नेपालगञ्ज । नेपालगञ्जमा मेयर र उपमेयर पदमा सत्तारुढ गठबन्धनको केन्द्रीय नेतृत्वले गरेको सहमतिमा चित्त नबुझेपछि नेकपा माओवादी केन्द्रले एक्लै चुनाव लड्ने घोषणा गरेको छ ।
भागबन्डामा नपरेपछि नेपालगन्जका माओवादी नेताहरूले पत्रकार सम्मेलन गरी नेपालगञ्ज तथा नेपालगञ्जको २३ वटै वडामा एक्लै चुनाव लड्ने घोषणा गरेका हुन् ।
सत्तारुढ गठबन्धनबिच नेपालगञ्जको मेयर जनता समाजवादी पार्टीलाई र उपमेयर नेपाली काँग्रेसलाई दिने सहमति भएको थियो ।
Facebook Comments Box