Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले भ्रष्टाचारलाई तत्काल नियन्त्रण नगरे यसले मुलुकलाई नै सिध्याइदिने चेतावनी दिएका छन् । सभामुख सापकोटाले त्यसको विरुद्ध निशाना नसोझ्याउने हो भने मुलुकलाई नै सिध्याइदिने बताए । आफूले जानेर दुई पैसा पनि भ्रष्टाचार नगरेको भन्दै सापकोटाले भ्रष्टाचारविरुद्धको अभियानको साथमा आफू सधैँ रहने प्रतिबद्धता व्यक्त गरे । आइतबारबाट काठमाडौँमा सुरु भएको ‘भ्रष्टाचार विरुद्ध कार्टुन प्रदर्शनी’को उद्घाटन गर्दै सभामुख सापकोटाले भ्रष्टाचार बढदै गएकोतर्फ सचेत गराएका थिए । साथै त्यसलाई खबरदारी गर्न ढिलाइ गर्न नहुने उनको भनाइ थियो । सभामुख सापकोटाले भने, ‘मैले जानेर चाहिँ दुई पैसा पनि नाजायज ढङ्गले लिने गरेको छैन । र भ्रष्टाचार चाहिँ मेरो दृष्टिमा…

Read More

दार्चुला – लेकम गाउँपालिका वडा नम्बर २ कुणीमा रहेको हुनैनाथ मन्दिर कुणीबाट सुन, चाँदी चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लेकम २ कुणीकै आनसिंह कामीका छोरा जगदिश राम कामी रहेको प्रहरीले जनाएको छ । गत चैत २६ राती सुन, चाँदी चोरी भएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । केही दिन यता फरार रहेका कामीलाई वैशाख ३ गते कुणीबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । चोरीको आरोप लागेका कामीलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गोकुलेश्वर पठाइएको छ । स्थानीयका अनुसार एक किलो चाँदी र केही तोला सुन चोरी भएको बताइएको छ । यद्धपी घटना अनुसन्धानकै…

Read More

काठमाडौं – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यही वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग चाँडो सञ्चालनमा ल्याउन निर्देशन दिएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालनमा ल्याउने गरी काम भइरहेको जनाइएको छ । यसैगरी मन्त्री आलेले कोरोना सङ्क्रमण दर निकै कम भएको र जोखिम पनि घटेकाले अब विमानस्थलको सेवा २४सै घण्टा सञ्चालन गराउनसमेत नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिनुभएको छ । पुरानो एक हजार ५०० मिटर लामो धावनमार्ग बन्द गरेर अब तीन हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालनमा ल्याउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीवकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँका…

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा गरिएको ३४८९ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो । मन्त्रालयका अनुसार उक्त अवधिमा ३६ जना कोरोनामुक्त भएका छन् । अहिलेको अवस्थामा नेपालमा ३ सय ७५ जना सक्रिय संक्रमित रहेका छन् । नेपालमा गत २४ घण्टामा कुनै पनि संक्रमितले ज्यान गुमाएका छैनन् ।

Read More

दार्चुला – सदरमुकाम खलंगास्थित महाकाली नगरपालिकामा नेकपा माओवादी केन्द्रले नेपाली काग्रेँससँग गठबन्धन नगर्ने भएको छ । महाकाली नगर कमिटी अध्यक्ष गणेशसिह खत्रीले कांग्रेसले नगरपालिकाभित्र गठबन्धन नगर्ने भएको हो । कांग्रेसले नगरपालिकाको हकमा हैकमबादी सोच अपनाएको भन्दै कांग्रेसबाहेकका सत्तामा रहेका दलसँग गठबन्धन हुने बताउनुभयो । उहाँले भन्नुभयो, अहिलेको हकमा कांग्रेसले महाकाली नगरपालिकामा बनाएको कार्ययोजनाप्रति पूर्ण रुपमा अहसमत छ । अहिलेको अवस्थामा काग्रेसबाहेकका सरकारमा रहेका दलहरुसँग गठबन्धन हुनेभन्दै तयारीमा रहन नगरपालिकाका नेता कार्यकर्तामा उहाँले आग्रह गर्नुभएको छ । यसैबीच कांग्रेस र माओवादी केन्द्रबीच जिल्लामा भागवण्डा मिल्ननसक्दा गठबन्धन संकटमा पर्दै गएको छ । जिल्लाको ‘क’ क्षेत्रमा माओवादीले सम्मानजनक उपस्थिती खोजेपछि भागवण्डा मिल्न सकेको…

Read More

बर्दिया – बर्दियामा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बारबर्दिया नगरपालिका–३ खुरखुरे बस्ने २५ वर्षीय गगन कामीलाई पक्राउ गरेको छ । सुर्खेत ब्राह्राताल गाउँपालिका–४ स्थायी घर भएका कामीलाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कामीले सोही नगरपालिका–६ पथ्थरडाँडास्थित खेतमा किशोरीलाई शुक्रबार साँझ बलात्कार गरेका थिए । ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Read More

काठमाडौं – धादिङको बेनिघाट रोराङ गाउँपालिका ३ सलाङघाटमा माइक्रो बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेकाे जनाइएकाे छ । आइतबार बिहान पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा४ख २७०४ नम्बरको माइक्रो बस ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको बा ८ च ७०३६ नम्बरको कारलाई ठक्कर दिई सोही दिशाबाट आउँदै गरेको ना ८ ख २०१४ नम्बरको ट्रकसँग ठोक्किँदा माइक्रोमा सवार १७ जना घाइते भएका हुन् । गम्भीर घाइते तीनसहित अन्य पाँचजनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ । घाइते तीनजनाको गजुरी अस्पताल र बाँकी ६ जनाको मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बेनिघाटले जानकारी…

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विप्लव समूहका नेताहरुसँग भेट गरेका छन् । आइतबार भएको भेटमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयनको विषयमा छलफल भएको विप्लव समूहका नेता धर्मेन्द्र वास्तोलाले बताएका छन् । तत्कालिन सरकारसँग भएको सहमतिअनुसार जेलमा रहेका आफ्ना नेता कार्यकर्ताको रिहाइ लगायतको विषयमा छलफल भएको जनाइएको छ । माधव नेपाल निवास कोटेश्वरमा भएको भेटमा विप्लव समूहबाट नेता वास्तोला र हेमन्तप्रकाश वली, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठ पनि सहभागी थिए ।

Read More

स्याङ्जा – स्याङ्जामा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। आइतबार बिहान सवा १० बजे वालिङ नगरपालिका–१२ मा जिप सडकबाट खस्दा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजीवबहादुर बस्नेतले जानकारी दिए। डाँडाखर्कबाट वालिङ बजार आउँदै गरेको ग १ ज ७३९९ नम्बरको जिप अनियन्त्रित भई सडकबाट तल खस्दा ६५ वर्षीय वीरबहादुर दाला, ४५ वर्षीया हिरा दाला, २५ वर्षीया शर्मीला सारू, उनका अन्दाजी ७ महिना छोरा र ६१ वर्षीया कुलकुमारी कनौजे छन्। दुर्घटनामा ६ जना घाइते छन्। उनीहरू सबैलाई गण्डकी अस्पताल पोखरा पठाइएको छ। उनीहरूमध्ये चार जना गम्भीर अवस्थामा रहेको प्रहरी उपरीक्षक बस्नेतले बताए।

Read More

काठमाडौं – सशस्त्र प्रहरीमा रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा हुन ४ जना डीआईजीले आवेदन दिएका छन् । चैत ३० मा बढुवा समितिका सदस्य–सचिव आईजीपी पुष्पराम केसीले प्रतिस्पर्धीहरुलार्ई ३ दिने सूचना जारी गरे अनुरुप ४ जनाले आबेदन दिएका हुन् । सशस्त्र प्रहरीमा एआईजीको १ सिट रिक्त छ । सो सिटमा बढुवा हुन ‘योग्य छौं’ भनेर डीआईजीहरू राजु अर्याल, नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशीराज दाहालले आवेदन दिएका हुन् । डीआईजी अर्याल बरियताको एक नम्बरमा छन् । बरियताको दोस्रो नम्बरमा पौडेल, तेस्रो नम्बरमा सिपी गौतम र चौंथो नम्बरमा दाहाल छन् । अर्याल र नारायणदत्त पौडेल २०५४ चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए ।…

Read More