Author: महेन्द्रनगर पोष्ट

इस्लामावाद – संसदमा अविश्वासको प्रस्तावमार्फत प्रधानमन्त्री इमरान खानलाई सत्ताच्युत गरेको र पाकिस्तान मुस्लिम लिग–एनका अध्यक्षको नेतृत्वमा नयाँ प्रधानमन्त्री नियुक्ती पक्रिया सुरु गरेको विरोधमा पाकिस्तान तेहरिक–इ–इन्साफ पार्टीले देशव्यापी विरोध गरेको गर्ने निर्णय गरेको छ । ‘हामीले बुधवारदेखि पेशावरबाट राष्ट्रव्यापी अभियान सुरु गर्दैछौं’, पीटीआई नेता र पाकिस्तानका पूर्वसूचनामन्त्री फवाद चौधरीले भने । निर्वतमान प्रधानमन्त्री खानले बुधबार पेसावरमा जनसभालाई सम्बोधन गर्ने उनले जानाकारी दिए । अविश्वासको प्रस्ताव मार्फत इमरान खानलाई प्रधानमन्त्री पदबाट हटाएको विरोधमा पीटीआईका समर्थकहरुले संयुक्त अरब इमिरेट्सको दुबईमा आइतबार विरोध प्रदर्शन गरेका थिए ।

Read More

काठमाडौं – नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर डा.निलम ढुङ्गाना (तिम्सिना)ले बैकिङ प्रणालीमा तरलताको चाप कायम रहेकाले केही समय धैर्य गर्न आग्रह गरेकी छन् । सोमबार काठमाडौंमा भएको तेस्रो राष्ट्रिय लघुवित सदस्य सम्मेलनमा बोल्दै कायम मुकायम गभर्नर ढुङ्गानाले लघुवित्त तथा समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्रिरहेकाले सबैले केही समय धैर्य गर्नुपर्ने बताएकी हुन् । कायममुकायम गभर्नर ढुंगानाले बैंकिङ क्षेत्र मात्रै नभएर लघुवित्तमा समेत तरलता र ब्याजदरको समस्या रहेका बताइन् । तरलता तथा ब्याजदरमा आएको उतारचढावको कारण समग्र अर्थतन्त्र र जनताले पीडा भोग्नु परेको उनको भनाइ छ । ‘समावेशी आर्थिक विकासका लागि भएका नेपालमा भएका विभिन्न प्रयासका बाबजुद नेपालको कुल जनसंख्याको १८ प्रतिशत…

Read More

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका-६ कसरौलबाट १ किलो ४ सय २२ ग्राम अवैध लागुऔषध चरेश जस्तो देखिने पदार्थ सहित दार्चुला मार्मा गाउँपालिका-२ बस्ने २६ वर्षीय अनिस भन्ने मान राम धामीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । से।४ प ४२११ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Read More

काठमाडौं – सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक (आईजी) शैलेन्द्र खनालले आफ्नो चार वर्षे कार्यकाल सकेर आजदेखि अवकाश पाएका छन् । खनालको अवकाशसंगै नयाँ आईजीको टुंगो लगाउनुपर्ने हुन्छ। जसको लागि खनालकै ब्याची दुईजना सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) प्रतिस्पर्धामा छन्। एआईजीद्वय पुष्पराम केसी र रामशरण पौडेलमध्ये सरकारले एक जनालाई आईजी नियुक्त गर्नेछ। उनीहरु दुवैजना एउटै जिल्लाका समेत हुन्। त्यसैले आईजीका प्रत्यासी उनीहरुबीच कुनै विवाद नरहेको स्रोतले बतायो। जसमध्ये केसी पहिलो नम्बरमा एआईजी बढुवा भएका हुन् भने पौडेल दोस्रोमा। त्यसैले पौडेलको भन्दा केसी नै आईजी बन्ने चर्चा सशस्त्र प्रहरी संगठनभित्र छ। उनीहरु दुईमध्ये एक जनाले २१ दिनमात्र सशस्त्र प्रहरी महानिरीक्षकको रुपमा संगठनको…

Read More

काठमाडौं – सत्तारूढ पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडि बढ्ने घोषणा गरेका छन् । आपसी मनमुटावलाई पर पन्छ्याउँदै स्थानीय तह निर्वाचनमा तालमेल गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको बैठकमा पाँच दलीय गठबन्धनको बैठकले सहकार्य र सहयोगको भावनाअनुसार नै स्थानीय तह निर्वाचनमा जाने निर्णय गरेका हुन् । हिजोका सबै आपसी मतभेदलाई पर पन्छाउदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रण गरेका छन् । बैठकपछि पाँच दलले संयुक्त विज्ञप्ती जारी गर्दै लोकतन्त्र र लोकतन्त्रका मूल्यमा आधारित समाजवादको रक्षा गर्दै राष्ट्रको स्वाधिनता, नेपाली जनताको स्वतन्त्रता र उन्नतिका लागि स्थानीय वासिन्दाहरूको कठिनाई हटाउदै…

Read More

काठमाडौं – उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा अहिलेसम्म ८४ गुणा बढि आवेदन परेको छ । संस्थाले गत चैत २५ गतेबाट जारी पुँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने २ करोड ३६ लाख २५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ । संस्थाले १०० अंकित दरका कुल २ लाख ३६ हजार २५० कित्ता आईपीओ जारी गरेको हो । संस्थाले निष्कासन गरेको आईपीओको कुल कित्तामध्ये ३ हजार २८१ कित्ता कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । बाँकी २ लाख २१ हजार १५६ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्…

Read More

काठमाडौं – निर्वाचन चिह्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा आज अन्तरिम आदेश जारी हुने/नहुनेबारे छलफल हुँदैछ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा मुद्दाको पक्ष र विपक्षको सहभागितामा छलफल हुने भएको हो । मुद्दाको पक्ष पूर्व डीआईजी रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीको तर्फबाट संविधानविद्समेत रहेका अधिवक्ता डा. भीमार्जुन आचार्य अन्तरिम आदेशबारेको छलफलमा सहभागी हुनेछन् । विपक्षीबाट महान्यायाधिवक्ताको कार्यालयका अधिकारीहरू सहभागी हुनेछन् । रिटमार्फत अध्यक्ष खरेलले आगामी तीन तहको निर्वाचनमा पार्टीको निर्वाचन चिह्न नै निर्वाचन आयोगबाट प्रयोग गर्न पाउनुपर्ने माग गरेका छन् । उनले ९ चैतमा रिट सर्वोच्चमा रिट दायर गरेका हुन् । रिटमाथि १३ चैतमा कामु प्रधानन्यायाधीश दीपककुमार…

Read More

काठमाडौं – आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने सम्बन्धमा पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेतासहितको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताको बैठकमा स्थानीय तह प्रयोजनका लागि तयारी र अनुगमन संयन्त्रको बैठकले गरेका निर्णयबारे थप छलफल हुने बताइएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजकत्वको संयन्त्रको आइतबार सम्पन्न बैठकले पाँच दलीय गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा आपसी तालमेल गरी गठबन्धनको भावना र आपसी समन्वय गर्दै सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको थियो । साथै बैठकले प्रदेश र जिल्लाले यही चैत मसान्तभित्र पाँच दलीय बैठक राखी सहमति कायम गरेर केन्द्रमा पठाउने निर्णयसमेत गरेको थियो । गठबन्धनको…

Read More

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर आजदेखि देशव्यापी घरदैलो अभियान सुरु गर्दैछ । ‘जनताको माझमा राप्रपा र घरदैलो अभियान’ अन्र्तगत हरेक जिल्लाका टोल–टोलमा पुगेर जनजागरण सुरु गर्दैछ । राप्रपाले स्थानीय तहको निर्वाचन केन्द्रीत रहेर अभियान सञ्चालनका लागि केन्द्रीय प्रतिनिधि समेत खटाईसकेको छ ।

Read More

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो । आइतबार प्रतितोला एक लाख ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार प्रतितोला १ लाख १०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । हिजो प्रतितोला ८०० रुपैयाँले बढेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ६०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो आइतबार प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।

Read More