Author: महेन्द्रनगर पोष्ट

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागि हुँदैछ । सरकारमा सहभागि नगराए गठबन्धन स्वीकार नगर्ने अडानपछि प्रदेश सरकारमा कांग्रेसलाई सरकारमा सहभागि गराइन लागिएको हो । कांग्रेस प्रदेश सरकारमा दुई मन्त्री र एक राज्यमन्त्रीसहित सहभागि हुन लागेको हो । कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावल आन्तरिक मामिला तथा कानुन मन्त्री, गोबिन्द बोहोरा सामाजिक विकास मन्त्री र टेकबहादुर रैका सामाजिक बिकास राज्य मन्त्री हँदैछन् । मन्त्रीको सपथ पनि केही बेरमा हुँदैछ । माओबादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारमा एकीकृत समाजबादी पनि सहभागि छ । लामो समयदेखि कांग्रेसले पनि सरकारका सहभागि गराउनुपर्ने माग र्गै आइरहेपनि सत्ता गठबन्धन र प्रदेश सरकारमा आवद्ध…

Read More

काठमाडौं- आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि सबै राजनीतिक दल र सरोकारवालाको सुझाव तथा परामर्शमा स्वीकृत गरिएको निर्वाचन आचारसंहिता, २०७८ आजदेखि लागू भएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित बनाउन आचारसंहिता लागू गरिएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढङ्गले सम्पन्न गरी नागरिकलाई मताधिकारको निर्वाध उपयोग गर्ने अवसर सिर्जना गर्न आह्वान गर्नुभयो । आयोगद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले निर्वाचनलाई स्वच्छ र स्वतन्त्र तुल्याउन प्राप्त हुने सबै खाले सुझावलाई सकारात्मकरूपमा ग्रहण गर्ने बताउनुभयो । प्रमुख आयुक्त थपलियाले भन्नुभयो, “निर्वाचनमार्फत लोकतन्त्रको सुदृढीकरण र…

Read More

काठमाडौं – नेपाल प्रहरीका ६ सय ७३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत विभागले आज सरुवा सूची सार्वजनिक गरेको हो । प्रहरी प्रधान कार्यालयका अनुसार आगामी वैशाखदेखि तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको हो ।सूचीः

Read More

दार्चुला – नेपाल प्रहरीका ३ सय ७३ जना प्रहरी निरीक्षकहरूको सरुवा गरिएको छ । आईजीपी शैलेश थापा क्षेत्रीले बिहीबार इन्स्पेक्टर सरुवाको निर्णय गरेका हुन् । स्थानीय तहको निर्वाचनको बेला नेपाल प्रहरीका इन्सपेक्टरहरुको सरुवा गरिएको हो । जसमा जिल्ला प्रहरी कार्यालय दार्चुला र इलाका प्रहरी कार्यालयका गरी ६ जनाको इन्सपेक्टरहरुको सरुवा भएको छ । जिल्ला प्रहरी कार्यालयमा काज सरुवा भएर आउनुभएका प्रहरी निरीक्षक माधव विश्वकर्माको सुदूरपश्चिम प्रदेश प्रहरी आवाशीय माध्यमिक विद्यालय धनगढी सरुवा भएको छ । यस्तै इन्सपेक्टर पुष्करसिह ऐरीको वडा प्रहरी कार्यालय बुटबल रुपन्देही सरुवा भएको छ । जिल्ला प्रहरी कार्यालयमा इलाका प्रहरी कार्यालय दुम्कीबास पूर्वनवलपरासीबाट हिक्मतबहादुर थापा आउनुभएको छ…

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च शिक्षा अध्ययनको लागि विदेश जाने विद्यार्थीलाई स्वदेशमै उच्च शिक्षा दिने वातावरण सिर्जना गर्नुपर्ने बताएकी छन् । शुक्रबार उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को काठमाडौंमा सुरु भएको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले उच्च शिक्षा अध्ययनको लागि विदेश जाने विद्यार्थीलाई स्वदेशमै उच्च शिक्षा दिने वातावरण सिर्जना गर्नुपर्ने बताएकी हुन् । उनले नेपालबाट उच्च शिक्षाका लागि बर्सेनि हजारौँ विद्यार्थी विदेश पलायन भइरहेको भन्दै यो क्रमलाई रोकेर उच्चस्तरीय शैक्षिक संस्था निर्माण गरी विदेशी विद्यार्थीको अध्ययनको गन्तव्य बनाउन सकिने बताइन् । राष्ट्रपति भण्डारीले विदेशी विद्यार्थीलाई समेत नेपालमा अध्ययन तथा अनुसन्धानका लागि आकर्षित गर्नसके शिक्षाको…

Read More

काठमाडौं – राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल इतिहासकै कठिन ढंगबाट चलिरहेको बताएका छन् । शुक्रबार काठमाडौको खुलामञ्चमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देश सामान्य अवस्थाबाट देखेजस्तो नभएको भन्दै इतिहासकै कठिन ढंगबाट चलिरहेको बताएका हुन् । ‘देश सामान्य अवस्थाबाट देखेजस्तो छैन । इतिहासकै कठिन ढंगबाट चलिरहेको छ’, उनले भने, ‘ठिक ढंगले निर्णय गर्न सकेनौ भने असफल राष्ट्रका रुपमा देखा पर्न सक्छ ।’ उनले २०४६ पछि नेपाल कांग्रेस एमाले र माओवादीको गठबन्धनको शिकार भएको समेत आरोप लगाएका छन् । उनले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता स्वीकार्दा के भनिएको थियो ? भन्दै २०४६ पछि निरन्तर रुपमा देशमा सिमित नेता र दलको मुठिमा सिमित हुँदा…

Read More

धनगढी – कैलालीमा पनि सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्ने निर्णय भएको छ । चुनावी तालमेलका लागि गठबन्धन दलहरुले शुक्रबार कार्यदल गठन गरेका छन् । नेकपा एकीकृत समाजबादी संसदीय दलको कार्यालयमा शुक्रबार बसेको पाँच दलीय सत्ता गठबन्धन दलबीचको बैठकले चुनावी तालमेलका लागि कार्यदल गठन गरेको छ । गठबन्धन दलको बैठकले चुनावी तालमेलका लागि प्रक्रिया सुरु गर्न पाँच सदस्य कार्यदल गठन गरेको नेपाली काँग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले बताए । कार्यदलमा नेकपा (एकीकृत समाजबादी)का तर्फबाट सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका दीर्घ सोडारी, नेपाली काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्ट, नेकपा माओबादीका नेता हरिक ज्ञवाली ‘अखण्ड’ जनताका समाजबादीका नेता होरिलाल चौधरी…

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४३४९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हाल १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । देशभर हाल सक्रिय संक्रमितको संख्या ६६९ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ८९ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।कोरोना संक्रमणका कारण आज कसैको मृत्यु भएको छैन ।नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।

Read More

काठमाडौं – नेपाल बार एसोसिएसनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् । घिमिरे ४४ सय ३३ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी विष्णुमणि अधिकारीले २४ सय ८२ मत ल्याएका छन् । यस्तै, महासचिवमा अन्जिता खनाल विजयी भएकी छन् । उनले ३६ सय ८२ मत ल्याएकी छन् । उनका निकटतम प्रतिस्पर्धी केदारप्रसाद कोइरालाले २९ सय ८९ मत प्राप्त गरेकी छिन् । अन्य पदाधिकारीमा पनि घिमिरे प्यानल नै विजयी भएको छ । घिमिरे गठबन्धनका तर्फबाट चुनाव लडेका थिए भने अधिकारी प्रगतिशील समूहबाट उम्मेदवार थिए । उनको प्यानल नै पराजित भएको छ ।

Read More

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले मुद्दा र आवश्यकताका आधारमा चुनावी गठबन्धन गर्ने बताउनुभएको छ । छैटौँ भक्तपुर औगोगिक सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सवमा मन्त्री आलेले स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर चुनावमा जाने बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन्छ ।” मन्त्री आलेले अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “गठबन्धन दुवै पक्षलाई आवश्यक छ ।” कोभिड–१९ का कारण दुई वर्ष थला परेको पर्यटन क्षेत्रलाई माथि उकास्नका लागि सबै क्षेत्रबाट सहयोग जरुरी रहेको मन्त्री आलेले उल्लेख गर्नुभयो ।

Read More