेका छौं। मृत्यु भनेको पुनर्जन्म हो। हामी अझै बढी जिम्मेवारीपूर्वक, परिपक्कता र ऊर्जासहित राजनीतिमा उपस्थित हुनेछौं,’ रविकिरणले सोमबार पार्टी विघटन गरिएको भन्दै निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ। २०७३ जेठ ३० मा दशरथ…

Read More

पाल्पा- पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रिडीमा निर्माणाधीन एशियाको पहिलो तीनमुखे झोलुङ्गे पुलको काम अन्तिम चरणमा पुगेको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ चण्डीभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली र गुल्मीमा रुरुक्षेत्र गाउँपालिका–१ रिडी जोड्ने पुलको काम अन्तिम चरणमा पुगेको हो । कालीगण्डकी नदीको बीचमा नौ मिटर रनिङ गोलाइ भएको ‘पिलर’ निर्माण भएको छ । पुलमा २५ मिटर उचाइसहितको भ्यूटावर, तीन जिल्लाको तीनैतर्फ १७७ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको छ । नेपालकै चार धाममध्येको एक धाम रुरुक्षेत्र धाम रिडीमा गुल्मी, पाल्पा र स्याङ्जा जोड्ने तीनमुखे पुलको काम अन्तिम चरणमा पुगेपछि स्थानीय बासिन्दा उत्साहित भएका छन् । कालीगण्डकी नदीमाथि निर्माण गरिएको…

Read More