सुरेश जोशी, बनबासा: भारतबाट नेपालमा हतियारसहित ड्रग्स तस्करी हुने कुरा जगजाहेर नै छ। बेलाबेला सीमा नाकामा घट्ने घटना र हतियारसहित व्यक्ति नै पक्राउ पर्नुले तस्करीको विषयलाई थप पुष्टि गर्दछ। यसैक्रममा हिजो (शुक्रबार साँझ) मात्रै नेपालको कञ्चनपुरस्थित सीमानाका जोडिएको बनबासा क्षेत्रमा कारतूससहित २ जना पक्राउ परेका छन्। भारतीय प्रहरीका अनुसार पक्राउ पर्नेमा रानीखेतका विधायक प्रमोद नैनवालका भाई सतीश नैनवाल र उनका ड्राइभर अल्मोडा निवासी दिनेश चन्द्र रहेका छन्। उनीहरूलाई एसएसबीले नेपाल–भारत सीमामा ४० थान कारतूससहित समातेको जनाएको छ। नेपाल–भारत सीमावर्ती क्षेत्र बनबासामा आउने क्रममा नैनवाल र उनका चालकलाई एसएसबीले अवैध कारतूससहित पक्राउ गरेपछि बनबासा प्रहरीलाई जिम्मा लगाएको छ। प्रहरीका अनुसार एसएसबीले…
Author: महेन्द्रनगर पोष्ट
धनगढी: धनगढीमा तालमा डुबेर एक जनाकाे मृत्यु भएकाे छ। शनिबार दिउँसो धनगढी उपमहानगरपलिका- ३ विशालनगरमा रहेकाे नेतुवा तालमा परिचय नखुलेका अन्दाजी ३० वर्षीय पुरुषकाे डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बाेहाेराले परिचय र ठेगाना नखुलेको पुरूषकाे तालम डुबेर मृत्यु भएको बताए। तालमा डुबेका उनकाे शव निकालिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।
काठमाडौं: नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले डडेल्धुरामा विद्यालय उद्घाटन गरेका छन्। उनले बुधबार पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको आलिताल गाउँपालिका ८, डोलास्थित दुर्गा माविको नवनिर्मित विद्यालय भवनको उद्घाटन गरेका थिए। उनी बुधबार बिहान काठमाडौंबाट धनगढी गएर धनगढीको होटल रुबसमा खाना खाएर डडेल्धुरा लागेका थिए। राजदूतको स्वागतका लागि राष्ट्रिय सभा सदस्य जगतसिंह पार्की र आलिताल गाउँपालिका अध्यक्ष धनगढी विमानस्थल पुगेका थिए। त्यसपछि बिहीबार नवदुर्गा गाउँपालिका पालिका ३,चेल्पीस्थित नवदुर्गा माविको भवन उद्घाटन गरेपछि राजदूत दार्चुला गएका थिए। त्यसपछि उनले दार्चुलाको भारतीय सीमानामा रहेको महाकाली नदीमा निर्माणाधीन पक्की पुलको अनुगमन गर्दै पुलमाथि राखिएको बैठकमा भारतीय ठेकेदार कम्पनीलाई तोकिएको समयमा काम सम्पन्न…
धनगढी: कैलालीमा चार जना युवकबीच कुटाकुट हुँदा तीन जना घाइते भएका छन्। गएराति साढे ११ बजेकोे समयमा जिल्ला घोडाघोडी नगरपालीका–४ को रामपुरमा कुटाकुट भएको हो। सोही ठाउँ बस्ने २२ वर्षीय गजेन्द्र साउदसहितका चार जनाबीच कुटाकुट भएको बताइएको छ। कुटाकुटबाट साउँद, सोही ठाउँ बस्ने २४ वर्षीय मोहन रावल र गैडाखेडा बस्ने २३ वर्षीय कुबेर शाही घाइते भएका छन्। उनीहरुमध्ये रावलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। तीनै जनाको सुखडमा रहेको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ। कुटपिटमा संलग्न सोही ठाउँ बस्ने अमिर ठगुन्ना भने भागेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
धनगढी: बझाङमा चरेससहित एक जनालाई पक्राउ गरिएको छ। बुङगल नगरपालिका–२ रैसेल्ली बस्ने ४१ वर्षीय उज्जल जाग्रीलाई शुक्रवार चरेससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। जाग्रीलाई गिरौबाट बुङगल नगरपालिका–४ बिजगडा बजारतर्फ जाँदै गरेको अवस्थामा ९ किलो ४ सय ३९ ग्राम चरेससहित पक्राउ गरिएको जिप्रका बझाङले जनाएको छ। प्रहरी निरिक्षक किशोर जोशीको कमाण्डमा ५ जनाको प्रहरी टोलीले चेकजाँच गर्दा चरेससहित जाग्री समातिएका हुन्। उनलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
धनगढीः धनगढीमा दुई वटा मोटरसाईकल एक आपसमा ठोक्किदा दुर्घटना भएको छ। धनगढी उपमहानगरपालिका–३ लक्ष्मी नर्सरी नजिक चालक धनगढी–३ बस्ने २३ वर्षीय उमेश चन्दले चलाएको सुदूरपश्चिम प्रदेश ०१००८ प ८८०५ नम्बरको मोटरसाईकल र चालक अछामको साफेबगर नगरपालिका–१४ बस्ने १९ वर्षीय कैलाश साउँदले चलाएको से.७ प. ५७४१ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा शुक्रवार दुर्घटना भएको हो। दुर्घटना हुँदा चार जना घाईते भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा सुदूरपश्चिम प्रदेश ०१००८ प ८८०५ नम्बरको मोटरसाईकल चालक चन्द रहेका छन्। चन्दको टाउको, अनुहार र पिठ्युमा चोट लागेको छ। यस्तै से.७ प. ५७४१ नम्बरको मोटरसाईकल चालक साउदको हात, खुट्टा र अनुहारमा चोट लागेको छ। साउदले चलाएको मोटरसाईकलमा…
धनगढी: अछाममा भरुवा बन्दुकसहित दुईजना पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–९ ओखरगैरा बस्ने ६८ वर्षीय नन्दराम साउँद र ६७ वर्षीय चिन कार्की रहेका छन्। इलाका प्रहरी कार्यालय कालेकाँडा, अछामबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो ३ः४५ बजे प्राप्त गोप्य सूचनाको आधारमा उनीहरूको घर र खेतमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा नन्दराम साउँदले आफ्नो घर नजिकैको बारीमा लुकाएर राखेको एक नाले भरुवा बन्दुक, सिसाका १३ वटा गोली र बारुद फेला परेको प्रहरीले जनाएको छ। यस्तै, चिन कार्कीको घरको सुत्ने कोठामा लुकाएर राखेको अर्को एक नाले भरुवा बन्दुक, सिसाका ९ वटा गोली र बारुद पनि प्रहरीले बरामद गरेको छ। सो…
धनगढी: कैलालीको अत्तरियाबाट धनगढी तर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका वडा नम्बर ५ जाँई बस्ने संजय चौधरी रहेका छन्। जिल्लाको गोदावरी नगरपालिका–१ मा रहेको अत्तरियाको विद्युत कार्यालय नजिक अत्तरिया–धनगढी सडक खण्डमा अत्तरियाबाट धनगढी तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००८ प ९९९८ नम्बरको मोटरसाइकल गएराति ९ः३० बजेको समयमा आफै अनियन्त्रित भई पल्टिँदा चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मोटरसाइकल पल्टिँँदा चालक गम्भिर घाइते भएका थिए। उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएकोमा रातिनै १०ः२५ बजे चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको कैलाली प्रहरीले जनाएको छ।
काठमाडौं: चर्चित सहकारी ठगी प्रकरणमा फरार रहेका गितेन्द्रबाबु उर्फ जीबी राईलाई खोज्न गएको प्रहरी टोली रित्तै फिर्ता भएको छ। राईलाई नेपाल ल्याउन भन्दै गएको प्रहरीको खोजी टोली मलेसियाबाट फिर्ता आएको हो। एक साताअघि मलेसिया गएका एक जना प्रहरी उपरीक्षक (एसपी) र एक जना प्रहरी नायब निरीक्षक (सई) बुधबार काठमाडौं फर्किएको बताइएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार मलेसियाबाट प्रहरीको टोली फिर्ता आएको हो। पोखराको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मीलगायत विभिन्न सहकारीमा सर्वसाधारणले गरेको वचत हिनामिना गरेको आरोपमा मुद्दा परेपछि राई फरार भएका थिए। त्यसपछि राई मलेसियामा रहेको प्रहरीले थाहा पाएको थियो। त्यसपछि परराष्ट्र मन्त्रालयमार्फत समन्वय गरेर नेपालले प्रहरीले टोली पठाएको थियो। उक्त टोलीले…
काठमाडौं: नेपाल प्रहरीका चिफ (प्रहरी महानिरीक्षक) आईजीपी वसन्त बहादुर कुँवरकी पत्नी तथा नेपाल प्रहरी श्रीमती संघकी केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवरले सुदूरपश्चिमका विभिन्न स्थानमा सहयोग गरेकी छन्। केही दिन अगाडिमात्रै कुँवरले सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा विभिन्न परोपकारी काम गरेकी हुन्। उनले अस्तिमात्रै धनगढी पुगेर मायामेट्रो अस्पताल र नेपाल प्रहरी श्रीमती संघबिच एक सम्झौता गरेकी छन्। उनले मायामेट्रो हस्पिटल प्रालिका मेडिकल निर्देशक डा. मोहन साउँद लगायतका कर्मचारीसँग प्रहरी तथा प्रहरीका परिवारलाई उपचारमा छुट एवं सहुलियत दिलाउने सम्झौता गराइदिएकी हुन्। यस्तै सोही दिन नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका- ५ स्थित दृष्टिफाण्डेसनमा खाद्यान्न वितरण गरेकी थिइन् भने सुदूरपश्चिम प्रदेश प्रहरी गण…