कैलाली– सशस्त्र प्रहरीले कैलालीमा झण्डै चार लाख मूल्य बराबरका भन्सार छलीको अबैध सामान बरामद गरेको छ ।
आइतबार जिल्लाको धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानबाट ३ लाख ९६ हजार ३१० मूल्य बराबरको अवैध सामान बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
ट्राफिक चौराह र वडा नम्बर ३ मिलनचोक इलाकामा भारतबाट भन्सार छलेर ल्याइएका सामान बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण डक्वाटरले जनाएको छ ।
मोबाइलका सामान, हार्डवयर, कपडा र किरानाका सामान बरामद भएको हो । बरामद सामान आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाइएको हेडक्वाटरले जानकारी दिएको छ ।
Facebook Comments Box