Author: महेन्द्रनगर पोष्ट

बुटवल – सिद्धार्थनगर नगरपालिकाको मेयर उम्मेदवारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सागर प्रताप राणा सर्वसम्मत सिफारिस भएका छन् । राप्रपा रुपन्देहीका अध्यक्षसमेत रहेका राणालाई सिद्धार्थनगर नगर समितिले सर्वसम्मत नगर प्रमुखको उम्मेदवारमा सिफारिस गरेको पार्टीका रुपन्देही जिल्ला उपाध्यक्ष तथा जिल्ला निर्वाचन परिचालन समितिका संयोजक अजयकुमार गुप्ताले बताए । राणा सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख समेत हुन् । पार्टीका वरिष्ठ नेता एवम् पूर्व मन्त्री दीपक बोहराको गृह नगरसमेत रहेको सिद्धार्थनगरलाई राप्रपाले आफ्नो बलियो पकड रहेको नगरपालिका मान्दै आएको छ ।

Read More

सिरहा – सिरहा पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नपा ४ चोहर्वामा यात्रुबाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जन्ती बोकेर फर्किरहेको ना ६ ख ८२०१ नम्वरको बस र विपरित दिशाबाट आइरहेको को १ ख ५४३४ नम्बरको ट्रक एकापसमा ठोक्किएको हो । घाइतेहरुमा महोत्तरीको भङ्गहा नगरपालिका–३ टिकुलियाका ४४ वर्षीय सुनिल सिंह, ६५ वर्षीय महेन्द्र चौधरी, गौशाला नगरपालिकाका ४५ वर्षीय लालो चौधरी, धनुषाका १२ वर्षीय अर्जुन चौधरी, दुवै गाडीका चालकलगायत ३१ घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । दुर्घटनामा घाइते सवैको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर राजु केसीले जानकारी दिए ।…

Read More

महोत्तरी – चाइनीज पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो (बुधबार) साँझ वर्दिवास नगरपालिका १३ विजलपुरावजारबाट स्थानीय २८ वर्षीय लालबाबु भण्डारीलाई एक थान चाइनीज पेस्तोलसहित नियन्त्रणमा लिएको हो । विवाहको गाडीमा तोडफोड गर्न थालेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उनको साथबाट १ थान अटोमेटिक चाइनिज पेस्तोल, सोको म्याग्जीन १ थान र पेस्तोलमा लोड भएको मिस फायर गोली १ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । पक्राउ परेका भण्डारीलाई इलाका प्रहरी कार्यालय बर्दिवासमा राखी थप अनुसन्धान भइरहेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए ।

Read More

काठमाडौं – विहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो । हिजो प्रतितोला एक लाख ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहिबार प्रतितोला एक लाख ९०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने घटेको छ । हिजो सोमबार प्रतितोला १ हजार ३८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

Read More

डोटी – डोटीसहित सुदूरपश्चिम प्रदेशमा स्थानीय तह निर्वाचनको तयारी तीव्र पारिएको छ । प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारी तीव्र पारेका हुन् । सुदूरपश्चिमका ८८ स्थानीय तहका एक हजार १३५ मतदान स्थलमा दुई हजार १०३ मतदान केन्द्रबाट मतदान हुने व्यवस्था मिलाइएको प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले जानकारी दिए । प्रदेशका सबै निर्वाचन कार्यालयले आज नौ वटै जिल्लाका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी गरेको छ । अहिले निर्वाचनका लागि आवश्यक सामग्री मतदान केन्द्रमा पुर्‍याउने काम भइरहेको निमित्त प्रमुख भट्टले बताए । प्रदेशमा रहेका ८८ स्थानीय तहका…

Read More

कैलाली- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन तोकिएकै समयमा हुने बताएका छन् । बिहीबार धनगढी विमानस्थलमा प्रेस सेन्टर कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले उनले निर्वाचन सर्ने भ्रममा नपर्न आग्रह गरे । कतिपयले निर्वाचन सारिने हल्ला फैलाएको भन्दै उनले यही वैशाख ३० गते नै स्थानीय तहको निर्वाचन हुने बताए । ‘कतिपय व्यक्तिहरूले गठबन्धनले निर्वाचन सार्छन् कि भन्ने हल्ला चलाएका छन्’, उनले भने, ‘हिजो मात्रै देशभरिका सबै महानगरपालिका र उपमहानगरपालिकामा सहमतिको टुङ्गो लागिसकेको छ । वैशाख ३० गते नै स्थानीय तहको निर्वाचन हुन्छ ।’ उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधली रहित बनाउने र व्यापक जनसहभागिता सुनिच्छित गर्नुपर्ने बताए…

Read More

काठमाडौं – आजदेखि नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि विधिवतरुपमा सञ्चालनमा आएको हो । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग औपचारिक रुपमा सञ्चालनमा आएको जानकारी दिए । उनले भने, ‘दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल विधिवत्रुपमा सञ्चालन आएको छ । ७४ वर्षको नागरिक उड्डयन क्षेत्रको इतिहासमा यो कोसेढुङ्गा हो । परियोजनासँग जोडिएका प्रत्यक्ष र अप्रत्यक्षरुपमा संलग्न सबैलाई विशेष धन्यवाद दिन चाहन्छाैं ।’ महानिर्देशक अधिकारीले विमानस्थलको पुरानो एक हजार ५०० मिटर…

Read More

काठमाडौं- यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ११ र १२ गते मनोनयन दर्ताको मिति तोकिएको छ । १२ गते अपरान्ह मनोनयन भएका उम्मेद्वारको सूची प्रकाशन गर्ने निर्वाचन आयोगको तयारी छ। मनोनयन पत्र दाखिला गर्ने प्रक्रियामा उम्मेदवारले धरौटी राख्नुपर्ने स्थानीय तह निर्वाचन निर्देशिका २०७८ मा उल्लेख छ।निर्देशिकाको दफा ३६ बमोजिम वडा सदस्य पदको लागि पाँच सय रुपैयाँ, वडा अध्यक्ष पदको लागि एक हजार रुपैयाँ धरौटी राख्नुपर्छ। त्यस्तै, अध्यक्ष, उपाध्यक्ष, प्रमुख वा उपप्रमुख पदको लागि एक हजार पाँच सय रुपैयाँ र गाउँ कार्यपालिका वा नगर कार्यपालिकाको सदस्य पदको लागि पाँच सय रुपैयाँ धरौटी राख्नु पर्ने निर्देशिकामा भनिएको छ। यद्यपि,…

Read More

काठमाडौं- नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बैठक आज दिउँसो बोलाइएको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए । उनका अनुसार बैठकमा आसन्न स्थानीय तह निर्वाचनका लागि देशका ६ महानगर र ११ उपमहानगरपालिकाका उम्मेदवारको मापदण्डबारे छलफल हुनेछ । सत्तागठबन्धनले महानगर र उपमहानगरको भागबण्डा मिलाएको भोलिपल्ट एमालेले सचिवालय बैठक बोलाएको हो । आजको बैठक स्थानीय तह निर्वाचनका उम्मेदवार र प्रतिस्पर्धी दलविरुद्ध अपनाइने रणनीतिमा केन्द्रित हुने उपमहासचिव रिमालले जानकारी दिए ।

Read More

विराटनगर– विराटनगरमा नेपाली कांग्रेसले गठबन्धनको निर्णय नमान्ने जनाएको छ । सिट बाँडफाँडका लागि गठबन्धनले गरेको सहमतिप्रति आपत्ति जनाउँदै विराटनगर महानगर समितिले गठबन्धनको निर्णय नमान्ने जनाएको हो । समितिका सभापति दीपक चापागाइँले विराटनगरमा कांग्रेस एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने बताए। गठबन्धनको भागबण्डामा उपप्रमुख पद जनता समाजवादी पार्टी (जसपा)ले पाएपछि विराटनगर कांग्रेसले विरोध गरेको हो। नगरसभापति चापागाईंले एक्लै चुनाव लड्ने अडान कायमै रहने र विराटनगरभित्र कुनै दलसँग चुनावी तालमेल नहुने स्पष्ट पारे। गठबन्धनको निर्णय केन्द्रीय कार्यसमिति, सम्पादन समिति र संसदीय बोर्डबाट पास भए वडा समिति सभापतिहरूसँग छलफल गरेर नयाँ धारणा सार्वजनिक गरिने उनले बताए। विराटनगरमा कांग्रेसको संगठन मजबुत भएकाले तालमेलको आवश्यकता नरहेको उनको…

Read More