Author: महेन्द्रनगर पोष्ट

कैलाली- कैलालीमा एकजना मृत फेला परेका छन् । जिल्लाको जानकी गाउँपालिका ५ अमौराका ५९ वर्षीय हरिराम चौधरी खेलमा मृत फेला परेका हुन् । उनी घरबाट करिब ५ सय मिटर टाढा खेतमा बिहीबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

हेटौंडा- आसन्न वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिकाको सदस्य पदमा मनोनयन दर्ता गराएका नेकपा एकीकृत समाजवादीका एकजना उम्मेदवारको मनोनयन खारेज भएको छ । हेटौंडा उपमहानगरपालिका १ मा खुल्लातर्फको सदस्य पदमा उम्मेदवारी दिएका एकीकृत समाजवादीका पवन थोकरको उम्मेदवारी खारेज भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय, हेटौंडाले जनाएको छ । दुई सदस्य पदका लागि तीन जनाको उम्मेदवारी परेको र त्यस उपर छानविनको क्रममा थोकरको उम्मेदवारीमा पार्टीको सिफारिस प्रमाणित हुन नसकेपछि उम्मेदवारी खारेज गरिएको कार्यालयले जनाएको छ । त्यस्तै हेटौंडा उपमहानगरपालिकामा मनोनयन दर्ता गरेका २ जना विरुद्ध परेको उजुरी बदर भएको छ । नेकपा एमालेबाट हेटौंडा–४ का वडा अध्यक्षका उम्मेदवार नवीन…

Read More

काठमाडौं- कुनै एक दलले स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा पुरुष उम्मेदवारलाई मात्र मनोनयन गरेको पाइएमा दुवै पदको उम्मेदवारी खारेज हुने भएको छ । निर्वाचन आयोगले त्यसरी मनोनयन भएका उम्मेदवारी भएर खारेज गराउन निर्देशन दिएको छ। स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १७ को उपदफा (४) दुवैपदमा उम्मेवारी दिने दलले प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षमा एक पदमा पुरुष र अर्को पदमा महिला उम्मेदवारी दिनुपर्ने व्यवस्था छ। यही वैशाख ११ र १२ गते प्राप्त उम्मेदवारको मनोनयनपत्र दर्ता सम्बन्धमा विभिन्न स्थानीय तहमा रहेका निकासाका लागि प्राप्त भएका विषयलाई आयोगले सम्बोधन गरी पठाइएको आयोगका प्रवक्ता…

Read More

हुम्ला- हुम्लाको सदरमुकाम सिमीकोटमा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्केगाड गाउँपालिका– ६ घर भई हाल सिमीकोटमा रहेका अन्दाजी ४५ वर्षिय जस बहादुर रोकाया रहेका छन् । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्ण राज ओझाका अनुसार सदरमुकामको माथिल्लो बजारमा आफ्नै साथीको कोठाका उनको मृत्यु भएको हो । साथीको कोठामा झ्याल ढोका बन्द गरेर मृत्यु भएको अवस्थामा उनको शव भेटिएको उनले बताए । मृत्युको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

कैलाली- नेकपा एमालेले धनगढी नगर प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै एमालेले संकल्पसहित विभिन्न नीति तथा योजनासहितको प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । जनप्रतिनिधि शासक नभई जनताका सेवक बन्ने संकल्पसहितको प्रतिबद्धतापत्र धनगढी उपमहानगरपालिकाका नगर प्रमुखका उम्मेदवार रणबहादुर चन्द, उपप्रमुख कन्दकला राना, जिल्ला इन्चार्ज नारदमुनि रानालगायतले संयूक्त रुपमा सार्वजनिक गरेका थिए । सामाजिक जागरण र विकासका अभियन्ता हुने, पालिकाहरु सुशासनमा नमुना बन्ने, सदाचारमा दृष्टान्त स्थगित गर्ने, कुनै भ्रष्टाचार नगर्ने र कडाईका साथ भ्रष्टाचार नियन्त्रण गर्ने, जनप्रतिनिधिहरुले भ्रष्टाचार, अनियमितता र सार्वजनिक सम्पतिको दोहन गर्नेहरुलाई कानुनी कारबाहीको दायरामा पुर्याउन अग्रणी भूमिका खेल्ने पार्टीको…

Read More

डडेल्धुरा- सुदूरपश्चिम प्रदेशसभाका पूर्व सदस्य कर्णबहादुर मल्लले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई ‘ट्युसन’ पढाउने सक्ने बताएका छन् । बिहीबार जिल्ला सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बिपीले स्थापना गरेको घोषणापत्र र अहिलेको घोषणापत्र कहाँ मिल्छ भनेर थापालाई ट्युसन पढाउने सक्ने बताएका हुन् । उनले नेपाली कांग्रेससँग बिपी कोइरालाले स्थापना गरेको ‘मेनिफस्टो’ अर्थात घोषणापत्र नै नभएको बताए । काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई बालकोट नै पुगेर ट्युसन पढाउनुपर्ने बताएका थिए । ‘कांग्रेस यस्तो पार्टी हो, जोसँग बिपी कोइरालाले स्थापना गरेको मेनिफस्टो नै छैन । केपी ओलीलाई बालकोटमा गएर ट्युसन पढाउँछु भन्ने महामन्त्रीजीलाई म ट्युसन पढाउन…

Read More

कैलाली- रात्रिकालीन उडानयोग्य पूर्व भद्रपुरदेखि सुदूरपश्चिम धनगढीसम्मका विमानस्थलमा अब राति १२ बजेसम्म सेवा सञ्चालन हुने भएको छ। नियामक प्राधिकरणले आजबाट भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थललाई दैनिक १८ घन्टा सञ्चालनमा ल्याउने निर्णय गरेको हो। हालसम्म १२ घण्टा मात्र सञ्‍चालन हुँदै आएका यी विमानस्थलहरू आजबाट बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालन हुने भएका हन्। यसले काठमाडौँ विमानस्थलको विद्यमान उडान चाप पनि व्यवस्थापन हुने तथा कोभिड कहरपछि जुर्मुराउँदै गरेको पर्यटन क्षेत्रलाई राहत पुग्ने प्राधिकरणको विश्वास छ। प्रादेशिक रूपमा आर्थिक गतिविधि बढ्नेछन्। उडान चापले यात्रा डिले हुँदा घन्टौंसम्म यात्रुले विमानस्थलमा निकै सास्ती व्यहोर्दै आएका छन्। उडान ढिलाइ भएकै कारण…

Read More

कैलाली- धनगढी उपमहानगरपालिकाका एक निबर्तमान वडाध्यक्षसहित ५७ जनाले नेपाली काँग्रेसबाट सामूहिक राजीनामा दिएका छन् । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एकलौटी ढंगले टिकट वितरण भएको भन्दै वडा नम्बर ४ का निबर्तमान वडाध्यक्ष दिपक थापासहित ५७ जना कार्यकर्ताले साधारण सदस्यसमेत नरहने गरि पार्टीबाट सामूहिक राजीनामा दिएका हुन् । बिहीबार धनगढीमा पत्रकार सम्मेलन गर्दै असन्तुष्ट पक्षले विभेदपूर्ण व्यवहारबाट पीडित ईमान्दार, क्रियाशिल एवम् सक्रिय कार्यकर्ताहरुले पार्टीमा बसिरहनु उचित नरहेको भन्दै राजीनामा दिएको बताएका हुन् । निर्वाचनका लागि वडा नम्बर ४ मा नेपाली कांग्रेसबाट ११ जना अध्यक्ष र २२ जना सदस्य पदका लागि उमेदवारी दावी गरिएको थियो । यीमध्ये कसैसंग…

Read More

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँण बागी उम्मेदवारलाई फकाउन आज बिहानै चितवन पुगे । भरतपुर महानगरको मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडललाई फकाउन गृहमन्त्री खाँण चितवन पुगेका हुन् । यसरी उम्मेदवारी दिएको व्यक्तिलाई बहालवाला मन्त्री नै फकाउन पुगेको विषयमा निर्वाचन आयोगले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त विषय आयोगको नोटिसमा रहेको बताए । ‘गठबन्धन र त्यस सन्दर्भको कुरालाई लिएर र उहाँहरूको हिसावमा उठ्न नपर्ने मान्छेहरू उठिदिनुभयो, अफ्ठ्यारो भयो भन्ने हिसावले मन्त्रीज्यूहरु नै गएको भन्ने जुन कुरा छ । पकै पनि आयोगको ध्यानाकर्षण भएको छ’, सहायक प्रवक्ता अर्यालले भने, ‘पब्लिक पोस्ट र…

Read More

पोखरा – उच्च अदालत पोखराले बलात्कारको आरोप लागेका पल शाहले दर्ता गरेका दुई छुट्टाछुट्टै निवेदन एकसाथ पेस गर्न आदेश दिएको छ । जिल्ला अदालत तनहुँ र नवलपुरबाट आफूलाई थुनामा राख्ने भनी गरेको आदेशविरुद्ध शाहले उच्च अदालत पोखरामा छुट्टाछुट्टै निवेदन दिएका थिए । उच्च अदालतले ती दुवै निवेदन एकसाथ पेस गर्नु भनी आदेश गरेको हो ।

Read More