Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ- हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । आइतबार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू–भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Read More

काठमाडौँ- मधेस प्रदेश सरकारकी पूर्व भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल कुमारी झाको निधन भएको छ।क्यान्सर रोगबाट पीडित झाको आज बिहान काठमाडौंको रानीबारीस्थित निवासमै निधन भएको हो । लोकतान्त्रिक समाजवादी पार्टीको प्रदेश सदस्य समेत रहेकी उनी प्रदेशसभा सदस्यसमेत थिइन् । उनी लोसपा नेता तथा प्रतिनिधि सभा सदस्य अनिलकुमार झा कि पत्नी हुन् ।

Read More

काठमाडौँ- यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि उम्मेदवारी दर्ता हुँदैछ । यसपटक निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि दुई दिनको समय दिएको हो । आज र भोलि स्थानीय तहमा दल र स्वतन्त्रबाट उम्मेदवारले मनोनयन दर्ता गर्न सक्नेछन् । बिहान १० देखि बेलुका ५ बजेसम्म योग्यता पुगेका व्यक्तिले तोकिएबमोजिमको प्रक्रिया पूरा गरी मनोनयनपत्र दर्ता गराउन सकने आयोगले जनाएको छ । दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई मनोनयनपत्र दर्ता गराउन आयोगले आग्रह गरेको छ । मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची १२ गते प्रकाशन गर्ने, वैशाख १३ गते उमेदवारको विरोधमा उजुरी दिने, वैशाख १४…

Read More

कैलाली- नेपाल पुलिस क्लबले कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाईनलमा विभागीय नेपाल एपीएफ क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले उपाधि जितेको हो । वनदेवी युवा क्लबको आयोजना भएको प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस फुटबल क्लबले सशस्त्र प्रहरी बलको एपिएफको दबदबा तोड्दै प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप प्रतियोगिताको उपाधि जितेको हो । फाइनलमा एपिएफलाई १–० ले पराजित गर्दै पुलिसले उपाधि चुमेको हो । पुलिसको जितमा निर्मला विकले इन्जुरी समयमा निर्णायक गोल गरिन् । उनी फाइनलको प्लेयर अफ द म्याच पनि भइन् । उपाधिसँगै पुलिसले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त…

Read More

कैलाली – सत्ता गठबन्धन दलबीच कैलालीमा भएको भागबडाका विषयमा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री नरनारायण शाह ‘मनु’ले असहमति राखेका छन् । उनले प्रदेशका अन्य केही जिल्लामा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय भइरहँदा कैलालीका सबै स्थानीय तहमा भागबण्डा गर्नुपर्ने कारण नभएको भन्दै असहमति जनाएका हुन् । उनले सामाजिक सञ्जालमा ‘नोट अफ डिसेन्ट’ लेख्दै कैलालीको भागबण्डामा आफ्नो पूर्ण असहमति रहेको बताएका छन् । गठबन्धनको महत्वपूर्ण छलफलमा केन्द्रीय सदस्यहरुले सल्लाह नै नदिएको पनि उल्लेख गरेका छन्। ‘सुदूरपश्चिमका अन्य जिल्लामा कहीँ कुरा नमिले मित्रवत प्रतिस्पर्धा गर्ने, तर कैलालीका हकमा सबै स्थानीय तहमा गठबन्धन गर्ने बाध्यात्मक परिस्थिति के आई लाग्यो ?,’ उनले प्रश्न गर्दै भनेका छन्,…

Read More

कैलाली- धनगढी उपमहानगरपालिकाको मेयरका लागि नेकपा (एमाले)ले रणबहादुर चन्दलाई अघि सारेको छ । एमालेको सचिवलाय बैठकले चन्दलाई मेयर बनाउने निर्णय गरेको हो । यसैगरि बैठकले उपमेयरमा नन्दकला रानालाई उम्मेदवार बनाएको छ । मेयरका उम्मेदवार चन्द तीस वर्षदेखि नेकपा (एमाले) को राजनीतिमा सक्रिय छन् । चन्द यसअघि पुसमा भएको जिल्ला अधिवेशनमा रतन थापासंग चार मतले पराजित भएका थिए । उनी त्यसअघि पार्टीको जिल्ला उपाध्यक्ष थिए ।

Read More

दार्चुला- दार्चुलाको महाकाली नगरपालिकाको मेयरमा नेकपा एमालेबाट नरसिंह चैसिरलाई सिफारिस गरिएको छ । दार्चुलाको सदरमुकाम समेत रहेको महाकालीको मेयरमा एमालेबाट चैसिरको नाम सर्वसम्मत सिफारिस गरिएको हो । एमाले दार्चुलाले महाकालीको मेयरमा चैसिरको नाम सुदूरपश्चिम प्रदेश कमिटीलाई सिफारिस गरिसकेको छ । २०३८ साल माघ ४ गते महाकाली नगरपालिका वडा नं. ९ दत्तुमा जन्मिएका चैसिर लामो समयदेखि नेकपा एमालेमा आवद्ध छन् । उनी नेपका एमाले महाकाली नगर कमिटी अध्यक्ष समेत हुन् । अंग्रेजी विषयबाट स्नातकोत्तर गरेका चैसिर १० वर्ष शिक्षण पेशामा समेत आवद्ध रहेका थिए । उनले दार्चुला सदरमुकाम खलंगामा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयमा अध्यापन गराएका थिए। उनी २०७४ सालको स्थानीय…

Read More

दार्चुला- दार्चुलामा सत्ता गठबन्धनबीच सीट भागवण्डामा असन्तुष्टि भएपछि नेकपा एकीकृत समाजवादीले जिल्लाका विभिन्न स्थानीय तहमा छुट्टै उम्मेदवारी दिने घोषणा गरेको छ । एकीकृत समाजवादीका अध्यक्ष बीरबहादुर ठगुन्नाले सत्ता गठबन्धनमा रहेका नेपाली काग्रेस र नेकपा माओवादी केन्द्रले आफूहरुको अपमान गरेको भन्दै छुट्टै उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । ‘सत्ता गठबन्धनको मर्म र भावनामा गम्भीर चोट पुगेको अनुभव भएको छ,’ उनले भने, ‘हामीलाई भागवण्डामा समावेश गरिएको छैन् ।’ उनले अपमानित हुँदै पार्टीको अस्तित्व नरहनेगरी गठबन्धनमा रहन नसकिने बताए । जिल्लामा स्थानीय तह भागवण्डामा नेपाली कांग्रेसले पाँच स्थानीय तह प्रमुख र सात वटा स्थानीय तह उपप्रमुख लिने र नेकपा माओवादी केन्द्रले चार वटा…

Read More

बाजुरा- बाजुरामा काफल खानेक्रममा रुख ढल्दा सात जना घाइते भएका छन् । जिल्लाको बडिमालिका–८ को वनमा काफल खोनक्रममा रुख ढलेर सोही स्थानका १४ वर्षका दिपक रावल, १६ वर्षका कमल रावल, दिलु रावल, कमल रावल, भीम रावल, विवेक रावल र सुजन रावल घाइते भएका छन् । उनीहरु करिव ५ बजेतिर सोही वडाको खर्रा भन्ने ठाउँमा शनिवार काफल खान गएका थिए । घाइते भएका सात जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Read More

नेपालगञ्ज । नेपालगञ्जमा मेयर र उपमेयर पदमा सत्तारुढ गठबन्धनको केन्द्रीय नेतृत्वले गरेको सहमतिमा चित्त नबुझेपछि नेकपा माओवादी केन्द्रले एक्लै चुनाव लड्ने घोषणा गरेको छ । भागबन्डामा नपरेपछि नेपालगन्जका माओवादी नेताहरूले पत्रकार सम्मेलन गरी नेपालगञ्ज तथा नेपालगञ्जको २३ वटै वडामा एक्लै चुनाव लड्ने घोषणा गरेका हुन् । सत्तारुढ गठबन्धनबिच नेपालगञ्जको मेयर जनता समाजवादी पार्टीलाई र उपमेयर नेपाली काँग्रेसलाई दिने सहमति भएको थियो ।

Read More