Author: महेन्द्रनगर पोष्ट

तेहरान- इरानी मुस्लिम धर्मगुरुलाई एक आक्रमणकारीले मंगलबार एक छुरा प्रहार गरी हत्या गरेको छ । उत्तर पूर्वी तीर्थनगर मशहादमा घटनामा अन्य दुई जना घाइते भएको यहाँको प्रहरीले बताएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रान्तीय गभर्नरलाई उद्धृत गरी इरानी टेलिभिजनले उल्लेख गरेको छ । इरानी टेलीभिजनसँग कुरा गर्दै खोरासन रजावी प्रान्तका गभर्नर याग्होब(अली नाजारीले एक व्यक्तिले तीन जना शिया धर्मगुरुलाई छुरा प्रहार गरी हत्या गरेको बताए । घटनामा अरु दुई जना घाइते भएका छन् । उनका अनुसार आक्रमणकारीलाई सुरक्षाकर्मीले पक्राउ गरेको छ ।

Read More

कैलाली- विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भ्रमित प्रचारको भर नपर्न आग्रह गरेको छ । पार्टीको नाम नै जोडेर स्थानीय चुनावमा एमालेलाई सहयोग गर्ने समाचार बाहिरिए पछि नेकपा ले कुप्रचारको भ्रममा नपर्न आग्रह गरेको हो ।पार्टीको केन्द्रीय समितिको १२औँ पूर्ण बैठकको निर्णय अनुसार पार्टी वैशाखमा हुने स्थानीय चुनावमा भाग नलिने स्पष्ट निर्णय भैसकेको नेकपाका जिल्ला कार्यालय सचिव प्रकाश रावलले बताउनु भएको छ । उनले भने ,कथित स्थानीय चुनावमा देशभक्त,स्वतन्त्र उम्मेदवार र एमसिसि बिरोधि उम्मेदवार प्रती सहानुभूति रहन सक्ने केन्द्रिय समितिको प्रतिवेदनमा उल्लेख छ त्यस भन्दा बाहिर व्यक्तिगत राजनीतिक फाईदाका लागि कसैले गरिने सम्बाद,छलफल बारे धेरै टिका टिप्पणी नगर्न हामीलेअनुरोध गरेका छौ,…

Read More

राम धामीनेपाली काँग्रेस डडेल्धुराले सत्तारुढ गठबन्धनसँग चुनावी एकता गरेर स्थानीय तहको निर्वाचनमा होमिन निकै लचकता देखाईरहेका बेला जिल्लाका अधिकांस नेता कार्यकर्ताहरुले गठबन्धनका नाममा पेल्न खोजिएमा तत्काल सामुहिक विद्रोह गर्ने चेतावनी दिएका छन् । नेपाली काँग्रेस डडेल्धुराको सातौं जिल्ला अधिवेशनका बेला जिल्लाभरिका चार सय ६० जना कृयासिल सदस्यको नामावली काटेर माओवादीबाट समायोजनका नाममा तीन सय १२ क्रियासिल सदस्यता केन्द्रबाटै थप गरिएपछि छैटौं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कार्यसमितिले निर्णय गरेर असन्तुष्टी जनाउँदै सातौं जिल्ला अधिवेशनमा भाग लिएको थिएन । तत्कालिन जिल्ला कार्यसमितिको सहभागिता बिनै सातौं जिल्ला अधिवेशन सम्पन्न गरिएकाले डडेल्धुरामा नेपाली काँग्रेस दुई खेमामा बाडिएको छ । छैटौं जिल्ला अधिवेशनबाट निर्वाचित सभापति…

Read More

रुपन्देही- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रथम शहीदबारे दिएको अभिव्यक्तिलाई लिएर मगर संघ रुपन्देहीले आपत्ति जनाएको छ । अध्यक्ष ओलीले गत हप्ता काठमाडौंमा नेपालका प्रथम शहीद लखन थापा मगर नभई अछामका बलदेव शाही उर्फ बाँकावीर हुन् भन्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिको मगर संघ जिल्ला समिति रुपन्देहीले भत्र्सनासहित विरोध जनाएको छ । नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष दलबहादुर वीरकट्टा मगरले ओलीले सार्वजनिक रूपमा तत्काल भनाइ फिर्ता लिनुपर्ने माग गरे । ओलीले अभिव्यक्ति फिर्ता नलिए देशैभरका मगरहरू मगर संघको आह्वानमा सशक्त रूपमा आन्दोलनमा उत्रिने चेतावनी दिए । ‘विक्रम संवत् २०५६ सालमा शहीद र विक्रम संवत् २०७२ असोज २ गतेको…

Read More

डोटी- सत्ता गठबन्धन दलबीच डोटीमा पनि स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका छन् । मंगलबार बसेको गठबन्धन दलका नेताहरुको बैठकले चुनावी तालमेल गर्ने सहमति गरेका हुन् । केन्द्रमा गठबन्धनमा रहेको जनमोर्चा भने तालमेलमा सामेल भएन । बैठकमा जनमोर्चाका कुनैपनि प्रतिनिधि सहभागि भएका थिएन् । बैठकले आपसी समझदारीका आधारमा गठबन्धन गरी निर्वाचनमा सहभागी हुने निर्णय गरेको नेपाली काँग्रेस डोटीले जनाएको छ । बैठमा नेपाली कांग्रेसका जिल्ला सभापति नरेन्द्रबहादुर सिंह, उपसभापति बाजीसिंह खड्का ‘विजय’, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष दीर्घराज बोगटी, नेता नारद मलासी र माओवादी केन्द्रका खगेन्द्र साउद ‘केबी’को उपस्थिति रहेको थियो । डोटीसहित सुदूरपश्चिमका चार जिल्लामा गठबन्धन दलबीच तुनावी…

Read More

कैलाली- धनगढी उपमहागनरपालिकाले १५ वर्षमूनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने भएको छ । उपमहानगरपालिकाको स्वास्थ्य शाखाले मंगलबार पत्रकार सम्मेलन गर्दै बुधबारदेखि बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने जनाएको हो । धनगढीमा १५ महिनादेखि १५ वर्षमूनिका ५७ हजार भन्दा बढी बालबालिकालाई टाइफाइड बिरुद्धको खोप लगाइने स्वास्थ्य शाखा प्रमुख कृष्णबहादुर बोहराले बताए । उपमहानगरपालिकाका १९ वटै वडामा रहेका ५७ हजार ७ सय ८२ बालबालिकालाई खोप लगाइने उनले बताए । उनका अनुसार १५ महिनादेखि पाँच वर्षसम्मका छ हजार ५ सय ११ र पाँच वर्षदेखि १५ वर्ष उमेर समूहका ५१ हजार २ सय ७१ जना बालबालिकालाई खोप लगाइने छ । स्थानीय तहको निर्वाचनका कारण खोप अभियान प्रभाबित…

Read More

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार वडा कार्यालय तोडफोड भएको छ । वडा कार्यालयको दुई तले भवनको सभाहलका रूपमा प्रयोग भइरहेको भुइँतलाको कोठामा तोडफोड भएको हो । सोमबार राती स्थानीय युवाले वडा कार्यालयको ताला तोडेर तोडफोड गरेका हुन् । तोडफोडबाट प्लास्टिकका १७ वटा कुर्सी, काठका तीन वटा बेन्च, प्लास्टिकका एक वटा टेबल, एक थान ह्वाइटबोर्ड, भइपरी आउँदा प्रयोग गर्न राखिएको दुई वटा हेलमेट, दुई थान पावर सकेट लगायत सामानमा क्षति पुगेको वडाध्यक्ष भलाराज राईले बताए । यस्तै, हरेक महिनाको २७ गते वितरण गर्नेगरी राखिएको आयुर्वेदको औषधि छरपस्ट अवस्थामा भेटिएको छ । पानी भरेर राख्ने गरिएको एक थान सिलभरको गाग्रो…

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको विवरणअनुसार पीसीआर परीक्षणबाट २१ जनामा कोरोना पुष्टि हुँदा एन्टिजेन परीक्षणमा ३ जनालाई संक्रमण पुष्टि भएको छ। २४ घण्टामा पीसीआर ३ हजार २७८ र २ हजार ३०९ एन्टिजेन गरी ५ हजार ५८७ कोराना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ५१ जना कोरोनामुक्त भएका छन्। कोरोनाबाट २४ घण्टामा कसैको मृत्यु भएको छैन । अहिले देशभर सक्रिय संक्रमितको संख्या ८१२ रहेको छ।

Read More

काठमाडौं – प्रमुख प्रतिपक्षी दल एमालेले निर्वाचन आचारसंहितामा हस्ताक्षर गर्ने वातावरण नै नपाएको बताएको छ । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको आचारसंहिता प्रति प्रतिबद्धता जनाउने विषयमा मंगलबार निर्वाचन आयोगले दलहरूलाई डाकेको थियो । तर, त्यहाँ निर्वाचन आचारसंहिताको विषयलाई लिएर होहल्ला भएपछि हस्ताक्षर गर्ने वातावरण नभएपछि एमालेका प्रतिनिधि आयोग कार्यालयबाट बाहिरिएका थिए । ‘होहल्ला भएपछि हस्ताक्षर गर्ने वातावरण नै भएन । त्यसपछि हामी हस्ताक्षर नगरी बाहिरियौँ,’ एमाले कानुन विभाग प्रमुख रमेश बडालले भने । आयोगले बोलाएको आचारसंहितासम्बन्धी छलफलमा सहभागी हुन बडाल र एमाले निर्वाचन विभाग उपप्रमुख निरज आचार्य आयोगको कार्यालय पुगेका थिए । ‘छलफलमा तनाव उत्पन्न भएको अवस्थामा…

Read More

काठमाडौं – काठमाडौंको चोभारमा निर्माण गरिएको सुख्खा बन्दरगाह आजबाट सञ्चालनमा आएको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले आज एक कार्यक्रमबीच सुख्खा बन्दरगाहको उद्घाटन गरेका हुन् । २०७५ सालबाट चोभार सुख्खा बन्दरगाहको निर्माण कार्य सुरु गरिएको थियो । सुख्खा बन्दरगाह विश्व बैंकको एक अर्ब ८० करोड ऋण सहयोगमा २२० रोपनी जग्गामा निर्माण गरिएको हो । विश्वबैंक र नेपाल सरकारबीच सन् २०१३ मा सुख्खा बन्दरगाह निर्माण गर्ने सम्बन्धमा सहमति भएको थियो । निर्माण कार्य सन् २०१९ सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भए पनि स्थानीयको अवरोध र कोरोना महामारीका कारण निर्माण अवधि लम्बिएको थियो ।

Read More