कैलाली– सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागि हुँदैछ । सरकारमा सहभागि नगराए गठबन्धन स्वीकार नगर्ने अडानपछि प्रदेश सरकारमा कांग्रेसलाई सरकारमा सहभागि गराइन लागिएको हो । कांग्रेस प्रदेश सरकारमा दुई मन्त्री र एक राज्यमन्त्रीसहित सहभागि हुन लागेको हो । कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावल आन्तरिक मामिला तथा कानुन मन्त्री, गोबिन्द बोहोरा सामाजिक विकास मन्त्री र टेकबहादुर रैका सामाजिक बिकास राज्य मन्त्री हँदैछन् । मन्त्रीको सपथ पनि केही बेरमा हुँदैछ ।
माओबादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारमा एकीकृत समाजबादी पनि सहभागि छ । लामो समयदेखि कांग्रेसले पनि सरकारका सहभागि गराउनुपर्ने माग र्गै आइरहेपनि सत्ता गठबन्धन र प्रदेश सरकारमा आवद्ध दलले कुनै सुनुवाई गरेका थिएनन् ।
सुदूरपश्चिम प्रदेशसभामा समाजवादीको १४, माओवादीको १३, कांग्रेसको १२ र एमाले १० का दश जना सांसदन छन्।