Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीमा जुवा खेल्ने क्रममा भागेर बेपत्ता भएका भनिएका एक जनाको मृत्यु भएको घटनामा चार जना पक्राउ परेका छन्। गत शुक्रबार राति गोदावरी नगरपालिका–१२ को ओलानीस्थित कोल्मुडामा जुवा खेल्ने क्रममा सम्पर्कविहीन भएका करन बिकको मृत्यु घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोदावरी–१२ ओलानीका प्रकाश साउँद, पूरण मलासी, गणेश बिक र गंगा साउँद रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) गंगाबहादुर थापाले जानकारी दिए। उनकाअनुसार मृतक बिकका परिवारले उनीसँगै रहेका उनीहरु चारै जनाविरुद्ध ज्यान सम्बन्धी मुद्दामा किटानी जाहेरी दिएपछि पक्राउ गरिएको हो। ओलानीमा जुवातास भइरहेको सूचनाका आधारमा शुक्रबार राति प्रहरीको टोली जुवाखालमा पुगेको थियो। प्रहरी…

Read More

काठमाडौं: सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कुनै प्रभावमा नपरी जनसेवामा खटिन नव नियुक्त सशस्त्र प्रहरी निरीक्षकहरूलाई निर्देशन दिएका छन्। सशस्त्र प्रहरी निरीक्षक १६औं समूहको आधारभूत तालिम सम्पन्न गरेका अधिकृतको दीक्षान्त समारोहमा आज उनले राज्य, सङ्गठन र आम नागरिकको आशा र अपेक्षालाई पूरा गर्ने ढङ्गबाट कार्यसम्पादन गर्न कार्यक्षेत्रमा परिचालित हुन निर्देशन दिए। महानिरीक्षक अर्यालले भने, ‘विषम परिस्थितिमा मात्र नभई विपद् व्यवस्थापन, आकस्मिक खोज तथा उद्धार, हुलदङ्गा व्यवस्थापन, सीमा सुरक्षा, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठान सुरक्षा, औद्योगिक सुरक्षा, रेलवे सुरक्षालगायत राजस्व चुहावट नियन्त्रण जस्ता संवेदनशील जिम्मेवारीमा सिङ्गो सङ्गठन प्रभावकारी रूपमा परिचालित भइरहेको छ। यहाँहरूले यसमा थप भूमिका निर्वाह गर्नु हुनेछ।’ त्यस अवसरमा…

Read More

काठमाडौं: भारतीय वायुसेनाका नवनियुक्त प्रमुख अमरप्रित सिंह नेपाल आउन लागेका छन्। यसै हप्ता उनले नेपालको औपचारिक भ्रमण गर्न लागेको र यहाँस्थित भारतीय दूतावासले सो को तयारी गरिरहेको बुझिएको छ। भ्रमणबारे सरकारी तवरबाट औपचारिक जानकारी भने गराइएको छैन। भारतीय जहाजहरुमाथि आतंककारी बम आक्रमणको धम्की बढिरहेको र भिस्तारासहित एअर ईन्डियाको नेपाल आउने जहाज पनि सो को अनाहक शिकार बन्दै गरेको बेला अघिल्लो महिना असोज १४ गते सोमवार वायुसेनाको २८ औं प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका उनको आगमन आफैमा चासोको बिषय बन्न पुगेको छ। यस्तै उता भारतीय वायुसेवा कम्पनीका विमानमा बम रहेको भन्दै गलत सूचना दिएको आरोपमा भारतीय प्रहरीले एक जनालाई पक्राउ गरेको छ।…

Read More

काठमाडौं: गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल नेपाललाई सीमाको ‘डेडिकेटेड फोर्स’ बनाइने बताएका छन्। मंगलबार सशस्त्र प्रहरी बल नेपालको निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले अन्तर्राष्ट्रिय मापदण्डसहितको थप बोर्डर आउटपोस्ट (बीओपी) हरुको स्थापना गर्न लागिएको बताए। ‘सशस्त्र प्रहरी बल, नेपाललाई सीमाको डेडिकेटेड फोर्स बनाउन मन्त्रालय लागि परेको छ। यसका लागि अन्तर्राष्ट्रिय मापदण्डसहितको थप बीओपीहरुको स्थापना, मौज्दुता बीओपीहरुको स्तरवृद्धि गर्दै समग्र संगठनलाई प्रविधिमैत्री एवं चलायमान बनाउनेतर्फ मन्त्रालय प्रयासरत रहेको छ’, उनले भने। हाल स्थापनारत बिओपीहरुको स्तरवृद्धि गर्दै समग्र संगठनलाई प्रविधिमैत्री एवं चलायमान बनाउनेतर्फ पनि मन्त्री लेखकले दीक्षित प्रहरी निरीक्षकहरुलाई आफ्नो वौद्धिकता, योग्यता, क्षमता र इमान्दारीलाई सदैव सत्य र…

Read More

बझाङः बझाङमा एक सय ६७ जना एचआइभी सङ्क्रमित फेलापरेकामध्ये ९५ जनाले मात्रै औषधि सेवन गरिरहेका छ। सोमबार जिल्लास्थित सरोकारवालासँग वार्षिक समीक्षा बैठकमा सबैभन्दा बढी एचआइभी सङ्क्रमित केदारस्यूँ गाउँपालिकामा भेटिएका छन्। तथ्याङ्कानुसार केदारस्यूँ गाउँपालिकामा १९, थलारामा १८, छबिसपाथिभेरामा १३, बुङ्गल नगरपालिकामा ११, दुर्गाथली गाउँपालिकामा नौ, बित्थडचिर गाउँपालिकामा आठ जनाले औषधि सेवन गरिरहेको ग्लोबल फण्ड एचआइभी टिबी रोकथाम परियोजनाका कार्यक्रम अधिकृत अमृतप्रसाद पण्डितले जानकारी दिए। उनका अनुसार जयपृथ्वी नगरपालिकामा आठ, मष्टामा तीन, खप्तडछान्नामा तीन, तलकोटमा दुई जना एचआइभी सङ्क्रमितले औषधि सेवन गरिरहेको उनले बताए। “जिल्लामा देखिएको तथ्याङ्कानुसार सबै जिल्लामा छैनन्”, उनले भने, “कतिपय सङ्क्रमित जिल्ला बाहिर गएर नियमित औषधि सेवन गरिरहनुभएको छ…

Read More

काठमाडौंः सर्वोच्च अदालतले सशस्त्र प्रहरीको अवकाश‍सम्बन्धी व्यवस्थालाई यही आर्थिक वर्षभित्र ऐनमा समावेश गर्न आदेश दिएको छ। सशस्त्र प्रहरीका डीआईजी अभिकुमार खत्रीसहितका अधिकारीहरुले ३० वर्षे सेवा अवधिविरुद्ध दिएको रिटमा न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले पटकपटक निर्देशात्मक आदेश जारी भएकामा हालसम्म ऐनमा समावेश गरेको नदेखिएको भनेको छ। ‘अनिवार्य अवकाश लगायतका सारभूत व्यवस्थाहरु ऐनमा समावेश गरिएको नदेखिएको हुँदा यसै आर्थिक वर्षभित्र अनिवार्य अवकाश सम्बन्धी व्यवस्था ऐनमा समावेश गर्ने व्यवस्था गर्नु गराउनु भनी विपक्षीहरुको नाममा परमादेशको आदेश जारी हुने ठहर्छ’, आदेशमा भनिएको छ। सशस्त्र प्रहरीको नियमावलीमा ३० वर्षे सेवा अवधिको व्यवस्था छ। नेपाल प्रहरीमा पनि नियमावलीमा भएको व्यवस्था अनुसार अधिकृतहरु ३०…

Read More

धनगढीः कैलालीबाट बिना इजाजत वन पैदावार ओसार पसार मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोहन्याल गाउँपालिका(३ बस्ने ६० वर्षीय कर्ण कुँवर रहेका छन्। जिल्ला अदालत कैलालीको फैसलाले बिना इजाजत वन पैदावार ओसार पसार सम्बन्धि मुद्दामा ३ महिना कैद सजाय तोकिएपछि उनी फरार रहेका थिए। कुँवरलाई इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरी टोलीले सोमवार उनकै घरबाट पक्राउ गरेको हो।

Read More

सुदूरपश्चिम: सुदूरपश्चिम प्रदेशसभामा विषयगत समितिका सभापति लामो समयदेखि नेतृत्वविहीन हुँदा समितिको कामकारबाही प्रभावित भएको छ। समितिका सभापति नहुँदा लेखा समितिमा छलफल हुनुपर्ने महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमाथिको छलफलसमेत हुन सकेको छैन। सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानलगायत विधेयकमाथिको छलफल पनि अघि बढ्न नसकेको प्रदेशसभा सदस्यले बताएका छन्। प्रदेश तहमा कानुन निर्माणको भूमिकादेखि आवश्यक कामकारबाहीमा निगरानी राख्ने अधिकार रहेको विषयगत समितिलाई ‘मिनी’ संसद्का रुपमा लिइन्छ। समिति नेतृत्वविहीन हुँदा विकासलगायत कामको समेत अनुगमन गर्ने काम प्रभावित बनिरहेको नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य घनश्याम चौधरी बताउँछन्। स्वतन्त्र सदस्य डा ताराप्रसाद जोशी समिति सभापति निर्वाचित हुँदा काममा दबाब पर्छ भन्ने मनसाय देखिएकाले सभापति चयनमा सत्ता पक्षले बेवास्ता गरिरहेको बताउँछन्। …

Read More

बझाङ: बझाङमा अरिङ्गालको टोकाइबाट एक बालकको ज्यान गएको छ। जिल्लाको साइपाल गाउँपालिका – २ का ७ वर्षीय अस्मिन धामीको अरिङ्गालको टोकाइबाट ज्यान गएको हो। आइतबार घर नजिकै रहेको खेतबारीमा साथीसँग खेल्ने क्रममा अरिङ्गालले टोक्दा उनी गम्भिर घाइते भएका थिए। स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि उनलाई आइतबार राति नै जिल्ला अस्पताल बझाङ रेफर गरिएको थियोे। उनको उपचारको क्रममा सोमबार बिहान ७ बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। अर्का घाइते बालक ५ वर्षीय शितल धामीलाई भने स्वास्थ्य चौकीमा उपचारपछि निको भइसकेको प्रहरीले जनाएको छ।

Read More

धनगढी: कैलालीमा ३३ ग्राम बढी लागूऔषधसहित ५ जना पक्राउ परेका छन्। जिल्लाका विभिन्न स्थानबाट ३३ ग्राम दुई सय ७० मिलिग्राम खैरी हेरोइनसहित ५ जनालाई पक्राउ गरिएको हो। धनगढी उपमहानगरपालिका-१ साथी होटल पछाडीको गल्लीबाट वडा नम्बर २ बस्ने २४ वर्षीय उमेश चौधरी र लखिमपुर पलिया भारत बस्ने २५ वर्षीय प्रदिप मौरेलाई पक्राउ गरिएको छ। उनीहरूको साथबाट १० ग्राम लागूऔषध बरामद गरिएको छ। अछाम चौरपाटी गाउँपालिका-१ स्थायी घर भई कैलालीको धनगढी उपमहानगरपालिका-४ बस्ने प्रियंका होटेल संचालक ३६ वर्षीय बिजय साउँदलाई पनि पक्राउ गरिएको छ। उनलाई तीन ग्राम तीन सय ८० खैरो हेरोइनसहित पक्राउ गरिएको हो। यस्तै कैलाली टिकापुर नगरपालिका-९ खग्रौला चेक पोष्ट…

Read More