Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : मन्त्रिपरिषद्को सोमबार बसेको बैठक विभिन्न निकायमा गरी ६ जनालाई नियुक्त र मनोनयन गरेको छ। उनले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको रिक्त महाप्रबन्धक पदमा धादिङका रमेश आचार्यलाई नियुक्त छ। नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको रिक्त महाप्रबन्धक पदमा इलामका प्रकाशप्रसाद पोखरेललाई नियुक्त गरेको छ। यस्तै सरकारले भूउपयोग परिषद्को सदस्यमा डा.रेवतीरमण पौडेल, डा.यमुना घले, डा.रेश्मा श्रेष्ठ र जगतबहादुर देउजालाई मनोनयन गरेको छ। बैठकले निजामती सेवाका राजपत्रांकित प्रथम श्रेणीका सहसचिवहरू इन्द्रविक्रम जोशी र खुमलप्रसाद धमलाले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।

Read More

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले २०/३० वर्षको आसपासमा विवाह गर्न र छिटो सन्तान जन्माउन युवाहरुलाई आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित नेपाल युवा सम्मेलन, २०२४ को समापन कार्यक्रममा उनले जनसंख्या वृद्धिदर न्यून रहेकाले सुन्दर भविष्यका लागि २० वर्ष आसपासमै विवाह गरेर ढिला नगरी बच्चा जन्माउनुपर्ने बताएका हुन् । ‘४० कटेसी रमाउँला’ भनेर गीत गाउने गरिएको प्रशंग जोड्दै ओलीले अघि भने,‘उमेर छउन्जेल विदेशतिर गइराख्या हुन्छन्, त्यसो भएपछि जनसंख्या झन् घट्ने भयो, २०–३० वर्षको उमेरतिर बिहे गरेर बच्चा पाएपछि जबमा लागे पनि भो बाहिरतिर गए पनि भयो । कमसेकम छोराछोरी हुर्किंदै गर्छन् ।’ उनले युवाले फ्युचर जेनेरसन (भावी…

Read More

धनगढी : बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका–३ तल्ला हल्कासैनीका खेमसिंह धामीकी श्रीमती भावना धामीको मृत्यु भएको हो । मंगलबार दिउँसो करिब साढे ३ बजेको समयमा घरनजिकैको त्वापोड भन्ने भिरबाट लडेर मृत्यु भएको हो । बाख्रा चराउन गएकी धामीको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको स्थानीय एवं आफन्त दिपेन्द्र सिंह धामीले जानकारी दिए ।यसअघि पनि भिरबाट लडेर घाइते अवस्थामा रहेको बुझिएको छ । मृतक धामीका ३ छोरा रहेका छन् ।

Read More

काठमाडौं: नेपाल प्रहरीका एकजना हवल्दार डिउटीबाटै भारतीयबाट अपहरणमा परेका छन्। घटना गत १२ साउनमा सिन्धुली जिल्लामा भएको बताइएको छ। सो दिन बेलुका करिब ८ बजेको समयमा सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ४ स्थित विपी राजमार्गमा पर्ने हिरापानी चेकपोष्टमा मापसे डिउटीमा खटिएको थियो। सो क्रममा हवल्दार संदिप नारायण दास खटिएका थिए। सोही समयमा बिआर२२एइपी ७३२१ नम्बरको भारतीय कारमा पाँच भारतीय आएका थिए। उनीहरुले मादक पदार्थ सेवन गरेका थिए। प्रहरी हवल्दारले उनीहरूलाई चेकजाँच गर्ने क्रममा विवाद भयो। त्यसपछि उनीहरूले गाडीमा हालेर हवल्दार दासलाई लगेकोमा प्रहरीले पिछा गरेर आधा किलोमीटर पर भेटाएका थिए। अहिले पाँचै जनालाई पक्राउ गरी प्रहरीले अपहरण कसुरमा अनुसन्धान अघि…

Read More

काठमाडौं: बाँकेमा रहेको गुप्तचर विभागका कर्मचारीमाथि नेपाल प्रहरीले छानबिन थालेको छ। नेपालको जासुसी संस्था मानिने राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको विषयलाई लिएर छानबिन थालिएको हो। स्रोतका अनुसार छानबिनका लागि लुम्बिनी प्रदेश प्रहरी कार्यालयले समिति गठन गरेको हो। उक्त कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) माधव श्रेष्ठ नेतृत्वको समितिले घटनाबारे छानबिन गरिरहेको लुम्बिनी प्रदेशका प्रहरी प्रमुख (डीआईजी) कुवेर कडायतले जानकारी दिए। करिब दुई हप्ताअघि बाँकेको नेपालगन्जमा राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)का एक सूचक कुटिएका थिए। भारतबाट नेपाल भित्र्याइँदै गरेको अवैध रुपैयाँ रोक्न खोज्दा नेपाल–भारतको सीमाक्षेत्र जमुनाहा नाकामा सूचक अर्जुन खड्का कुटिएका थिए। उक्त रकम नेपालगन्जस्थित होटेल कलपत्रुमा सञ्चालित क्यासिनोका निम्ति ल्याइएको थियो। सोही विषयलाई…

Read More

काठमाडौँ- नेपाल प्रहरी अस्पतालले कर्मचारी माग गरेको छ।नेपाल प्रहरी अस्पतालको आन्तरिक कल्याणकोषबाट प्रहरी नायब निरीक्षक दर्जा वा सो सरहको पारिश्रमिक रकम पाउने गरी २० जना स्टाफ नर्सको माग भएको हो। उनीहरूको करार अवधि ६ महिना रहने छ। हेर्नुस् सूचना

Read More

वैदेशिक रोजगारमा पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक युवतीलाई पक्राउ गरिएको छ। आज काठमाडौं महानगरपालिका-३१ बानेश्‍वर बस्ने कैलाली गोदावरी नगरपालिका-२ घर भएकी २७ वर्षीया दीपा चन्दलाई आइतबार प्रहरीले पक्राउ गरेको हो। दीपाले आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ३५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई  भक्तपुर ठिमीबाट पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।

Read More

धनगढी: नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा सांसद चक्र बहादुर मल्ल र सचेतकमा जानकी ऐर बम चयन भएका छन्।मंगलबार संसदीय दलका नेता राजेन्द्र सिंह रावलको अध्यक्षतामा दलको कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो। यसअघि प्रमुख सचेतकको जिम्मेवारीमा सुरेन्द्र बहादुर पाल र सचेतकमा निर्मला देवी साउद रहेका थिए। पाल भौतिक पूर्वाधार विकास मन्त्री र साउद सोहीँ मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भएकाले प्रमुख सचेतक र सचेतक हेरफेर गरिएको संसदीय दलका नेता रावलले जानकारी दिए। प्रमुख सचेतकमा चयन भएका मल्ल डोटीको प्रदेश सभा (क) बाट प्रत्यक्ष निर्वाचित भएका थिए। बम बैतडीबाट समानुपातिक सांसद हुन्।

Read More

धनगढी: प्रहरीले कैलालीको धनगढीबाट अवैध मालसामान नियन्त्रणमा लिएको छ। आज (मंगलबार) बिहान ४ बजेतिर धनगढी उपमहानगरपालिका १७ पटेलाबाट लाखौंका अवैध सामान प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरबाट सई सुशील चन्द र सुदूरपश्चिम प्रदेश प्रदेश कार्यालय धनगढीका वरिष्ठ सई बासुदेव अवस्थी नेतृत्वको टोलीले उक्त सामान बरामद गरेको हो। प्रहरीले बेवारिसे अवस्थामा फेला पारेका सात लाख बढीका मालसामान (लत्ताकपडा) बरामद गरेको जनाएको छ।

Read More

काठमाडौं : चौतर्फी विरोध सुरु भएपछि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्यमन्त्रीहरूलाई बर्खास्त गरेका छन्। मुख्यमन्त्री सिंहले प्रदेश सरकारमा नियुक्त भएका ८ वटै राज्यमन्त्रीलाई हटाउने निर्णय गरेका हुन्। २५ जेठमा मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री सिंहले चार दलबाट ८ राज्यमन्त्री नियुक्त गरेका थिए। २२ साउनमा मात्रै उनले पाँच राज्यमा नियुक्त गरेर मन्त्रीमण्डलको संख्या २० पुर्‍याएका थिए । त्यसपछि जनमत पार्टीले मुख्यमन्त्री सिंहलाई स्पष्टीकरणसमेत सोधेको थियो । सत्तारूढ दलकै नेताहरूले मधेसमा जम्बो मन्त्रिपरिषद गठन गरेकोमा बिरोध गरेका थिए। बर्खास्त हुनेमा एमालेका ३, कांग्रेसका २, जनमतका २ र लोसपाका १ जना रहेका छन् ।

Read More