Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आज पत्रकार सम्मेलन गर्दै छन्। दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रचण्डले स्थानिय चुनावसँग सम्बन्धित विषयलाई लिएर पत्रकार सम्मेलन गर्न लागेका हुन् । स्थानीय तहको निर्वाचनमा पार्टीको तयारी, पाँच दलीय गठबन्धनमा भइरहेको तालमेल लगायतका विषयमा प्रचण्डले आफ्नो धारणा राख्ने उनको सचिवालयले जनाएको छ ।

Read More

काठमाडौं- स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको तालमेल मिलाउन आज सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष नेतासहित चुनावी तयारी तथा अनुगमन समितिको बैठक बस्न लागेको हो । बैठक आज बिहान ९ बजेका लागि बोलाइएको जजनाइएको छ । आइतबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा पनि तालमेलका विषयमा छलफल भएको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समितिले तयार गरेको प्रस्तावअनुसार, आज गठबन्धनको बैठकमा तालमेल मिलाउन छलफल हुने जनाइएको छ। गठबन्धनमा रहेका दलले काठमाडौं, ललितपुर र विराटनगर कांग्रेसलाई दिने र अन्य तीन महानगरमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीलाई दिनुपर्ने प्रस्ताव गरेका छन्…

Read More

काठमाडौँ- काठमाडौँ महानगरपालिका वडा नं ३० का वडा सदस्य निरजराज सत्यालको निधन भएको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका वडा नं ३० को वडा सदस्यमा निर्वाचित सत्यालको आइतबार राति ९ बजे निधन भएको हो । उहाँ लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँले भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आउनुभएको थियो । नेपाली कांग्रेसको प्रमुख भातृ संस्था नेपाल विद्यार्थी सङ्घबाट आफ्नो राजनीति अगाडि बढाउनुभएका सत्याल त्रिचन्द्र क्याम्पसको पूर्वस्ववियु पदाधिकारी हुनुभएको थियो । उहाँ काठमाडौँ क्षेत्र नं ४ को पूर्वक्षेत्रीय सदस्यसमेत हुनुहुन्थ्यो । उहाँको गए राति नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । रासस

Read More

कञ्चनपुर- कञ्चनपुरमा पछिल्लो समय स्थानीय उत्पादन कम हुँदा बजारमा तरकारी उपलब्धतामा कमी आउनुका साथै मूल्य आकासिएको छ । मौसममा आएको फेरबदलका कारण नगदेबालीका रुपमा लगाइने तरकारीमा समस्या आएपछि उत्पादनमा समेत कमी आएको हो । कञ्चनपुर मण्डी व्यवसायी सङ्घका पूर्वअध्यक्ष तर्कराज भट्टले स्थानीय तरकारी फर्सी, लौकी, भन्टा मण्डीमा आए पनि अन्य तरकारी भने भारतीय बजारबाट आयात भइरहेको बताउनुभयो । उहाँले भारतबाट टमाटर आउँदै सिमलामिर्च, प्याज, आलु, बोडी, भिन्डी, काजरलगायतको तरकारी नियमित आयात भइरहेको बताउनुभयो । “फागुनसम्म चिसो र एक्कासि गर्मी बढेपछि किसानले लगाएको टमाटर खेतीमा क्षति धेरै भयो ।” उहाँले भन्नुभयो, “विगतको भन्दा यस वर्ष स्थानीय उत्पादन बजारसम्म कमै आयो ।”…

Read More

काठमाडौँ- हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव छ । जसले गर्दा पहाडी क्षेत्रको मौसममा केही बदली भइरहेको छ । आज देशको पहाडी भूभागमा मेघ गर्जन÷चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ । पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

Read More

काठमाडौं- सशस्त्र प्रहरीका डिआइजी राजु अर्याल सशस्त्र प्रहरीको एआइजी बढुवामा सिफारीस भएका छन् । एआइजी पुष्पराम केसी आइजी भएपछि रिक्त रहेको पदमा उनलाई बढुवा गर्न लागिएको हो । उनी आइजीका एक्ला दाबेदार हुन् ।

Read More

कैलाली- सशस्त्र प्रहरीले कैलालीमा झण्डै चार लाख मूल्य बराबरका भन्सार छलीको अबैध सामान बरामद गरेको छ । आइतबार जिल्लाको धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानबाट ३ लाख ९६ हजार ३१० मूल्य बराबरको अवैध सामान बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । ट्राफिक चौराह र वडा नम्बर ३ मिलनचोक इलाकामा भारतबाट भन्सार छलेर ल्याइएका सामान बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण डक्वाटरले जनाएको छ । मोबाइलका सामान, हार्डवयर, कपडा र किरानाका सामान बरामद भएको हो । बरामद सामान आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाइएको हेडक्वाटरले जानकारी दिएको छ ।

Read More

तनहुँ- तनहुँका जनप्रतिनिधिले सवारी साधनको सुविधा फिर्ता गर्न सुरुआत गरेका छन् । आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी उहाँहरुले आफूले प्रयोग गर्दै आएको सवारी साधन फिर्ता गर्न सुरु गर्नुभएको हो । शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ, प्रवक्ता खिमबहादुर कुमाल र भीमाद नगरपालिका–९ का वडाध्यक्ष इमानबहादुर थापाले आइतबार सवारी साधन फिर्ता गर्नुभएको हो । उहाँहरु दुवै ती पालिकाको नगरप्रमुखको आकाङ्क्षी हुनुहुन्छ । शुक्लागण्डकीका प्रमुख गुरुङले आफूले प्रयोग आएको ग१झ ३२१ नम्बरको स्कोरपियो फिर्ता गर्नुभएको छ । उहाँले प्रमुख प्रशासकीय अधिकृत लिलाबल्लभ न्यौपानेलाई चाबी हस्तान्तरण गर्नुभयो । उहाँले पुनः नगरप्रमुखमा दोहोरिनलाई आकाङ्क्षा व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेस शुक्लागण्डकीले उहाँसहित दश जनाको…

Read More

वीरगञ्ज- सत्ता साझेदार दलमध्येको नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर पर्सा जिल्लामा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको छ । कांग्रेस जिल्ला सभापति जनार्दनसिंह क्षेत्री र जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवद्वारा संयुक्तरुपमा जारी विज्ञप्तिमा यी दुई दलबीच जिल्लामा चुनावी तालमेल नगरी मित्रवत् प्रतिस्पर्धामा जाने सहमति भएको उल्लेख छ । आसन्न निर्वाचनमा जिल्लामा यी दुई दलबीच तालमेल नहुने भएपछि जिल्लाका वीरगञ्ज महानगरसहित जिल्लाका १४ वटै स्थानीय तहमा आ–आफ्नो उम्मेदवार उतार्ने छन् । निर्वाचनमा सत्ता गठबन्धनका पाँच दलले मिलेर चुनाव लड्ने केन्द्रीय नेताहरुले कसरत गरिरहेको बेला जिल्लामा भने ती दुई दलबीच तालमेल नगरी मित्रवत् प्रतिस्पर्धा गर्ने…

Read More

कैलाली- धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयरमा एकीकृत समाजवादीले नाम सिफारिस गरेको छ । पार्टीको नगर कमिटीले धनगढी उपमहानगरको मेयर र उपमेयर पदका लागि उम्मेदवार बन्न सिफारिस गरेको हो । मेयरमा मदनराज रेग्मी र लोकेन्द्र बानियाँको नाम सिफारिस गरेको छ । यस्तै उपमहानगरपालिकाको उपमेयरमा रोजी बस्नेतलाई सर्वसम्मत उम्मेदवार छनोट गरेको छ । नगर प्रमुखका उम्मेदवार रेग्मी धनगढी उपमहानगर कमिटी अध्यक्ष हुन भने बानियाँ प्रदेश कमिटी सदस्य हुन । उपमेयर बस्नेत उपमहानगर कमिटी उपाध्यक्ष हुन् । १९ वटा वडा रहेको धनगढी उपमहानगरका सबै वडामा समाजवादीले उम्मेदवारी घोषणा गरी चुनावमा होमिने निर्णयसमेत नगर कमिटीले गरेको छ । वडाध्यक्षको सवालमा वडाबाट आएका सिफारिसका आधारमा…

Read More