Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत राख्न माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गतका निकायको बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रीले राअविलाई गृह मातहत राख्न माग गरेको खुलाए । ‘अहिले भर्खरै पनि उपप्रधानमन्त्री तथा गृहमन्त्रीजीले गृह मन्त्रालयलाई पनि यो निकाय राष्ट्रिय अनुसन्धान विभाग चाहिने नै भयो भनेर मसँग विषय राखिरहनुभएको छ । यसमा एउटा राजनीतिक समझदारी बनाएपछि त्यसो गर्न सकिँदैन भन्ने मलाई लाग्दैन’, उनले भने । तर विश्वका अरु देशमा पनि गुप्तचर निकाय मुलुकको प्रमुख कार्यकारी मातहत रहने अभ्यास रहेको प्रधानमन्त्रीले बताए…

Read More

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा (रिजल्ट) बिहीबार (असार १३) सम्म सार्वजनिक गर्ने तयारी गरेको छ। कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिए। कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण, अङ्कभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको उनले बताए। परीक्षा नियन्त्रक पौडेलले भने, ‘असार १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तालिका हो, तालिकाभन्दा पनि छिटो नतिजा सार्वजनिक गर्न बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले तीव्र गतिमा काम गरेका छौँ, बिहीबारभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ।’ उनले कर्मचारीहरूको समूह बनाएर काम…

Read More

धनगढी : साल्ट ट्रेडिङ कर्पोरेसनको बाजुरास्थित डिपो कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै सेवाग्राहीलाई भिड नलाग्न आग्रह गरेको छ। नुन अभावको हल्लाले कार्यालयमा नुन लिन आउने सेवाग्राहीको भिड लागेपछि कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै नआत्तिन आग्रह गरेको हो। कार्यालय प्रमुख टेकबहादुर बुढाले जिल्लाका तीनवटै क्षेत्रमा नुनको आवश्यक मौज्दात यथावत् रहेको बताए। उनले वर्षायाममा नुन ढुवानीमा समस्या हुने गरेकाले आइतबार मात्रै बिक्री गर्ने गरिएको जानकारी दिए। उनका अनुसार मार्तडीमा दुई सय ७३ क्विन्टल, कोल्टीमा तीन सय ८७ क्विन्टल र मौरेमा ७५ क्विन्टल नुन मौज्दात छ। बाजुराका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले पनि नुनको अभाव नभएको भन्दै भिड नगर्न आग्रह गरे।…

Read More

काठमाडौँ : भक्तपुरबाट एक व्यक्तिको २ करोड रुपैयाँ लुटपाट गरेको छ । ददिकोटका डिल्लीराज राउतको २ करोड लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरी हवल्दारसहित ४ जनालाई पक्राउ गरेर काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको पक्राउ गरेको हो ।  पक्राउ पर्ने प्रहरी हवल्दार कृष्ण बहादुर बोहरा नेपाल प्रहरीको ‘सशस्त्र प्रहरी दुई नम्बर गण महाराजगन्ज’मा कार्यरत रहेको कार्यालयका एक अधिकारीले जानकारी दिए ।  पक्राउ परेकाहरूले असार ४ गते सो रकम लुटपाट गरेको उजुरीपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । 

Read More

धनगढी : कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ३३ वर्षीय ओमजंग शाहलाई बलात्कारको आरोपमा पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक दीर्घ बहादुर साउँदका अनुसार शाहलाई सोमबार नेपालगञ्जबाट पक्राउ गरिएको हो। श्रीमतीले दिएको किटानी जाहेरीको आधारमा जिल्ला अदालत कैलालीले असार ३ गते शाह विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। शाहलाई सोमबार नै नेपालगञ्जबाट इलाका प्रहरी कार्यालय सुखड ल्याई हिरासतमा राखिएको छ।

Read More

अत्तरिया- कैलालीमा लागुऔषधसहित डडेल्धुराका २ जना पक्राउ परेका छन् । कैलालीको चुरे गाउँपालिका-६ फल्टुडे पोस्ट नजिकबाट डडेल्धुराको अमरगढी नगरपालिका-२ कुस्माली बस्ने २१ वर्षका ललित ऐर र १६ वर्षीय किशोर सोमबार पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय फल्टुडे कैलालीबाट खटिएको प्रहरी गस्ति टोलीले ललितको साथबाट १५० मिलिग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरी दुवै जनालाई उनीहरु सवार एक थान मोटरसाइकल समेत नियन्त्रणमा लिइएको बताएको छ ।

Read More

काठमाडौँ : नेकपा एमालेले पार्टीका सांसद्हरुलाई बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । पार्टीका प्रमुख सचेक महेश बर्तौलाले बजेटको पक्षमा मतदान गर्न सांसदलाई ह्वीप जारी गरिएको बताए ।  आज बस्ने प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेटलाई निर्णयार्थ पेश गर्ने कार्यसूची रहेकोले बैठकमा अनिवार्य उपस्थिति भई बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो । एमालेका मुख्य सचेतकले एमालेका सांसदहरुलाई अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरेको बताए ।

Read More

काठमाडौं : नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज बस्दै छ । बैठकमा सहभागी हुन चीनका उपविदेशमन्त्री सुन वेइदोङ   तीनदिने नेपाल भ्रमणको सिलसिलामा सोमबार काठमाडौं आइपुगेका छन् ।  बैठकमा नेपालको नेतृत्व परराष्ट्र सचिव सेवा लम्सालले गर्नेछिन् । प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरू पनि छन् ।   

Read More

धनगढी: कैलालीको अत्तरियामा कोठा भाडामा लिएर नै यौनधन्दा हुने गरेको पाइएको छ। हिजो (सोमबार) प्रहरीले छापा हान्ने क्रममा सो कुरा खुलेको हो। मालाखेती प्रहरीले हिजो गोदावरी नगरपालिका-२ बदनाम गल्लीका नामले परिचित आदर्श टोलमा चेकजाँच गर्दा घरमै कोठा भाडामा लिई अनैतिक क्रियाकलापमा हुने गरेको पाएको हो। त्यसपछि सो कार्यमा ३ महिलासहित एक पुरुषलाई समातिएको प्रहरीले जनाएको छ। समातिनेमा गोदावरी नगरपालिकामै बस्ने ६५ वर्षीया, २८ वर्षीया र ३४ वर्षीया महिला रहेकी छन् भने एक जना पुरुष रहेका छन्। अहिले उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको बताइएको छ।

Read More

धनगढी: कञ्चनपुरमा चलिरहेको टेबुल पंखा शरीरमा खस्दा एक जनाको मृत्यु भएको छ । जिल्लाको बेदकोट नगरपालिका–७ गाउजी बस्ने ६८ वर्षीय रत्नप्रकाश लामिछाने घरको आगनमा टेबुल फ्यान (पंखा) चलाएर बसेको अवस्थामा शरीरमा खसेपछि गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्‍याइएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Read More