Author: महेन्द्रनगर पोष्ट

पाँचथर : अज्ञात व्यक्तिहरूको कुटपिटबाट पाँचथरमा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । फिदिम नगरपालिका–१४ आहालका ३७ वर्षीय दिनेशकुमार राईको कुटपिटबाट मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गए राति गाउँकै धनकुमार राईको घरमा राखिएको चिन्ता (धामी–झाँक्री) हेर्न गएका दिनेशसहित पर्शु राई, ध्रुव राई र पुस्कर विकमाथि १५–२० जनाको समूहमा आएका व्यक्तिले कुटपिट गरेका थिए । घाइते भएका चारै जनालाई उपचारका लागि जिल्ला अस्पताल फिदिम ल्याइएको थियो । उपचारका क्रममा दिनेशको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बिनालाल साह तेलीले जानकारी दिए । घटनामा संलग्नको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं : सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापनमा गोताखोरको संख्या ११० पुगेको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक वंशीराज दाहालले नेपालमा गोतोखोरको सङ्ख्या ११० पुगेको जानकारी दिए । तालिम शिक्षालय कुरिनटारमा समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद पौडेलले प्रशिक्षार्थीलाई चितवनको कुरिनटारस्थित त्रिशूली नदी, कास्कीको पोखरास्थित फेवाताल र सुनसरीस्थित कोशी नदीमा तालिमको अभ्यास गराइएको बताए । प्रशिक्षार्थीहरूले पानीजन्य घटना–दुर्घटनामा उद्धारसम्बन्धी नमूना अभ्यास प्रदर्शन गरेका थिए । कार्यक्रममा चितवन र गोरखाका स्थानीय पालिकाका प्रमुख–उपप्रमुख, नेपाली सेना नं ६ बाहिनी अड्डा बैरेनी धादिङका बाहिनीपति सहायक रथी रोजप्रताप जबरा, सशस्त्र प्रहरी बल राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायब महानिरीक्षक…

Read More

काठमाडौं : सशस्त्र प्रहरी बलले ४८ इन्स्पेक्टरका लागि दरखास्त आह्वान गरेको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयका अनुसार सशस्त्र प्रहरीमा रिक्त रहेको साधारण र प्राविधिक तर्फका विभिन्न उपसमूहमा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)का लागि दरखास्त आह्वान गरिएको हो । सूचनाअनुसार कानुन उपसमूहमा ८ जना, लेखातर्फ २९ जना, प्राविधिकतर्फ विभिन्न इन्जिनियरिङतर्फ ११ जनाको दरखास्त माग गरेको हो ।सूचनाः

Read More

काठमाडौं : गृह मन्त्रालयले मनसुन सक्रिय हुँदै गएकाले कार्यक्षेत्र नछाट्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । विपदको बेला उद्धार तथा राहतका काम प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गर्नुपर्ने भएकाले अत्यावश्यक कामबाहेक जिल्ला नछाड्न गृह मन्त्रालयले निर्देशन दिएको हो । बिहीबार ‘भर्चुअल’ माध्यमबाट ‘कमाण्ड पोष्ट’का संयोजक तथा सदस्यहरूसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका पदाधिकारीसँग विपद्जन्य घटना व्यवस्थापनबारे छलफल भएको थियो । सोही छलफलमा गृह मन्त्रालयका सचिव एक नारायण अर्यालले जिल्ला नछाड्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका हुन् । पालिकाहरुसँग समन्वय गर्दै तम्तयार भएर बस्न उनले प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीहरुलाई निर्देशन दिए ।

Read More

धनगढी: नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सोडारी सरकार अल्पमतमा परेको छ। आजमात्रै नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले समर्थन फिर्ता लिएको पत्र मुख्यमन्त्री कार्यालयमा दर्ता गराएका छन्। योसँगै एकीकृत समाजवादीका तर्फबाट मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको हो। यस्तै एमालेको समर्थन फिर्ताले सरकार ढल्ने पनि निश्चित भएको छ। मुख्यमन्त्री सोडारी भने अहिले संघीय राजधानी काठमाडौँमा छन्। सोही कारण एमालेले आज समर्थन फिर्ता लिएको पत्र कार्यालयमा दर्ता गराएको हो। यस्तै, सरकारमा सामेल एमालेका तीन मन्त्रीले मुख्यमन्त्री कार्यालयमा राजीनामा पत्र पनि दर्ता गराएका छन्। केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य गर्ने नयाँ सहमति…

Read More

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी निरीक्षक लोक बहादुर विष्टविरुद्ध मुद्दा दायर गरेको छ। शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपमा नेपाल प्रहरी सशस्त्र प्रहरी गण नं. १ नक्सालमा कार्यरत तत्कालीन प्रहरी निरीक्षक विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो। विष्टले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाई स्कुल एण्ड इण्टरमिडिएट एजुकेशन यु.पी.बाट जारी भएको हाईस्कुल परीक्षाको झुट्टा तथा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक पदमा २०५५ साल कार्तिक १ गते नियुक्ति भई त्यस पश्चात् विभिन्न पदमा रही ओहोदा, लाभ र सुविधा प्राप्त गरेको अख्तियारको दाबी छ।

Read More

काठमाडौं: नेपालमा सत्ता समीकरण फेरबदल भएर उथलपुथल भएकै बेला भारतीय खुफिया एजेन्सी ‘रअ’ को नेपाल प्रमुख तोकिएका अँशुल शर्मा राजधानी ओर्लिएका छन्। आजमात्रै उनी नेपालको राजधानी काठमाडौं जिम्मेवारी सम्हाल्न आइपुगेका हुन्।  राघव पी.भट्नागरको ठाउँमा ‘रअ’को स्टेशन चिफ नियुक्त भएका उनी भिस्तारा एयरलाइन्सको युके १५७ मा दिल्लीबाट आजै काठमाडौँ उत्रिएका हुन्। अंशुल यसअघि अमेरिकास्थित भारतीय दूतावासमा थिए। राघव कार्यकाल सकिएर पनि यतै रहेका र प्रधानमन्त्री प्रचण्डले काँग्रेस छोडेर एमालेसँग मिल्दा पूर्वसूचना लिन नसकेको भनी नयाँ दिल्लीको आलोचनामा परेका थिए। अहिले उनले अँशुललाई सबै कुरा जिम्मा लगाएर असार २७ गते स्वदेश फर्कने तयारी छ।उनी करिब तीन वर्षसम्म नेपाल बसेका थिए। नेपालमा राजनीतिक…

Read More

धनगढी: केन्द्रमा सत्ता समीकरण परिवर्तन भएपछि रेशमलाल चौधरी पनि सक्रिय बनेका छन्। नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक समेत रहेका चौधरीले पछिल्लोसमय दौडधुप बढाएका हुन्। उनले आजमात्र पूर्व प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर आफू र आफ्नो पार्टीले फेरिएको समीकरण एमाले-कांग्रेस सरकारमा सहभागी हुने निर्णय गरेको बताएका छन्। भेटबारे महेन्द्रनगरपोष्टलाई जानकारी दिदै उनले नागरिक उन्मुक्ति पार्टी नयाँ बन्ने सरकार सहभागी हुने बताए। उनका अनुसार चौधारीले काङ्ग्रेस देउवालाई भेटेर आफ्नो पार्टी सरकारमा सहभागी हुने जानकारी गराएका छन्। नाउपामा चौधरीकी पत्नी र बुवासहित संघमा चार सांसद छन्। यस अगाडि माओवादी नेतृत्वको सरकारमा पनि नाउपाका चार मध्ये तीन सांसदले विश्वासको मत…

Read More

धनगढी : सत्ता समीकरणमा उथलपुथल भएर क्याबिनेट नै बस्न नसक्दा नेपाल प्रहरीका डिआईजी पोषराज पोखरेल सिफारिस भएर पनि बढुवा नपाई घर फर्किएका छन्। डिआईजीबाटै अवकाशमा गएका पोखरेलको बढुवा सिफारिस भएको थियो तर समयमै निर्णय हुन नसकेपछि उनी अवकाशमा जान बाध्य भएका हुन्। गत १० असारमा पोखरेललाई एआईजीमा बढुवा सिफारिस गरिएको थियो। १९ गते एआईजी उमेशराज जोशीले अवकाश पाएपछि रिक्त हुने पदमा पोखरेलको सिफारिस भएको थियो। उमेरहदका कारण पोखरेलले २१ असारमा अवकाश पाउनु पर्ने थियो। तर, एमालेले समर्थन फिर्ता लिने निर्णयसँगै सत्ता समीकरणमा उथलपुथल आएपछि मन्त्रिपरिषद्को बैठक नबसेर जोशीले बढुवा नपाई घर जानु परेको हो । केपी ओलीको नेतृत्वमा बन्ने नयाँ…

Read More

धनगढीः कैलालीको जानकी गाउँपालिकाका स्वास्थ्यकर्मी धर्नामा बसेका छन्। गाउँपालिकामा कार्यरत ४७ जना स्वास्थ्यकर्मीले ९ महिनादेखि तलब नपाएपछि धर्नामा बसेका हुन। आर्थिक वर्ष सकिनै लाग्दा पनि तलब पाउने सुनिश्चितता नभएपछि पालिकामा कार्यरत कर्मचारी बिहीवारदेखि हातमा कालो पट्टी बाँधेर धर्नामा बसेका हुुन्। पटक–पटक स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयलाई पत्राचार गर्दा पनि मन्त्रालयबाट तलब नआएपछि स्वास्थ्यकर्मीहरू धर्नामा बसेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले बताए। प्रमुुख प्रशासकीय अधिकृत चौधरीका अनुसार हाल जानकी गाउँपालिकामा स्वास्थ्य सेवाका २७ जनाको दरबन्दी रहेकोमा ४७ जना कार्यरत रहेका छन्। उनले भने, ‘पालिकासँग त्यत्रो रकम छैन, मन्त्रालयले दियो भने मात्रै तलब दिन सकिन्छ।’ चालु आर्थिक वर्षमा संघ सरकारबाट २७…

Read More