Author: महेन्द्रनगर पोष्ट

काठमाडाैं – मलेसियामा काम गर्ने विदेशी श्रमिकको आधारभूत तलब (बेसिक स्यालरी) १५ सय रिंगिट तोकेको छ । योभन्दा पहिले मलेसियामा काम गर्ने विदेशी श्रमिकको आधारभूत तलब १२ सय रिंगिट थियो । मे १ अर्थात् हिजो अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिनदेखि लागू हुने गरी आधारभूत तलब बढाएको मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ । योसँगै दूतावासमा श्रमिकको मागपत्र प्रमाणीकरणको लागि कागजात पेस गर्दा पनि आधारभूत तलब १५ सय रिंगिट नै तोकेर पेस गर्न एक सूचना जारी गर्दै दूतावासले म्यानपावरहरुलाई आग्रह गरेको छ । यस्तै योभन्दा पहिलेदेखि नै मागपत्र प्रमाणीकरणको लागि दूतावासमा पेस भएका तर अहिलेसम्म प्रमाणीकरण नभएका मागपत्रहरुमा पनि मागपत्र र सम्झौतापत्रका…

Read More

काठमाडौं – आसन्न स्थानीय तह निर्वाचनमा १४९ दलित महिला सदस्यको उम्मेदवारी नै नपरेको निर्वाचन आयोगले जनाएको छ । कूल ६ हजार ७४३ दलित महिला सदस्यको उम्मेदवार हुनुपर्नेमा १४९ पदमा भने उम्मेदवारी नै नपरेको आयोगले जनाएको हो ।

Read More

काठमाडौँ- राष्ट्रिय बहिरा महासंघ नेपालले बहिरा व्यक्तिलाई गुणस्तरीय शिक्षाको लागि ‘एक जिल्ला, एक बहिरा विद्यालय’ को व्यवस्था गर्नुपर्ने माग गरेको छ । महासंघद्वारा यहाँ आज आयोजित ‘अपाङ्गता भएका व्यक्तिको सूचना तथा सञ्चारमा पहुँचका अवस्था लेखाजोखा रुजुसूचीमाथिको छलफल’ कार्यक्रममा महासङ्घका महासचिव सन्तोष केसीले साङ्केतिक भाषाका शब्द चार हजार ७०० मात्रै रहेकाले यो भाषाको विकास गर्न साङ्केतिक भाषा अनुसन्धान केन्द्रको स्थापना गर्न सरकारसमक्ष आग्रह गरे। त्यसैगरी महासङ्घले ७५३ वटै स्थानीय तहमा दोभाषेको व्यवस्था र हरेक सार्वजनिक कार्यालयमा दोभासेको व्यवस्था गर्नुपर्ने र त्यसको लागि दोभासे उत्पादन गर्न तालिम केन्द्रको स्थापना गर्नुपर्ने, बहिरा व्यक्तिको सीप, क्षमता र आवश्यकताको आधारमा रोजगारीको व्यवस्था गर्नुपर्नेसमेत माग गरेको छ । महासङ्घले नेपालमा अपाङ्गता…

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार पीसीआरबाट ८ र एन्टिजेन परीक्षणबाट १ जनाका संक्रमण देखिएको छ । २४ घण्टामा ३ हजार ३३३ पीसीआर परीक्षण गरिएको छ भने ९२२ एन्टिजेन परीक्षण गरिएको छ । जम्मा परीक्षण ४ हजार २५५ रहेको मन्त्रालयले जनाएको छ । १८ जना कोरोनामुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २११ मा झरेको छ ।

Read More

काठमाडौं – नेपाल र जिम्बाब्बेबीचको दोस्रो टी-२० खेल वर्षाका कारण स्थगित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जिटेर जिम्बाब्बेलाई ब्याटिङ निम्तो दिएका थिए । वर्षा हुनुअघि जिम्बाब्बेले चार ओभर तीन बलमा दुई विकेटको क्षतीमा ४८ रन बनाउदा खेल रोकिएको थियो । एक पटक पानी रोकिएर खेल सुरु हुने अवस्थामा खेल १८ ओभरमा खेलाइने निर्णय भएको थियो । तर, पुनः वर्षा हुँदा खेल सुरु हुन सकेन । पहिलो खेलमा ६ विकेटले पराजित नेपाली राष्ट्रिय क्रिकेट टिम दोस्रो खेलमा हारको बदला लिँदै शृंखला १-१ को अवस्थामा ल्याउन चाहन्थ्यो । तर, सफल हुन सकेन। तेस्रो तथा अन्तिम टी-२० बुधबार हुनेछ ।…

Read More

काठमाडौं – सरकारले भोलि वैशाख २० गतेको ईदका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ । नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व ईद (इदुलफित्र ) का दिन विदा सार्वजनिक विदा दिने व्‍यवस्था भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले सोमबार जारी गरेको सूचनामा भनिएको छ, ‘२०७९ वैशाख २० गते मंगलबार सार्वजनिक विदा कायम भएको सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

Read More

काठमाडौं – नेपाल प्रहरीको २९ औं नवनियुक्त प्रहरी महानिरीक्षक धीरज प्रताप सिंह अब्बल प्रहरी अधिकृत हुन् । विसं २०२४ मा दैलेखमा जन्मिएका सिंह २०४९ साल चैत ११ गते निरीक्षक दर्जाबाट प्रहरी सेवा सुरु गरेका थिए । यही वर्षको चैत १० सम्म (११ महिना) उनको कार्यकाल छ । महानिरीक्षक सिंह विसं २०६२ मा प्रहरी नायब उपरीक्षक, २०६९ मा प्रहरी उपरीक्षक, २०७४ मा प्रहरी वरिष्ठ उपरीक्षक, २०७७ मा प्रहरी नायब महानिरीक्षक र २०७८ मा प्रहरी अतिरिक्त महानिरीक्षक भएका थिए । राजनीतिक शास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गरी विभिन्न सङ्गठन व्यवस्थापन र क्षमता विकासमा १३ वटा तालिम लिएका सिंहले सुप्रवल जनसेवा श्रीलगायतका पदक प्राप्त…

Read More

काठमाडौं – काठमाडौँको तारकेश्वर नगरपालिका–५ निवासी नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनुभवप्राप्त सुरक्षा अधिकारी हुन् । यस पटक महानिरीक्षकका लागि एकल दाबेदार अर्याल विसं २०५४ साल चैत १८ गते नेपाल प्रहरीको निरीक्षकबाट सेवा प्रारम्भ गरेका थिए । ग्रामीण विकास, राजनीति शास्त्र र समाजशास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका महानिरीक्षक अर्याल हाल विद्यावारिधि गर्दै छन् । उनले प्रहरी अधिकृत आधारभूत तालिम, विशेष सशस्त्र तथा युद्धकला, सशस्त्र प्रहरी सहिष्णुता, गुल्मपति तथा स्टाफ, उच्च व्यवस्थापन र विकास, अन्तर्राष्ट्रिय मानवीय तथा मानवअधिकार तालिम लिएका छन् । अर्यालले सुकीर्तिमय राष्ट्रदीप तृतीय, सुप्रवल जनसेवा श्री, युएन मेडल, परदेश सेवा पदक, गोरखा दक्षिण बाहु चौथो, युएन…

Read More

काठमाडौं – प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरीले प्रवाह गर्ने सेवामा गुणस्तरीयता र वृद्धि विकासलाई प्रभावकारी बनाउने तथा सहर केन्द्रित अपराधको स्वरुपमा भएको तीव्र परिवर्तनले थपिएका चुनौती सामना गर्न प्रहरीलाई आधुनिक बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले संगठनका असल अभ्यासहरूलाई निरन्तरता दिँदै समय अनुकूल पद्धति र प्रविधि उन्मुख नवीन परम्पराको थालनी गरिने बताउनुभएको छ । नैतिक आचरणयुक्त प्रहरी व्यावसायिकता अभिवृद्धि र अपराध अनुसन्धानमा वैज्ञानिकीकरणका साथै सुशासन प्रवर्धन गर्न कार्यविधि तथा मापदण्ड निर्माण, आर्थिक पारदर्शिता कायम र प्रहरी जवाफदेहिता सुनिश्चित गर्न विशेष पहल हुनेमा उहाँले जोड दिनुभएको छ । ​नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहबीच…

Read More

काठमाडौं – नमुना मतपत्रमा स्वतन्त्र उम्मेदवारको चुनाव चिह्न नरहेको भन्दै स्वतन्त्र उम्मेदवारहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा धर्नामा बसेका छन् । सोमबार बिहान जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा स्वतन्त्र उम्मेदवारहरु धर्नामा बसेका हुन् । नेपाली काँग्रेसबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा बागी बनेर लडेका स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले निर्वाचन कार्यालयबाट चुनाव चिन्ह पाएको दुई दिन वित्दा पनि निर्वाचन कार्यालयको वेभसाइटमा रहेको मतपत्रमा १५ जना स्वतन्त्र उम्मेदवारहरुको चुनाव चिन्ह नरहेको बताए ।

Read More