Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – साल्ट ट्रेडिंङ कर्पोरेसन लिमिटेडको ५५ औं साधारण सभा आज चैत ३० गते बस्दैछ | सभामा २०७७/७८ को नाफाबाट १०% बोनस सेयर र कर तिर्न ०.५% नगद लाभांश वितरणको प्रस्ताव पेश हुनेछ | आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान, २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति, पारिश्रमिक निर्धारण गर्ने जस्ता प्रस्ताव पेश हुनेछ | सभा प्रयोजनका लागि कम्पनीले चैत १५ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, चैत १४ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश हात पार्ने छन् | साधारण सभा बिहान ११ बजेबाट सोल्टी होटल, ताहाचल, काठमाडौंमा सम्पन्न हुनेछ |

Read More

भक्तपुर – आठ दिन नौ रातसम्म चल्ने भक्तपुरको बिस्का जात्राको चौथो दिन आज बुधबार लिङ्गो उभ्याईंदैछ । आज मध्यान्ह तालाक्वस्थित कुमाले टोलमा करिब ४० हात लामो हात नभएको लिङ्गो र साँझ भेलुखेलस्थित योसिंखेलमा करिब ५५ हात लामो लिङ्गो उभ्याईने परम्परा छ । स्थानीय प्रजापति समुदायले विधिवत पुजा गरेर मध्यान्ह हात नभएको लिङगो उभ्याउने र तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी योसिंखेलमा आज साँझ लिङ्गो उभ्याइने छ । प्रजापति समुदायले आज उभ्याएको लिङ्गोलाई जात्राका अन्तिम दिन अर्थात बैशाख ५ गते बिहान ढालिन्छ भने जात्राको पाँचौं दिन अर्थात नयाँ वर्ष वैशाख १ गतेका दिन ५५ हाते लामो लिङ्गो ढालिन्छ । यसैबीच मध्यपुरको बोडेस्थित…

Read More

बझाङ – छविसपाथिभेरा गाउँपालिका-१ भाँडेबजारस्थित किन्द्राल भीरमा जिप दुर्घटना हुँदा चालक ५० वर्षीय जयबहादुर सार्कीको मृत्यु भएको छ। बुधबार बिहान छविसपाथिभेराको बाहुन डाँडाबाट मोरीबगरतर्फ आउँदै गरेको से १ ज ६७६ नम्बरको जिप ४०० मिटर तल सेतीनदीमा खसेको प्रहरीले जनाएको छ। जिपमा चालक मात्र रहेको बताइएको छ। भीरबाट खसेको ढुंगाले जिपलाई लाग्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी ज्ञानबहादुर विष्टले बताए। जिप चालक सार्की छविसपाथिभेरा-३ बामनडाँडाका रहो विष्टले जानकारी दिए। उनको घटनास्थलमै मृत्यु भएको हो। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत ल्याउने तयारी भैरहेको डिएसपी विष्टले बताए।

Read More

काठमाडौं – सत्तारुढ नेकपा माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्वीर राखेर चुनावी सामग्री बनाएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको चुनावी पोस्टरमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको पनि तस्बिर राखिएको हो। अध्यक्ष प्रचण्ड र अर्थमन्त्री जनार्दन शर्मासँगै माओवादीले घिसिङको तस्बिर राखेर ‘अँध्यारोबाट उज्यालोतर्फ’ उल्लेख गर्दै चुनावी पोस्टर सार्वजनिक गरेको हो।

Read More

कैलाली- भारतमा आगलागीमा परि एक नेपाली किशोरको ज्यान गएको छ ।  अर्घाखाँचीका छत्रदेव गाउँपालिका– ३ का १४ वर्षीय भीमबहादुर कुमालको ज्यान गएको छ । भारतको हरियाणा हिसारमा हिजो राति भएको आगलागीमा परि ती किशोरको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार हिसारमा रहेको राम चाट भण्डारमा आगो लागेको थियो । मृतक बालक ३ महिना अघि मात्रै अर्घाखाँचीबाट बुबालाई भेट्न हरियाणी पुगेको जनाइएको छ । मृतकका आफन्तका अनुसार भीमबहादुरका गाउँका पाँचजना त्यही काम गर्दै आएकाले बुबा भेट्न गएका उनी पनि त्यही काम गर्न थालेका थिए । राम चाट भण्डारमै काम गर्ने अरुले भागेर ज्यान जोगाएको तर भीमबहादुर…

Read More

बैतडी-बैतडीको इलाका प्रहरी कार्यालय पाटनमा कार्यरत प्रहरी निरीक्षक राजेश शाही पुरस्कृत भएका छन् । अपराध अनुसन्धान, शान्ति सुरक्षा कायम, समुदाय प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रहरी निरीक्षक शाहीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी पुरुषोत्तम कँडेलले पुरस्कृत गरेका हुन् । २०७७ वैशाखमा इलाका प्रहरी कार्यालय पाटन गएका शाहीको नेतृत्वमा विभिन्न अपराधहरुको सफल अनुसन्धान भएको थियो । उनी अहिले जिल्ला प्रहरी कार्यालय दार्चुला सरूवा भइसकेका छन् । प्रहरी निरीक्षक शाहीसहित विभिन्न पदमा कार्यरत प्रहरी अधिकृतहरु पनि पुरस्कृत भएका छन् ।

Read More

काठमाडौं, शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि विज्ञापन खोलेको छ । आयोगको मंगलबार बसेको बैठकले विज्ञापन खोल्ने निर्णय गरेको हो । आयोगका अनुसार आजदेखि वैशाख २९ गतेसम्म इच्छुकहरूले लाइसेन्सका लागि फारम भर्न सकिनेछ । त्यसका लागि तोकिएको न्यूनतम योग्यता, तालिम पुगेको हुनुपर्छ । https://license.tsc.gov.np/ मार्फत् सबै विवरण भर्न सकिने व्यवस्था छ। त्यस्तै https://tsc.gov.np/ बाट विज्ञापनको विस्तृत विवरण हेर्न सकिन्छ।

Read More

काठमाडौं- लोकसेवा आयोगले राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका चौथो तहका आन्तरिक प्रतियोगिता, खुला र समावेशी पदको विज्ञापन खुलाएको छ । आयोगले बुधवार गोरखापत्र दैनिकमा सूचना सार्वजनिक गर्दै सो पदमा विज्ञापन खुलाएको हो । इच्छुक उम्मेदवारले अनलाइन मार्फत आवेदन दिनुपर्ने आयोगले जनाएको छ ।

Read More

काठमाडौं हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही स्थानमा आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ । बागमती, गण्डकी र प्रदेश १ का पहाडी भू–भागमा आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। आज राति भने प्रदेश १ मा मात्र वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।

Read More

कैलाली- व्याटमिन्टनका प्रिन्स दाहाल र एथ्लेटिक्सकी राजपुरा पछाई सुदूरपश्चिममा वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् । खेलकुद पत्रकार मञ्च कैलालीले मंगलबार धनगढमिा आयोजना गरेको एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डमा उनीहरू वर्षका उत्कृष्ट खेलाडी घोषित भएका हुन् । अवार्डअन्तर्गत वर्ष उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका दीपेन्द्रसिंह ऐरी र फुटबलका टिकेन्द्र थापा पनि मनोनयनमा परेका थिए । दुबै जनलाई पछि पार्दै दाहाल वर्षका उत्कृष्ट खेलाडी घोषित भएका हुन् । दाहाल यसैवर्ष ओलम्पिक मान्यता प्राप्त खेलमा विश्व वरीयताको शीर्ष स्थानमा पुग्ने पहिलो नेपाली खेलाडी बनेर इतहार रच्न सफल भएका थिए । वर्षको उत्कृष्ट महिला खेलाडीमा राजपुरासंँगै भलिबलकी सरस्वती चौधरी र फुटबलकी उषा नाथ पनि मनोनयनमा…

Read More