Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : श्रीलंका जारी टी-२० विश्वकपबाट बाहिरिएको छ । गएराती सम्पन्न समुह डी अन्तर्गतको खेलमा बंगलादेशले नेदरल्याण्डसलाई पराजित गरेसँगै श्रीलंका सुपर आठको दौडबाट बाहिरिएको हो । यस खेलमा बंगलादेशले नेदरल्याण्डसलाई २५ रनले पराजित गरेको थियो । बंगलादेशले दिएको १६० रनको लक्ष्य पछाएको नेदरल्याण्डस २० ओभरमा ८ विकेट गुमाउदै १३४ रन बनाएपछि बंगलादेश २५ रनले विजयी भएको थियो । यस अघि बंगलादेशले पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १५९ रन बनाएको थियो । यो खेलपछि समुह डी मा बंगलादेशक ३ खेलमा २ जित र एक हारसँगै ४ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ । त्यस्तै नेदरल्याण्डसको ३…

Read More

विराटनगर : ताप्लेजुङमा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।फक्तालुङ गाउँपालिका उपाध्यक्ष रवीन साम्रा लिम्बुको घर बगाएको हो । मृत्यु हुनेमा ७१ वर्षीय रामबहादुर साम्रा लिम्बु, उनकी श्रीमती जसमाया साम्रा र जुम्ल्याहा छोरी १२ वर्षीया गंगा र जमुना साम्रा लिम्बु रहेको गाउँपालिका अध्यक्ष राजन लिम्बुले जानकारी दिए । गाउँपालिका अध्यक्ष लिम्बुका अनुसार पहिरोमा परी मृत्यु भएका उनीहरु उपाध्यक्ष रविनका बुबा र कान्छी आमा र २ बहिनी हुन् । उनले मध्यरात करिब २ बजेको समयमा आएको पहिरोले घर बगाएको बताए । पहिरोमा परि दुई जना घाइते भएका छ ।

Read More

धनगढीः कैलालीबाट लागूऔषध र बहुबिबाह मुद्दाका दुई जना फरार दोषी पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा १ दिन कैद तोकिई फरार रहेको जानकी गाउाँपालिका-३ का ३९ वर्षीय अमित शाह पक्राउ परेका छन्। अमितलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले बिहीवार पक्राउ गरेको जनाएको छ। यस्तै बहु बिबाह मुद्दामा ११ महिना २८ दिन कैद सजाय र १० हजार जरिवाना तोकिई फरार रहेको गोदावरी नगरपालिका-५ का ५१ वर्षीय सुरेश शाह पक्राउ परेका छन्। सुरेशलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका-४ बोराडाडीबाट बिहीवार पक्राउ गरेको बताएको छ।

Read More

धनगढी: नेपाल प्रहरीको प्रहरी उपरीक्षक (एसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएकाहरुको पदस्थापन भएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले चार जना एसएसपीको पदस्थापना गरेको हो। पदस्थापन हुनेमा एसएसपीहरु श्याम कृष्ण अधिकारी, रविन्द्र रेग्मी, भिमबहादुर दाहाल र नान्तीराज गुरुङ रहेका छन्। एसएसपीहरु क्रमश श्याम कृष्ण अधिकारी सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा धनगढी, रविन्द्र रेग्मी गण्डकी प्रदेश शान्ति सुरक्षा महाशाखा पोखरामा सरूवा भएको छ। त्यस्तै, भिमबहादुर दाहाल कोशी प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा र नान्तीराज गुरुङको कर्णाली प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा बिरेन्द्रनगरमा सरूवा भएको छ।

Read More

धनगढी: कर्णालीको पुलको लट्ठा चुँडिएपछि पुलको बिच भागमा अड्किएका खच्चडको उद्धार गरेको भन्दै प्रहरी सहायक निरीक्षक रामसिंह फराल र हवल्दार गंगाराम चौधरी पुरस्कृत भएका छन्। उनीहरुलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले अभिलेखमा जनिने गरी नगदसहित पुरस्कृत गरेको हो। जेठ २७ गते जिल्ला अछाम, पञ्चदेवल नगरपालिका, वडा नं. ९ चिल्तडास्थित कर्णाली नदीमा रहेको झोलुंगे पुलको रसी चुडिन गई १३ वटा खच्चड उक्त पुलको बिच भागमा अड्किएका थिए। असई फरालको अगुवाइमा करिब पाँच घण्टा पछि खच्चडको उद्धार गरिएको थियो। पुलको जालीमा अड्किएका १३ मध्ये ११ खच्चडको उद्धार गरेपनि दुई वटा खच्चड पुलबाट खसेर मरेका थिए। सो घटनामा खच्चडहरुलाई उद्धार गर्ने कार्यमा अदम्य साहसका…

Read More

अछाम: अछामकाे एक स्वास्थ्य चौकीमा फ्रिज भित्र बियरको बोतल भेटिएको छ । जिल्लाको कमलबजार नगरपालिकाकाे एक स्वास्थ्य चौकीमा फ्रिज भित्र बियरको बोतल भेटिएको हो । उक्त भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल नै बनेको छ ।  कमलबजार नगरपालिका वडा नम्बर -९ मस्टाबण्डाली मा रहेको स्वास्थ्य चौकीमा औषधी राख्ने फ्रिज भित्र ३ वटा बियरका बोतल राखिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको हो ।  स्वास्थ्यचाैकीमा कार्यरत स्वास्थ्यकर्मीहरूले बेला बेला स्वास्थ्य चौकीमै मदिरा सेवन गरेर रमाइलो गर्ने गरेको थाहा पाएपछि स्थानीयहरूले स्वास्थ्य चौकीमै छड्के अनुगमन गरेका हुन् । अनुगमनका क्रममा फ्रिज भित्र ३ बोतल बियर देखेपछि भिडियो बनाएर सार्वजनिक गरेका हुन ।  बिरामीका लागि…

Read More

सिरहा : जिल्ला प्रहरी कार्यालय सिरहाको शौचालयमा झुण्डिएको अवस्थामा एक महिला प्रहरी मृत भेटिएकी छन् । सिरहाका प्रहरी प्रमुख एसपी रमेश पण्डितले प्रहरी जवान करिष्मा सुनार मृत भेटिएकी बताए । उनका अनुसार सुनार महिला तथा बालबालिका सेलमा कार्यरत थिइन् । बाँके जिल्ला घर भएकी मृतक सुनारको शव अहिले घटनास्थलमै छ । एसपी पण्डितले मृतकको परिवारलाई खबर गरेको र आएपछि मात्रै शव पोष्टमार्टमका लागि लगिने बताए ।

Read More

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई बिकासको बाटोतर्फ अघि बढाउने राष्ट्रिय शक्ति एमालेलाई निर्णायक तहमा पुग्न नदिन मित्था अनर्गन प्रचार गरिएको बताएका छन । बिहीबार भक्तपुरमा आयोजित एमाले जिल्ला कमिटी भक्तपुरको नवनिर्वाचित कमिटीको सपथ तथा प्रमाणपत्र बितरण कार्यक्रममा अध्यक्ष ओलीले एमालेलाई निर्णायक तहमा पुग्न नदिन पशुपतिको जहलरीदेखि गिरिबन्धुसम्मको मित्था अनर्गन प्रचार गरिएको बताएका हुन । गिरीबन्धुलाई बेतिथी गर्नबाट रोक्नका लागि एमाले सरकारले कानून बनाएकै कारण बेचेर खान नपाइने भयो भनेर एमालेको विरोधमा स्यालहुँइया मच्चाएको उनले बताए । अध्यक्ष ओलीले कांग्रेस बर्षौसम्म सरकारको नेतृत्व गरेर बसेपनि सिन्को भाच्न नसकेको उल्लेख गर्नुभयो । उनले धाँधली गरेर कांग्रेसले चूनाव जितेको…

Read More

काठमाडौँ : सरकारले सामाजिक सञ्जाल टिकटकलाई कानुनी दायरामा ल्याउने प्रयत्न भइरहेको जनाएको छ ।  सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले टिकटकको नाममा नभई त्यसमा आउने कन्टेन्टप्रति समस्या रहेको भन्दै टिकटकलाई कानुनी दायरामा ल्याउने प्रयत्न भइरहेको बताएकी छन् । उनले नेपालको कानुनी व्यवस्थाका आधारमा दर्ता भई सञ्चालन भए टिकटक प्रति कुनै प्रतिबन्ध नहुने स्पष्ट पारिन । शर्माले बुधवार मात्रै फेसबुकका प्रतिनिधिसँग छलफल भएको र नेपालको नियमकानून अनुसार चल्नुपर्नेमा जोड दिएको धारणा राखिन उनले आगामी मन्त्रीपरिषद् बैठकले सामाजिक सञ्जाल विधेयकलाई संसद्मा पठाउने र त्यसपछि बृहत् छलफल गर्दै…

Read More

काठमाडौँ : जसपा नेपालको नेतृत्व सहमतिबाटै चुनिने भएको छ । पहिलो महाधिवेशनमा अध्यक्षबाहेक नेतृत्वका लागि बिहीबारका लागि तय भएको मतदानबाट प्रक्रिया स्थिगत भएको छ । अब सबै पदको चयन सहमतिबाट हुने भएको छ भने पदाधिकारी चयनको जिम्मा महाधिवेशन प्रतिनिधिहरुले अध्यक्ष उपेन्द्र यादवलाई दिएका छन् । अध्यक्ष यादवले पार्टीका वरिष्ठ नेताहरूसँगको समूहमा छलफल गरेर सबै पदमा सहमतिबाट चयन गर्ने भएका छन् । यादव भने यस अघि नै निर्बिरोध निर्वाचित भइसकेका छन् । अब अध्यक्षले पदाधिकारीको नाम महाधिवेशन हलमा प्रस्तुत गर्ने त्यसलाई अनुमोदन गर्ने तयारी गरिएको छ । यस अघि आज १२ बजेदेखि नै केन्द्रीय समिति, केन्द्रीय कार्यकारिणी सदस्य, केन्द्रीय निकायहरुको मतदान…

Read More