Author: महेन्द्रनगर पोष्ट

धनगढी : दार्चुलाबाट धनगढी आउदै गरेको बोलेरो जिप डोटीको जोरायलमा दुर्घटना भएको छ । सुदूरपश्चिम प्रदेश ०१-००१ ज १४८९ नम्बरको जिप आज बिहान ४:३० बजेको समयमा जोरायल गाउँपालिका-१ खडिनामा दुर्घटना भएको हो । दुर्घटना १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घाइतेहरुको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुमा बैतडी डिलासैनी-५ का चालक बासुदेव नाथ, दार्चुला लेकम-६ का जगत धामी, सोही ठाउँका हरिष पार्की र उनकी श्रीमती भावना ओड पार्की रहेका छन् । उनकी ३ वर्षीय छोरी रितिका पार्कीको भने मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै घाइते हुनेमा बैतडी डिलासैनी-६ का अर्जुन…

Read More

काठमाडौं : आज विश्व वातावरण दिवस मनाइँदै छ। ‘हाम्रो भूमि, हाम्रो भविष्य’ नारासहित देशव्यापी रूपमा दिवस मनाइँदै छ। दिवसका अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले देशहरूले वातावरण संरक्षणका लागि गरेको प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिएका छन्। उनले दिगो विकासको लक्ष्य भेट्न सन् २०३० सम्ममा वन फँडानीलाई कसरी रोक्ने भनेर आफ्नो नयाँ राष्ट्रिय जलवायु कार्य योजना प्रयोग गर्न पनि सुझाव दिएका छन्। पर्यावरण प्रति विश्व जगतमा सचेतना जगाउने उद्देश्य अनुरुप संयुक्त राष्ट्रसंघको आव्हानमा सन १९७३ देखि प्रत्येक वर्ष ५ जूनमा विश्व वातावरण दिवस मनाइन्छ।

Read More

काठमाडौं : संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ ।  आजको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल जारी रहनेछ । आज नै बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री वर्षमान पुनले दिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।  बैठकमा ‘विनियोजन विधेयक, २०८१’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ भने अर्थमन्त्री पुनले ‘विनियोजन विधेयक, २०८१’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’, भन्सार महसुल विधेयक २०८१ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ…

Read More

धनगढीः कैलालीमा ट्याक्टरले ट्याक्टरलाई ओभर टेक गर्ने क्रममा दुर्घटना भएको छ। कैलालीको चुरे गाउँपालिका–३ भक्तपुर स्थित बिपिनगर सडकखण्डमा सहजपुरबाट बिपिनगर तर्फ जादै गरेको ट्याक्टरले ओभर टेक गर्ने क्रममा भे २ त १५१६ नम्बरको ट्याक्टरलाई ठक्कर दिँदा मंगलवार दुर्घटना भएको हो। ट्याक्टर चालक डोटीको जोराईल गाउँपालिका–४ का २० वर्षीय हेमन्त रावलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More

काठमाडौँ: टी–२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १ सय ७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेटको क्षतिमा पछ्याएको हो । झिनो लक्ष्य प्रस्तुत गरेको नेपालले खेलमा विकेट लिने थुप्रे अवसर गुमाएको थियो । सोमपाल कामी र कप्तान रोहित पौडेल क्याच लिने अवसरबाट चुकेका थिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सबै विकेटको क्षतिमा १०६ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । उनले ३७ बलमा ५ चौका हिर्काए । खेलमा खराब सुरुवात गरेको नेपालले चौथो ओभरमा नै दुवै ओपनरलाई गुमाएको थियो । भुर्तेल…

Read More

काठमाडौँ: टी–२० विश्वकपमा नेपालले नेदरल्यान्ड्सविरुद्ध चौथो सफलता हात पारेको छ। अविनाश बोहराले नेपाललाई चौथो सफलता दिलाएका हुन्। कप्तान स्कट एडवर्ड ५ रन बनाएर आउट भए। नेदरल्यान्ड्सले १५.२ ओभरमा ८० रन बनाएको छ। पहिले ब्याटिङ गरेको नेपालले नेदरल्यान्ड्सको सामु १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

Read More

धनगढी: नेपालले अमेरिकामा टी २० विश्वकप खेलिरहँदा धनगढीको पार्कमोडमा चर्को भिडभाड छ। धनगढी उपमहानगरका मेयर गोपाल हमालले ठूलो स्क्रिनमा खेल हेर्ने व्यवस्था मिलाएकाले धनगढीबासी त्यहाँ झुम्मिएका हुन्। पार्कमोडमा रंगशालाकै जस्तो माहोल छ।

Read More

धनगढी : नेपाललाई नेदरल्यान्ड्सविरुद्ध दोस्रो सफलता मिलेको छ । दिपेन्द्रसिंह ऐरीले नेदरल्यान्ड्सका तेस्रो क्रमका ब्याट्सम्यान विक्रमजित सिंहलाई एलबीडब्लु आउट गरे । आउट हुनुअघि सिंहले २९ बलमा २३ रन बनाएका थिए । दोस्रो विकेटसँगै नेदरल्यान्ड्स केही दवावमा आएको छ ।

Read More

धनगढी : टी-२० विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध नेपालले खराब ब्याटिङ गर्यो । डालासस्थित प्राइरी ग्रान्ड स्टेडियममा खचाखच नेपाली समर्थकलाई निराश तुल्याउँदै नेपाली टीम १०६ रनमा अलआउट भएको छ । ७ हजार २ सय सिट क्षमताको रंगशालामा आज नेपाली समर्थकको एकछत्र राज थियो । नेदरल्यान्ड्सका समर्थक न्यून संख्यामा उपस्थित छन् । पहिलो इनिङपछि प्रतिक्रिया दिँदै नेदरल्यान्ड्सका बलर लोगान भान बिकले नेपाली दर्शकको चर्चा गरे । उनले भने, ‘मलाई कन्फ्यूज्ड भयो कि म नेपालमा खेलिरहेको छु या डालासमा ।’ खेलमा उनले तीन विकेट लिएका थिए । १०७ रनको स्कोर आफूहरुले सहजै रक्षा गर्न सक्ने उनको भनाइ थियो । बिकले थपे, ‘हामी सकारात्मक रुपमा ब्याटिङ…

Read More