कैलाली– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भ्रमित प्रचारको भर नपर्न आग्रह गरेको छ । पार्टीको नाम नै जोडेर स्थानीय चुनावमा एमालेलाई सहयोग गर्ने समाचार बाहिरिए पछि नेकपा ले कुप्रचारको भ्रममा नपर्न आग्रह गरेको हो ।
पार्टीको केन्द्रीय समितिको १२औँ पूर्ण बैठकको निर्णय अनुसार पार्टी वैशाखमा हुने स्थानीय चुनावमा भाग नलिने स्पष्ट निर्णय भैसकेको नेकपाका जिल्ला कार्यालय सचिव प्रकाश रावलले बताउनु भएको छ ।
उनले भने ,कथित स्थानीय चुनावमा देशभक्त,स्वतन्त्र उम्मेदवार र एमसिसि बिरोधि उम्मेदवार प्रती सहानुभूति रहन सक्ने केन्द्रिय समितिको प्रतिवेदनमा उल्लेख छ त्यस भन्दा बाहिर व्यक्तिगत राजनीतिक फाईदाका लागि कसैले गरिने सम्बाद,छलफल बारे धेरै टिका टिप्पणी नगर्न हामीलेअनुरोध गरेका छौ, जिल्ला पार्टी केन्द्रीय समितिको बैठकको निर्णय प्रति प्रतिबद्ध छ ।
उनले थपे,विभिन्न समाचारमा आएका कुरामा कोही पनि आम जनसमुदाय र पार्टी कार्यकर्ता लाई भ्रममा नपर्न हामीले अनुरोध गरेका छौ । पार्टी जिल्लाको बैठक यहि चैत्र २३ र २४ गते बस्ने हुँदा त्यस पश्चात देश र जनतालाई केन्द्रमा राखी नेता कार्यकर्ताको राय र सल्लाहमै आगामी निर्णय लिइने रावलले बताए ।