दार्चुला– दार्चुलाको महाकाली नगरपालिकाको मेयरमा नेकपा एमालेबाट नरसिंह चैसिरलाई सिफारिस गरिएको छ । दार्चुलाको सदरमुकाम समेत रहेको महाकालीको मेयरमा एमालेबाट चैसिरको नाम सर्वसम्मत सिफारिस गरिएको हो ।
एमाले दार्चुलाले महाकालीको मेयरमा चैसिरको नाम सुदूरपश्चिम प्रदेश कमिटीलाई सिफारिस गरिसकेको छ । २०३८ साल माघ ४ गते महाकाली नगरपालिका वडा नं. ९ दत्तुमा जन्मिएका चैसिर लामो समयदेखि नेकपा एमालेमा आवद्ध छन् । उनी नेपका एमाले महाकाली नगर कमिटी अध्यक्ष समेत हुन् ।
अंग्रेजी विषयबाट स्नातकोत्तर गरेका चैसिर १० वर्ष शिक्षण पेशामा समेत आवद्ध रहेका थिए । उनले दार्चुला सदरमुकाम खलंगामा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयमा अध्यापन गराएका थिए। उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा पराजित भएपनि नगरपालिकाको हकहितका लागि पटक पटक खबरदारी गर्दै आइरहेका थिए ।
Facebook Comments Box