धनगढी : बझाङको बित्थडचिर गाउँपालिका-१ आनन्दपुरका दुई किशोर बेपत्ता भएका छन । सालिभान बोहराका कान्छा छोरा १७ वर्षका सुरज बोहरा र सोहि ठाउँ बस्ने धौले बोहराका १६ वर्षका जेठा छोरा पुष्कर बोहरा बेपत्ता भएका हुन । बेपत्ता किशोर यहि बैसाख ११ गते मंगलबार साँझ करिब ६ बजेतिर घरमा कोहि नभएको मौका पारेर घरबाट बेपत्ता भएका र खोजिकार्य गर्दा कहिँ कतै पनि नभेटिएको आफन्तले जानकारी दिए । बेपत्ता बालकलाई कोहिकसैले देखे भेटेमा नजिकैको प्रहरी कार्यलय वा ९७४९८०३६७८ मा सम्पर्क गरिदिन घरपरिवारले आग्रह गरेका छन् ।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं : नेपाल प्रहरीका ७० जना हवल्दार वरिष्ठ हवल्दार पदमा बढुवा भएका छन् । प्रहरी उपरीक्षकको शुक्रबारको निर्णयानुसार प्राविधिक प्रहरी समूह तर्फका उनीहरु प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा र पदस्थापन भएका हुन् । प्राविधिक प्रहरी वरिष्ठ हवल्दारहरुलाई प्रचलित नियमानुसार तलव, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरवन्दीबाट पाउने गरी देहाय बमोजिम पदस्थापन गरिएको हुँदा अभिलेखमा आवश्यक व्यहोरा जनाई दिन हुन अनुरोध गरिएको छ । साथै उल्लेखित ब्यहोरा अवगत गर्नु भई आवश्यक कारवाही गर्न गराउन एवं दर्ज्यानी चिन्हद्वारा सुशोभन गराउन हुन समेत सम्बन्धित कार्यालयहरुलाई प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ । https://drive.google.com/file/d/18bYSzHgV5OGWB5VZTdHJn8HdWMZy8hNw/view
धनगढी : बझाङमा भोली हुने प्रदेश सभा सदस्यको उपनिर्वाचनको बिषयलाई लिएर एकिकृत समाजवादी दुई धारमा विभाजित भएको छ । समाजवादीमा एमालेलाई सहयोग गर्ने र नगर्ने भन्ने बिषयमा दुई धारमा विभाजित भएको हो । वैशाख १५ (भोली) हुने उपनिर्वाचनमा एकपक्षले एमालेलाई सहयोग गर्ने आन्तरिक सहमति गरेको छ भने अर्को पक्ष त्यसको विरुद्धमा देखीएको छ । स्रोतका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी पक्षले एमालेलाई मतदान गर्ने सहमति गरेको छ । निर्वाचनमा मत विभाजन हुदाँ एमाले समाजवादी दुवैले हार्ने र तेस्रो पक्षले जित्ने आकलन गरेपछि जोशी पक्षले एमालेलाई सर्मथन गर्ने सहमति गरेको स्रोतको दाबि छ । बझाङको उपनिर्वाचन सुदूरपश्चिम प्रदेश…
काठमाडौं : सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले दायर गरेको रिटमा मिसिल कागज झिकाउन आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले शुक्रवार रेशमले दायर गरेको रिटमा मिसिल कागज झिकाउन आदेश दिएको हो । संरक्षक चौधरीले पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ र निर्वाचन आयोगलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए । नागरिक उन्मुक्तिको टीकापुरमा पुस २७ गते सम्पन्न पहिलो महाधिवेशनले पार्टीको अध्यक्षमा रेशमलाई निर्वाचित गरेको थियो । तर त्यो निर्णयलाई निर्वाचन आयोगले वैधानिकता दिन अस्वीकार गर्यो । आयोगले नागरिक उन्मुक्तिको अध्यक्षमा रञ्जितालाई नै सदर गरेपछि रेशमले निर्वाचन आयोग र रञ्जितालाई विपक्ष बनाएर उत्प्रेषणको आदेश…
धनगढी : नेकपा एकिकृत समाजवादी जिल्ला कमिटि बझाङले ऐन महरले भ्रम फैलाएको भन्दै विज्ञप्ती जारी गरेको छ । नेकपा एमालेका केन्द्रीय सदस्य महरले सामाजिक सञ्जालमा बझाङमा एकिकृत समाजवादीलाई धन्यवाद ! सहमति सहकार्य र एकता ! भन्दै पोस्ट गरेपछि समाजवादीले विज्ञप्ती जारी गरेको हो । जिल्ला कमिटि सचिव लक्ष्मीप्रसाद जोशीद्धारा जारी विज्ञप्तीमा भनिएको छ । महरले समाजवादी जित सुनिश्चित देखेपछि हडबडाएर मतदातालाई भ्रमित बनाउन सामाजिक सञ्जालमा लेखीएको स्टाटस झुट्टा र गलत भएको कारण हाम्रो पार्टी खण्डनका साथै घोर भत्र्सना गर्दछौ । साथै आफ्ना कार्यकर्ताहरुलाई चुनावी मैदानमा डटिरहन् समेत निर्देशन दिएको छ ।
धनगढी : निर्वाचन आयोगले उपनिर्वाचनमा मतदाता ओसारपसारमा प्रयोग नगर्ने गरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । यसअघिका निर्वाचनमा अत्यावश्यक सेवा र आयोगबाट सवारी पास जारी भएका गाडीहरु मात्र सञ्चालन गर्न दिइन्थ्यो । तर, यसपटक भने मतदाताको सुविधाका लागि मतदाता ओसारपसार नगर्नेगरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरिएको छ । आयोगले मतदाताको सहज आवागमनका लागि सार्वजनिक यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न यसअघि नै सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छ । त्यो समेतका आधारमा मतदानको दिन सवारीसाधन सञ्चालन गर्न गृह मन्त्रालयमार्फत् सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइने जनाइएको छ । आयोगका अनुसार उपनिर्वाचनको दिन बिरामी बोकेको एम्बुलेन्स, खानेपानीको…
धनगढी : डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाखभन्दा बढी नगदसहित प्रहरीले काठमाडौंबाट सात जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार काठमाडौंको न्युरोडबाट करिब डेढ करोड रुपैयाँ र डेढ किलो सुनसहित सात जनालाई पक्राउ गरेको हो । असन क्षेत्रमा तस्करीको सुनको अवैध कारोबार भइरहेको सूचनाका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं–२४ असनस्थित एक घरमा छापा हानेको थियो । घरमा छापा हानेपछि सुन र नगदसहित दार्चुलाको महाकाली नगरपालिकाका ४७ वर्षीय गणेशदत्त बडू, आयुष बडू, झापाको विर्तामोड नगरपालिका–३ का दिनेश खरेल र भरतराज खरेल पक्राउ परेका छन् । त्यस्तै भारतीय नागरिक ३७ वर्षीय अमल विभूति,…
धनगढी : दार्चुलामा एक युवकले आफ्नै साथीको गर्धनमा हँसिया प्रहार गरेका छन् । जिल्लाको व्याँस गाउँपालिका–२ दुम्लिङका २३ वर्षीय सन्दीप भण्डारीमाथि महाकाली नगरपालिका–४ का २० वर्षीय विजय निरौलाले हँसिया प्रहार गरेका हुन् । बिहिवार राति ९ बजेको समयमा खलंगास्थितको प्रेमसिंह शालिक नजिक एक आपसमा विवाद हुँदा निरौलाले भण्डारीको गर्धनमा हँसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घटनापछि निरौला फरार भएका थिए । तर, शुक्रवार बिहान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए । हँसिया प्रहारबाट भण्डारीको गर्धनमा चोट लागेको छ । घाइते भण्डारीलाई जिल्ला अस्पताल दार्चुलामा सामान्य उपचारपछि भारत लगिएको छ ।
धनगढी: धनगढीमा क्यान्सर रोग सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुने भएको छ। आज (शुक्रवार) को साँझ ६ बजेदेखि धनगढीको होटेल डिभोटीमा उक्त कार्यक्रम हुने भएको हो। कार्यक्रममा धनगढीका विभिन्न अस्पतालमा कार्यरत चिकित्क तथा स्वास्थ्यकर्मीहरुसंग अन्तरक्रिया गरिने जनाइएको छ। सो कार्यक्रम नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धी काठमाण्डौँको आयोजनामा हुन लागेको हो। कार्यक्रममा पछिल्लो समय नेपालमा क्यान्सर रोग बढ्दै गएको स्थितिमा यसको निराकरण र सहज उपचार विधिबारे अन्तरक्रिया गरिने नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष तथा क्यान्सर रोग बिषेशज्ञ डा. सुदिप श्रेष्ठले बताए। धनगढीपछि सो कार्यक्रम नेपालगन्जमा पनि हुने छ। नेपालमै क्यान्सरको सहज र सरल उपचार हुने जानकारी दिलाउने उद्देश्यले कार्यक्रम…
धनगढी: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठबीच भेटवार्ता भएको छ । उहाँहरुबीच आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफल सरकारमा सहभागी हुने विषयमा केन्द्रित रहेको बताइएको छ। यस विषयमा श्रेष्ठले भोलि पुनः प्रधानमन्त्री दाहालसँग हुने भेटमा छलफल गर्नेछिन् । आजको वार्तामा सुदूरपश्चिममा विश्वासको मत र लुम्बिनी प्रदेश सरकार विस्तारको विषयमा कुराकानी भएको छ ।