Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- भारतमा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ । एकै दिनमा संक्रमितको संख्या झन्डै ९० प्रतिशतले बढेको छ। पछिल्लो २४ घण्टामा भारतभर २ हजार १ सय ८३ नयाँ संक्रमित भेटिएका छन्। अघिल्लो दिन थपिनेको संख्या १ हजार १ सय ५० थियो । यसले कोरोनाको चौथो लहर फैलिने संकेत गरेको छ । संक्रमितको संख्या एकाएक बढ्न थालेपछि राज्य सरकारहरूले स्वास्थ्य मापदण्ड जारी गर्न थालेका छन् । उत्तर प्रदेशका केही सहरमा मास्क पुनः अनिवार्य गरिएको छ भने सभा, सम्मेलनमा रोक लगाइएको छ। भारतमा गत डिसेम्बरमा कोरोनाको तेस्रो लहर फैलिएको थियो। स्थिति सामान्य भएको दुई महिना नबित्दै फेरि संक्रमितको संख्या ह्वात्तै बढेको छ। दिल्ली,…

Read More

पोखरा – नेकपा माओवादी केन्द्रले पोखरामहानगर कमिटीले अध्यक्ष पुष्पकमल दाहालकी बुहारी सिर्जना त्रिपाठीलाई उपप्रमुखको उम्मेदवारमा सिफारिस गरेको छ । वैशाख ३० गते हुने चुनावका लागि माओवादीले मेयरमा ३ र उपमेयरमा ३ जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरेको हो । मेयरका लागि यसअघि कांग्रेसलाई सघाएर उम्मेद्वारी फिर्ता लिएका विश्वप्रकाश लामिछाने, जिल्ला संयोजक बखानसिंह गुरुङ र महिलामा सीता खड्काको नाम सिफारिस गरिएको छ । यस्तै, उपमेयरका लागि यसअघि नै उपमेयरमा पराजीत गोमा ढकाल, प्रचण्डकी बुहारी सिर्जना त्रिपाठी र सूर्यप्रकाश तिवारीको नाम सिफारिस गरिएको महानगरका अध्यक्ष हरिनारायण गिरीले जानकारी दिए । त्रिपाठी अहिले अनेम संघ क्रान्तिकारीको केन्द्रीय सदस्य हुन् । ‘गबठन्धनसँग छलफल भैरहको…

Read More

काठमाडौं – पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोका नवजात जुम्ल्याहा शिशु मध्ये एकको मृत्यु भएको छ। रोनाल्डोले सोमबार राति सामाजिक संजालबाट नवजात जुम्ल्याहा बच्चा मध्ये एकको मृत्यु भएको बताएका छन्। रोनाल्डो र उनकी प्रेमिका जोर्जीना रोड्रीगेजले आफ्ना एक शिशुको मृत्यु भएको घोषणा गर्दै यो कुनै पनि अभिभावकले महसुस गर्न सक्ने सबैभन्दा ठूलो पीडा भएको बताएका छन्। ३७ वर्षे रोनाल्डोकी प्रेमिका २८ वर्षकी रोड्रीगेजले जुम्ल्याहा बच्चाको जन्म दिएकी थिइन्। उनीहरूकी छोरी भने बाँच्न सफल भइन र उनको जन्मले आफूहरूलाई यो क्षणमा केही आशा र खुसीका साथ बाँच्न बल दिएको रोनाल्डो र रोड्रीगेजले भनेका छन्। ‘हाम्रा बालक, तिमी हाम्रालागि अमूल्य उपहार थियौ, हामी…

Read More

काठमाडौं- भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामी र एमाले सांसद तथा पूर्वमन्त्री महेश बस्नेतबीच भारतको देहरादुनमा भेटघाट भएको छ। हालै भारतीय जनता पार्टीको तर्फबाट मुख्यमम्न्त्री भएका धामी उत्तराखण्डमा हालै भएको निर्वाचनमा आफ्नो पार्टीलाई ७० सिटमध्ये ४७ सिटमा बिजयी गराएर चर्चामा आएका थिए। धामी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत भारतीय जनता पार्टीको माथिल्लो तहका नेताहरुसंग राम्रो पहुँच भएका र भबिष्यमा केन्दीय तहको जिम्मेवारी लिन सक्ने नेताको रुपमा हेर्न सकिन्छ । नेपालप्रति सकारात्मक दृष्ट्रि राख्ने धामी र बस्नेतबीच अर्कालाई तुल्सीको बिरुवा आदान प्रदान गरेर बधाई शुभकामना साटासाट गरेका थिए । भेटघाटका दौरानमा नेपाल, उत्तराखण्ड र विशेष सुदूरपश्चि क्षेत्रको हितको बारेमा छलफल भएको थियो।…

Read More

काठमाडौं- सुदूरपश्चिमको बझाङ केन्द्रबिन्दु भएर आज विहानै भूकम्प गएको छ । ६ बजेर पाँच मिनेट जाँदा ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको पराकम्प आसपासका जिल्लाहरुमा समेत गएको तर धनजनको कुनै क्षति नभएको केन्द्रले जनाएको छ ।

Read More

काठमाडौँ– सशस्त्र प्रहरी बलले ५६ जना सशस्त्र प्रहरी निरीक्षक (इन्पेक्टर)लाई सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) बढुवा सिफारिस गरेको छ। सशस्त्र प्रहरी सेवा, साधारण समूहतर्फको रिक्त रहेको डीएसपी पदमा सशस्त्र प्रहरीको नियमावली २०७२को ३९ (१) को (ग) बमोजिम बढुवा समितिले वैशाख ५ गते ५६ जनालाई सिफारिस गरेको हो। बढुवा सिफारिसमा पहिलो नम्बरमा विनोद कार्की परेका छन् । त्यसैगरि नवराज विक्रम कुँवर र देवराज राई क्रमशः दोस्रो र तेस्रो नम्बरमा बढुवा सिफारिस भएका छन् ।

Read More

काठमाडौँ- भारतबाट पेट्रोलको मूल्य घटेर आएको छ । निरन्तर मूल्य बढिरहेका बेला गएको शनिबार भारतबाट आएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर ४.७९ रुपैयाँले घटेको आएको हो । मूल्य घटेर आएपनि नेपालमा तत्कालन मूल्य नघटाइने नेपाल आयल निगमले जनाएको छ । अर्कोतर्फ नयाँ मूल्यअनुसार डिजेलमा प्रति लिटर २.०२ रुपैयाँ, हवाई इन्धनमा ०.३८ रुपैयाँ बढेर आएको निगमको विज्ञप्तिमा उल्लेख छ । तर, निगमलाई आगामी १५ दिनमा करिब ३ अर्ब ७४ करोड घाटा हुने स्थिति देखिएको विज्ञप्तिमा भनिएको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा बढेको कच्चा तेलको मूल्यमा खासै कमी नआएको पनि जनाएको छ ।

Read More

काठमाडौं- गत चैत २९ गते मङ्गलबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा हालिएको पानी सोमबार राति पौने १० बजे सुन्दरीजल आइपुगेको छ । सुरुङको पिँधमा आइपुगेको पानीले उचाइ लिन तीनदेखि चार दिन लाग्ने मेलम्ची आयोजनाको परामर्शदाता कम्पनी इप्तिसाका इञ्जीनियर विवेक खनालले राससलाई जानकारी दिनुभयो । पानी आएपछि राति वासिङ गर्ने च्यानलमा पानी देखिएको थियो । च्यानलमा पानी देखिएपछि मेलम्चीको पानी सुन्दरीजल आइपुगेको पुष्टि भएको हो । गत वर्ष असार १ गतेदेखि नै पानी बन्द गरिएको सुरुङको फोहर पखालेर पानी अहिले वाग्मतीमा छोडिएको छ । मेलम्चीको पानी छोडेपछि वाग्मतीको बहाव केही बढेको देखिन्छ । अहिले वाग्मती धमिलो पानी बढेको…

Read More

काठमाडौं- आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले)ले जारी गर्ने घोषणापत्रको मस्यौदालाई पारित गरेको छ । पार्टीका अध्यक्षको निवास बालकोटमा सोमबार सम्पन्न बैठकले सो निर्णय गरेको पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । घोषणापत्र तयारीका लागि पार्टीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा समिति गठन गरेको थियो । एमालेले यही वैशाख ९ गते केन्द्रमा घोषणापत्र पालिकास्तरमा प्रतिबद्धतापत्र सार्वजनिक गर्ने छ । बैठकले पार्टीमा १२ विभाग थप गर्ने, सल्लाहकार परिषद्लाई विस्तार गरेर २७८ सम्पर्क समवय कमिटीमा ५१ जना थप गर्ने भएको गुरुङले बताउनुभयो । बैठकले पार्टी पङ्क्तिलाई निर्वाचनमा केन्द्रित हुन पनि निर्देशन दिएको छ । रासस

Read More

काठमाडौं- नेपाली सेनाको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा विदेशी शिक्षार्थी अधिकृत नौसहित ९२ जना अधिकृत सम्मिलित ‘कमाण्ड तथा स्टाफ तालिम’ सुरु भएको छ । नेपाली सेनाका तीन महिला अधिकृतसहित ८०, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका एक–एक जना तथा श्रीलङ्का, केन्या, नाइजेरिया, पाकिस्तान, बङ्गलादेश, बेलायत, भारत, माल्दिभ्स र संयुक्त राज्य अमेरिकाका एक–एक सैनिक अधिकृत तालिममा समावेश रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । मध्यम तहका अधिकृतको नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण मानिएको उक्त तालिमबाट हालसम्म सेनाका १० हजार ४०, विदेशी ९९, नेपाल प्रहरीका १३, सशस्त्र प्रहरी बलका २५, राष्ट्रिय अनुसन्धान विभागका १६ र…

Read More